20100823

अविरल वर्षाका कारण पूर्वाञ्चलका पूर्वी तराइका अधिकांश भाग जलमग्न, जनजीवन प्रभावित, एक यूवक बेपत्ता !

अज्ञात समूहको आक्रमणबाट  चार जना गम्भीर घाइते
 अविरल वर्षाका कारण पूर्वाञ्चलका जनजीवन प्रभावित भएको छ । बर्षाका कारण पूर्वी तराइका अधिकांश भाग जलमग्न रहेको छ । यस्तै बाढी र पहिरोकै कारण एक जनाको ज्यान गएको छ भने २ जना बेपत्ता भएका छन् ।     बर्षासँगै आएको बाढीले मोरङको हसन्दहमा एक बालक वेपत्ता भएका छन् । भने झापाको कमल खोलाले बगाएर एक यूवक बेपत्ता भएका छन् । यस्तै इलामको दानावारीस्थित गरुवा खोलामा आएको बाढीले बगाएर एक जनाको ज्यान गएको छ । यता उदयपूरमा समेत एक महिलाको शव त्रियूगा खोला किनारमा फेला.....
परेको प्रहरीले जनाएको छ ।     मोरङको हसन्दह खोलामा सोमबार बिहान पौडी खेल्न गएका १५ बर्षिय सन्तोष माझी बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । उनको खोजतलास भइरहेपनि फेला पार्न नसकेको मोरङ प्रहरीले जनाएको छ । यसै बीच बर्षाकै कारण बक्राहा खोलामा आएको बाढीले मोरङको मधुमल्ला–८ मा धान खेत बगाएको छ । यस्तै बरडंगा स्थितमा समेत बक्राहा खोलाले कटान तिब्र पारेको इलाका प्रहरी कार्यलय रंगेलिले जनाएको छ । जिल्लाका अन्य विभिन्न ठाउँमा डुबान भएको समेत प्रहरीले जानकारी दिएको छ ।
    उता झापाको कमल खोलाले बगाएर एक युवक बेपत्ता भएका छन । काम बिशेषले महाभारा गाबिस गइ फर्कने क्रममा मादक पदार्थ सेवन गरि खोला तर्दै गरेका झापाको कोरोबारी १ का ३५ बर्षीय मदन कटुवाललाइ आइतबार बेलुका खोलाले बगाएको हो । खोलाले बगाएर बेपत्ता भएका कटुलालको स्थानीयबासीले खोजी गरीरहेको क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । अविरल बर्षाकै कारण स्थानिय रतुवा खोलामा आएको बाढीले दमक नगरपालिकाका बिभिन्न वडाहरु डुबान पर्ने जोखीम बढ्दै गएको छ । झापाकै डाँगीबारीमा बिरिङ खोलाको बाढीबाट बाह्र परिवार बिस्थापित भएका छन् । दमक बजारदेखि दु्ई किलोमिटर उत्तर वडा नम्वर १ को बरगाछी पूर्वको स्पर खोलाले कटान गर्न शुरु गरेपछि खतरा बढेको स्थानियवासीले बताएका छन् । बाढीले स्पर नजिकैका रहेको ५ वटा तारजाली भत्काएर कटान शुरु गरेको हो । स्पर कटान शुरु भएपछि त्यस क्षेत्रका बासिन्दा त्रासमा परेका छन् । दमक नगरपालिकाले स्पर कटान नियन्त्रण गरि जोखीम हुन नदिन जाली बाँध्ने काम शुरु भएको जानकारी दिएको छ । चाँडै नै स्पर मर्मतको काम पुरा हुने नगरपालिकाले जनाएको छ । कार्यकारी अधिकृत पशुपतिराज खतिवडाका अनुशार सुरक्षाकर्मी र स्थानियवासीको सहयोगमा मर्मतको काम भईरहेको हो ।     यसैबिच अविरल वर्षापछि इलामको दानावारीस्थित गरुवा खोलामा आएको बाढीले बगाएर एक जनाको ज्यान गएको छ भने ७ परिवार विस्थापित भएका छन् । झापाको खुदुनाबारीस्थित आइतबारे बजारबाट गोरु बेचेर फर्कदै गर्दा दानाबारी ८ का ४४ वर्षीय भीमबहादुर खातीको खोलाले बगाएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
          अज्ञात समूहको आक्रमणबाट सिन्धुपाल्चोकको धुस्कुन गाँउ विकास समिति चार जना गम्भीर घाइते भएका छन्  भने लाखौ मुल्यबराबरको धनमाल लुटपाट भएको छ । गएराती घरेलु हातहतीयार सहित आएको समुहले धुस्कुन ४ का कृष्णप्रसाद डोटेलको घरमा लुटपाट गरेको हो । लुटेराहरुले डोटेलको घरबाट चारतोला सुन र गरगहना गरी तीन लाख बढी लुटपात भएको पीडित प्रकाश डोटेलले जानकारी दिए । लुटेराको आक्रमणबाट कृष्णप्रसाद डोटेल  उनका श्रीमती छोरा प्रकाश डोटेल, छोरी सीता सुवेदी घाइते भएका छन् । घाइते मध्य कृष्णप्रसादको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भएरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही महिना यतादेखि सिन्धुपाल्चोकका विभिन्न गाविसहरुमा चोरी र लुटपाटका घटना बढेको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक