20100826

प्रचण्ड थैबको हत्यारा माओवादी वाइसियलको सुजित बिक पक्राउ, लोकप्रिय पन्डित नारायण पोखरेलको हत्या र रामप्रसाद खनाललाई २ बर्ष अघि भैरहवाबाट अपहरण गरी ३ दिन बेपत्ता पार्ने अपराधी पनि उहिनै !

Breaking News..........
अन्तत : बुटवलका प्रचण्ड थैबको हत्यारा माओवादी वाइसियलको सुजित बिक पक्राउ परे । रुपन्देही रामापुरका धेरै बासिन्दालाई थाहा छ लोकप्रिय पन्डित नारायण पोखरेलको हत्या पनि  सुजित बिक नामको त्यही अपराधीले गरेको हो तर के गर्ने निजको ज्यान मार्ने धम्कीका कारण कोही खुलेर बोल्न र बयान दिन डराउछन् ।  लोक तथा दोहोरी गायक एबम पत्रकार रामप्रसाद खनाललाई २ बर्ष अघि भैरहवाबाट अपहरण गरी ३ दिन बेपत्ता पार्ने अपराधी पनि निज बिक नै हो र उसैको नेत्रित्वमा खनाललाइ बेपत्तापारीएको थियो । निज अपराधीकै धम्की, माओवादी ज्यादतिका कारण खनाल देशै छोड्न वाध्य भए । उसले यस्ता हत्या, अपहरण, र चन्दा आतंक मात्र होइन रुपन्देहीमा धेरै लाई रुवाएको मात्र छैन उठिबास लगाएको छ, त्यसैले होला उसको गिरफ्तारीले रुपन्देहीमा ठुलो खुशीयाली छाएको स्थानिय बासिन्दाले बताएकाछन् । प्रहरी प्रशासन नचुकोस, अदालत का न्यायाधिसले नडराइ फैसला गरी निज अपराधीलाई जेल मा कोचुन यही भन्दैछन पीडित हरु ।  ....
 
अरुण ठकुरीका नाममा दुई महिनादेखि काठमाडौंमा लुकेर बसेका सुजित विक पक्राउ परेका छन्। एमाले कार्यकर्ता प्रचण्ड थैव हत्याका प्रमुख अभियुक्त विक बिहीबार साँझ सुन्धाराको एक गेस्ट हाउसमा समातिएका हुन्। विकमाथि २०६५ चैत १३ गते बुटवलमा गोली हानी थैव हत्या गरेको अभियोग छ। चैत १३ गते बुटवलको दीपनगर चोकमा राति साढे ९ बजे घर जाँदै गर्दा गोली हानिएका थैवको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युअघि प्रहरीलाई दिएको बयानमा उनले सुजितले नै गोली हानेको...किटानी गरेका थिए। थैव युवा संघ नेपालका जिल्ला सदस्य एवं युथ फोर्स जिल्ला सदस्य थिए।

तनहुँका स्थायी बासिन्दा सुजित माओवादीका पूर्णकालीन कार्यकर्ता हुन्। २०५७ देखि माओवादीमा आबद्ध विक बटालियन कमान्डर थिए। माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उनलाई पार्टीले रुपन्देही वाइसिएल जिल्ला अध्यक्ष बनाएको थियो।

माओवादीले सुरुमा थैव हत्यामा विकको संलग्नता अस्वीकार गरे पनि पछि पार्टीबाटै निष्कासन गरेको जनाएको थियो। हत्या अभियोग लागेपछि माओवादी नियन्त्रणमा रहेका विक पार्टी नेतासँग राष्ट्रिय मानव अधिकार आयोगमा आत्मसर्मपण गर्न बुटवलबाट काठमाडौं आउने क्रममा भागेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नागरिकलाई बताएका थिए। प्रहरी प्रधान कार्यालयले उनलाई मोस्ट वान्टेड सूचीमा राखेर खोजी सुरु गरेको थियो।

वास्तविक नाम खरेन्द्र विक रहेका सुजितबाट प्रहरीले फर्जी नागरिकता र सवारीचालक अनुमतिपत्र समेत बरामद गरेको छ। खरेन्द्रको नाममा जिल्ला प्रशासन कार्यालयले जारी गरेको १३६७ नम्बरको नागरिकतामा उनको ठेगाना तनहुँ, खैरेनीटार र बुबाको नाम खड्गबहादुर उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट लिएको १००५ नम्बरको नागरिकतामा भने बुबाको नाम वीरबहादुर ठकुरी छ। उनको साथबाट प्रहरीले खरेन्द्र र अरुणका नाममा बागमती अञ्चलबाट जारी छुट्टाछुट्टै सवारीच ालक अनुमति पत्र समेत बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश खरेलका अनुसार विक काठमाडौंमा लुकेर बसेको जानकारी आएपछि विशेष प्रहरी टोलीले बिहीबार साँझ सुन्धारामा रहेको होटल प्यालेस होमको कोठा नम्बर २०३ बाट पक्राउ गरेको ह्ो। 'उनलाई भोलि रुपन्देही जिल्ला प्रहरी कार्यालयमा पठाउँछौं,' खरेलले भने।

'पार्टीका तस्करले फँसाए'
प्रहरी हिरासतमा रहेका विकले थैवको हत्या नगरेको दाकी गर्दै पार्टीकै नेताहरुले तस्करस"ग मिलेर आफूलाई फँसाएको बताए। 'म वाइसिएल इन्चार्ज भएदेखि नै तस्करी नियन्त्रणमा सक्रिय थिएँ,' उनले नागरिकस"ग भने 'प्रहरीलाई साथ लिएर तस्करी नियन्त्रणमा सक्रिय भएपछि रिसाएका पार्टीभित्र र बाहिरका ब्यक्तिहरुले मलाई थैवको हत्यामा फँसाए।'

हत्या अभियोग लागेपछि प्रहरीसमक्ष आत्मसर्मपणको प्रयास गरे पनि पार्टीले नै स्वीकृति नदिएको उनले दाबी गरे। 'पार्टी नेताहरुले प्रहरीमा जानु उपयुक्त छैन, जे पनि गर्न सक्छन् बरु मानवअधिकार आयोगमा गएर आत्मसर्मपण गर्नुपर्छ भनेर सुझाव दिए,' उनले भने।
पार्टीको सल्लाहमा चैत २६ गते माओवादी पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलसँगै बुटवलवाट काठमाडौं आएको उनले बताए। पौडेलस"गै ललितपुरस्थित मानवअधिकार आयोगअगाडि पुगेपछि आयोगका कुनै पदाधिकारी लिन नआउ"दा असुरक्षा महसुस गरी फर्किएको उनले दाबी गरे।

'प्रहरी कार्यालय गयो भने हत्या समेत हुनसक्छ भनेपछि म कमरेड देवेन्द्रसँग मानवअधिकार आयोगमा आएको थिएँ। उहा"ले आयोगका सदस्य केबी रोका मलाई लिन आउ"छन् भन्नुभएको थियो,' विकले भने, 'आयोग कार्यालय बाहिर पुग्दा भित्र प्रहरीमात्र देखेँ। फोन गर्दा पनि रोकाले लामो समयसम्म वास्ता नगरेपछि षड्यन्त्र गरेझैँ लाग्यो र आयोग गइनँ।'

एल्बम निकाल्न लाग्दा फन्दामा
विकले प्रहरी कार्यालयमा गए पार्टीलाई नकारात्मक प्रभाव पर्छ भनेर उपल्लो स्तरका नेताले नै आत्मसमर्पण गर्न नदिएको दाबी गरे। 'प्रहरीसमक्ष आत्मसमर्पण गरेको भए भागेर बस्नु पर्ने थिएन, अहिलेसम्म मुद्दाको छिनोफानो भइसक्थ्यो,' उनले भने, 'सहयोग गर्ला भनेको पार्टीले नै उल्टो निष्कासन गरेपछि नेपालमा बस्नु उचित लागेन र म भारत गएँ।' दिल्लीमा दाजुको परिवारसँग बसेर दुई महिनाअघि मात्र नेपाल आएको उनले बताए।
'नेपाल आएपछि पनि प्रहरीस"ग आत्मसर्मपण गर्ने प्रयास गरेँ,' उनले भने, 'तर, वाइसिएल अध्यक्ष गणेशमान पुनले पार्टी सरकारमा नगएसम्म लुकेरै बस्न भन्नुभयो।'

नेपाल बसाइमा गीति एल्बम निकाल्न आएको समेत उनले बताए। 'मैले धेरै गीत लेखेको छु, एल्बमकोसल्लाह गर्न गेस्ट हाउस पुग्दा पक्राउ परेँ,' उनले भने।

बरामद नक्कली नागरिकता र सवारी चालक परिचय पत्र पुरानै भएको उनले बताए। युद्धकालमा नै अर्काको नागरिकता र सवारीचालक अनुमति पत्र लिएर आफ्नो फोटो टाँसेको उनको दाबी छ।

थैव परिवार खुसी
बुटवल- सुजित विक काठमाडौंमा पक्राउ परेको खबरले प्रचण्ड थैवको परिवार खुसी छ। मृत्युअघि लुम्विनी अञ्चल अस्पतालको आकस्मिक कक्षमा थैवले 'गोली हान्ने सुजित, सुजित... ', भनेको केशव रोकाले बताएका थिए।

रोका गोली लाग्दा थैवसँगै मोटरसाइकलमा थिए। थैवलाई रोकाले नै मोटरसाइकलमा राखेर अस्पताल पुर्‍याएका थिए। विक बुटवलमा रहेको हल्ला चलेपछि दुई महिनाअघि प्रहरीले खोजतलास गरेको थियो।

बुटवल बहुमुखी क्याम्पसमा आइए पहिलो वर्षका विद्यार्थी थैव र विकबीच स्ववियु चुनावका क्रममा विवाद भएको थियो। चुनावी तिक्तताले नै विकले थैवलाई सिध्याइदिने सार्वजनिक चुनौती दिएका थिए।

रुपन्देहीका एसपी शेरबहादुर बस्नेतले थप प्रमाण जुटाएर अनुसन्धान गरिने जानकारी दिए।


बुटवलका प्रचण्डमान थैबको हत्या अभियोग लागेका सुजित विक तनहुँका स्थायी बासिन्दा हुन् । उनको वास्तविक नाम खरीन्द्र विक हो तर पार्टीमा उनको नाम सुजित थियो । बुटवलमा ०६२/६३ देखि वाईसीएलमा सक्रिय देखिएका उनी घटनाका बेला रूपन्देही जिल्ला इन्चार्ज थिए । सुजितले चैत १३ गते राति बुटवलको हिलपार्क गेट नजिकै मोटरसाइकलमा सवार थैबलाई रोकी गोली हानेको हत्याका प्रत्यक्षदर्शी भनिएका बुटवलका केशव रोकाको दाबी छ । सुरुमा उक्त आरोपको खण्डन र प्रतिकार गरेको माओवादीले पछि हत्याका आरोपित सुजितलाई संगठनबाट निलम्बित गरेको थियो । मानव अधिकार आयोग काठमाडौंमा बुझाउने वचन दिएको माओवादीले पछि लैजाँदै गर्दा बाटैबाट विक भागेको बताएको थियो । त्यसपछि प्रकरण सेलाउँदै गएको थियो । ब्ाुटवलमा रहे पनि सार्वजनिक रूपमा त्यति नदेखिने उनी स्ववियु चुनावमा भने खुलेरै लागेका थिए । बुटवल बहुमुखी क्याम्पसमा भएको स्ववियु चुनावमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको विवादपछिको झडपमा एमालेको तर्फबाट प्रचण्डमान थैव र माओवादीबाट सुजितले अगुवाइ गरेका थिए । त्यतिबेलादेखिको रिसइबी साँचेर ०६५ चैत १३ गते बुटवलको दीपनगरका स्थायी बासिन्दा तथा युथ फोर्स रूपन्देहीका सदस्य थैवको हत्या गरेको अभियोग छ । हत्यापछि आक्राशित एमालेलाई तत्कालीन अवस्थामा मत्थर पार्न छानबिन समितिहरू गठन भएका थिए । हत्या आरोप लागेका र माओवादीबाट निकालिएका भनिएका उनी पछिल्लो समयमा सार्वजनिक थिएनन् । धेरैले मातृका समूहले नेतृत्व गरेको माओवादीमा गएको दाबी गरे पनि माओवादीले भने त्यसलाई पुष्टि गरेको छैन । हत्या विरुद्ध त्यतिबेला एमालेले १२ दिन रूपन्देही ठप्प पारेको थियो । आक्रोशितको तोडफोड र आगजनीबाट लाखौं क्षति समेत भएको थियो । सुजितको पक्राउपछि प्रचण्डमानका पिता अम्बिका थैवले ढिलै भए पनि हत्यारा पक्राउ परेकोमा खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिए । 'उसलाई कानुनबमोजिम हदैसम्मको कारबाही हुनुपर्छ, कुनै बहानामा छाड्नु हुन्न' उनले भने । सुजीतजस्तै हत्याका अरू योजनाकार र सुजितलाई संरक्षण दिएकाहरूमाथि पनि छानबिन हुनुपर्ने माग उनले गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक