20100825

गण्डक बाँध फुट्ने खतरा , वर्षाले जनजीवन अस्तव्यस्त

अविरल वर्षका कारण देशका विभिन्न स्थानहरुमा जनजीवन अस्तव्यस्त बनेको छ । नवलपरासीको गण्डक ब्यारेजमा बुधबार यस वर्षको सबैभन्दा उच्चप्रति सेकेन्ड चार लाख ५० हजार प्रति क्युसेक पानी प्रवाह भएपछि बाँध फुट्ने खतरा बढेको छ । गत वर्ष तीन लाख २५ हजार प्रति क्युसेक पानी प्रवाह भएको गण्डक ब्यारेजमा यस वर्ष चार लाख ५० हजार प्रति क्युसेक पानी प्रवाह भएको गण्डक सङ्घर्ष समिति नवलपरासीका प्रवक्ता प्रेमचन्द्र गुप्ताले जानकारी दिए । गण्डक ब्यारेजमा पानी बढ्दै जाँदा बाँधका ठोकरहरूसमेत जीर्ण भएका कारण यस वर्ष गण्डक बाँध फुट्ने खतरा बढ्दै गएको उनले बताए ।गण्डक....
ब्यारेजअन्तर्गत जिल्लाको त्रिवेणीदेखि पक्लीहवासम्मको नेपाली पक्षको गण्डक नहरको दायाँ किनाराको बाँध जीर्ण बन्दै गएका कारण पानी बढ्दै जाँदा कुनै पनि स्थानमा बाँध फुट्न सक्ने सम्भावना बढेको छ ।

गण्डक ब्यारेजअन्तर्गत ठोकर नम्बर १२ यस अगावै जीर्ण भई भत्किसकेको छ भने नेपाली बााधको २ र ३ को बीचभागमासमेत ठोकरहरू जीर्ण भएकाले यस क्षेत्रमा झन् खतरा बढ्दै गएको समितिले जनाएको छ । 
अहिले नारायणी नदीमा आएको बाढीले नवलपरासीको नारायणी नदीमा रहेको स्पर नम्बर २ र ३ को बीचमा कटान सुरु गरेको छ । कुनै पनि समय नदीको बाँध टुट्न सक्ने अवस्थामा रहेको सिाचाइ डिभिजन कार्यालय सेमरी नवलपरासीले जनाएको छ ।
स्पर नम्बर २ र ३ को बीचको दूरी बढी भएकाले बीचबीचमा नयाा स्परहरू निर्माण नहुादा नदीको कटानले बााध टुट्न सक्ने अवस्था रहेको प्राविधिकहरूले बताएका छन् । दुवै स्परहरू खतरामा परिसकेका छन् ।

विसं २०५९ मासमेत नवलपरासीको त्रिवेणी क्षेत्रबाट गण्डक बााध फुटन् गई त्रिवेणी क्षेत्रसहित यस क्षेत्रका विभिन्न एक दर्जन गाउामा करोडौाको क्षति पुर्‍याएको थियो । 

अविरल वर्षाका कारण कणर्ाली नदी कैलालीको नारायणपुर-८ मा नयाा भंगाालो बनाई गाउँ पसेपछि त्यस क्षेत्रका हजारौं बासिन्दाहरु जोखिममा परेका छन् । बुधबार बिहानदेखि नदीले बनाएको भंगालो बढ्दै गएको र बाढी कम नभएमा पूरै नदी नै गाउँ पस्ने सम्भावना बढेको छ । धनसिंहपुर गाविस भवन र त्रिभुवन मावि बटनपुरसमेत खतरामा रहेको स्थानीय लोकबहादुर बुढाले बताए ।

नदीले नारायणपुर गाविसका अतिरिक्त धनसिंहपुर गाविसको वार्ड नं. १, २ र ३ मा बाढीले हजारौ बिगाहा जमिनमा लगाइएको धानबाली डुबानमा पारेको छ । नदिको नयाा बनेको भंगालो बढ्दै गएकाले कणर्ालीनदि नै गााउ फर्किने त्रासले स्थानिय वासीहरु त्रसित बनेका छन् । 

लगातारको वर्षाले तनहुँको जनजीवन अस्तव्यस्त बनेको छ । लगातार पानी परेपछि जिल्लाका ऋषिङ्ग, कााहुशिवपुर लगायतका ग्रामीण क्षेत्र जाने सडक ठाउँ ठाउँमा पहिरो गएका कारण अवरुद्ध भएको छ जसकारण सदरमुकामबाट त्यसतर्फ सवारी चल्न नसक्दा ग्रामीण क्षेत्रका बासिन्दा अत्यावश्यक सामाग्री लैजान र उत्पादित उपज बजार ल्याउन असमर्थ भएका छन् । 
त्यस्तै, पानी पर्ने क्रम लगातार रुपमा चलेपछि दमौली बजारको बिसघरे, तरकारीलाईन, ट्राफिक चोक लगायतका स्थानमा पानी जमी हिलो भएपछि आवतजावतमा समस्या परेको छ । 

स्याङ्जामा ४ दिनदेखि परेको अविरल वषर्ाले दक्षिण पुर्वी क्षेत्रमा रहेको विर्घा गाउँ विकास समिति वडा नं. ३ मा एक घर भत्कीदा एकको मृत्यु भएको छ । घरको गारो भत्कीएर पुरिदा घरधनी ३९ वषिर्य ताराबहादुर माझीको मृत्यु भएको हो । सुतिरहेको अवस्थामा एक्कासी घर भत्कीदा पुरिएर माझीको मृत्यु भएको स्थानियवासीले जानकारी दिएका छन् । 


नवलपरासीमा नदी र खोलामा आएको बाढी बगाउदा बुधवार एक बालकको मृत्यृ भएको छ । भने एक जना बेपत्ता भएका छन् । मङगलबार देखी नारायणी नदिमा आएको बाढीले ठोक्कर नम्बर ५ नजिकै खोलामा दाउरा निकाल्न गएका पक्लीहवा गाउं बिकास समितीमा ९ का ११ बषर्ीय बालक ईब्राहिम अहमदलाई नारायणी नदीले बगाएर मृत्यृ भएको हो । नदिले बगाउदा बेहोस भएका बालकको उपचारको लागि भारत लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । नवलपरासीको रकुवा र रुचाङ गाविसको सीमामा पर्ने बौदी खोलाले बगाउदा रकुवा ६ का ४५ बषर्ीय होमनाथ पाण्डे बेपत्ता भएका छन् । 

नवलपरासीमा वर्षा कारण आएको बाढीले एक बालकको ज्यान गएको छ भने एकजना बेपत्ता भएको छ । करिब १५० घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । 

जिल्लाको पहाडी क्षेत्रमा पर्ने रकुवा र रुचाङ गाविसको सीमामा पर्ने बौदी खोलाले रकुवा-६ निवासी ४५ वषर्ीय होमनाथ पाण्डेलाई बगाएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक