20100808

चीनिया व्यापारी लुटेको र यार्चागुम्बाको अबैध कारोवारमा संलग्न रहेको माओवादी अब हेरोइनको व्यापारमा, वाह कमरेडहरु राज तिमीहरुकै !

प्रधानमन्त्री पाए भने माओवादीले अझै के के गर्लान ?
आईतवार माओवादी बारा जिल्ला सदस्य राधेश्याम प्रसाद साह एक किलो खैरो हेरोइन सहित पक्राउ परे। उनी मोटरसाईकलमा एक किलो चरेस बोकेर हेटौडावाट दक्षिणकालीको बाटोहुंदै काठमाडौं छिर्नेक्रममा फर्पिगंवाट पक्राउ परे। खवर सुने लगत्तै मनमा जिज्ञासा उठ्यो–अब हेरोइनको व्यापारमा पनि माओवादी ?  आखिर कुन कुन अपराधको अभियोग खेप्छन् माओवादीका नेता तथा कार्यकर्ता? उनीहरु मात्र विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा किन पक्राउ पर्छन् ? व्यापारी रामहरी श्रेष्ठको हत्यामा माओवादी नै संलग्न देखिए। श्रेष्ठ हत्याको अभियोगमा उसका नेता चीतवन कारागारमा बन्दी छन्। पत्रकार विरेन्द्र शाहको हत्यामा माओवादी जिल्लास्तरको नेता संलग्न रहेको तथ्य माओवादीले समेत स्विकार गरिसकेको अवस्था हो। रामहरी हत्याको अभियोगवाट....
मुक्ति पाउनुको साटो माओवादी केन्द्रिय सदस्य कालीबहादुर खाम मगरमाथी चीनिया व्यापारी लुटेको र यार्चागुम्बाको अबैध कारोवारमा संलग्न रहेको अभियोग थपिएको छ।
गोंगबुको सुन पसलमा हालै भएको लुटपाटको अभियोगमा जनमुक्ति सेनाको जुटपानीमा रहेको तेस्रो डिभिजनका सहायक कमान्डर हिरा लामा र प्लाटुन कमान्डर दिपक तामागं पेस्तोल सहित पक्राउ परे। अब हुंदाहुंदैे खैरो हेरोइन बोकेर काठमाडौं आउंदै गरेका तस्कर समात्दा समेत उनी माओवादी जिल्ला समितिका सदस्य निस्किए। के यि सबै संयोग मात्र हुन त ?
कि हिजो युद्धकालीन अवस्थामा माओवादीले सिकाएको व्यवहारको परिणाम हो यो? वा शान्तीपूर्ण राजनीतिक धरातलमा आएपछि माओवादीले आफ्ना नेता कार्यकर्तालाई सम्हाल्न नसक्नुको परिणाम हो यो? या माओवादीका नेताहरुले भनेझै क्रान्तीकारी पार्टीको गौरवमय इतिहास धमिल्याउन शड्यन्त्रकारीले गरेका शड्यन्त्र मात्र ? - from Hamro blog

   हार्दिक  निमन्त्रणा !

       शान्तिको लागिसास्कृतिक  यात्रा साथमा तितोसत्यतथासांगीतिकसाझ -२०१० 

 
नेपाल अमेरिका प्रेस क्लबतथा नेपालीकलामंचकोसंयुक्त

आयोजनामा नेपालका चर्चित तथा  लोकप्रिय  गायक

गायिकाहरु  यमबराल,सुनिता दुलाल ,नलिनाचित्रकार 

तथा चर्चित हाँस्य ब्यंग्यटेली चलचित्र
तितोसत्यका कलाकारहरु


दिपकराज गिरी ,दिपाश्री  निरौला र गोपाल अधिकारीको 

साथै स्थानिय चर्चित कलाकारहरु
 

रतन सुबेदी,संजीव प्रधान,रमेश उप्रेती,
सरिश्मा प्रधान, दिनेश भन्डारी
लगायत अन्य


आकर्षक प्रस्तुतिको साथमा निम्न मिति, समय र स्थानमा भब्य नेपाली सास्कृतिक
तथा सांगीतिक
साझसम्पन्न हुनगैरहेको हुदा संपूर्ण नेपाली दाजूभाई  दिदीबहिनीहरुमा उपस्थितिको
लागिहार्दिक अनुरोध गरिन्छ |


Venue: 8420 Belair Road
           (St. Joseph Church)
            Nottingham, MD 21236

Date:August 29, 2010 (Sunday)
Time: 8:00PM-11:30 PM

कार्यक्रम प्रायोजक  तथा अन्यजानकारीको लागि सम्पर्क:-

शिव विष्ट -443-927-6456
सल्लाहकार :प्रेमराजा  महत -410-916-4237
   
 

नेपाली जनसम्पर्क समिति कालिफोर्निया को एकताको दोश्रो अधिबेशन सम्पन्न

 क्यालिफोर्नियामा सम्पन्न भएको नेपाली जन सम्पर्क समिति, एकता दोश्रो अधिवेसन, क्यालिफोर्नियाको अधिवेसनले सर्वसम्मतिबाट श्री ज्ञानदिप लामाको अदक्ष्यतामा १३ सदस्यीय कार्य समिति गठन गरेको छ| जसको उपादक्ष्यहरुमा श्री हरि प्रसाद ढकाल र श्री किलन चन्द राइ निर्वाचित हुनु भएको छ भने महासचिवमा श्री दिनेश भट्टराई तथा सचिवमा श्री सौरभ पोख्रेल, कोषाधक्ष्यमा श्रीमती नानु थापा लामा, सदस्यहरुमा श्रीमती धन कुमारी धिताल, श्री बुद्धि बिनोद दाहाल, श्री पूर्ण शेर्पा, श्री दिपेन्द्र थपलिया, श्री संतोष ब्लोन, श्री सगर कोइराला तथा श्री बिनोद भट्ट निर्वाचित भएका छन |
क्यालिफोर्निया संयोजक श्री बैकुण्ठ खनालको अधक्ष्यतामा संचालित कार्यक्रममा प्रमुख अतिथि अछाम जिल्लाका पुर्व पार्टी सभापति श्री पदम रावलले स्वर्गीय बि. पी. कोइराला तथा गिरिजा प्रसाद कोइरालाको तस्विरमा माल्यार्पण गरि कार्यक्रमको शुभारम्भ गर्नु भयो भने कार्यक्रमका बिशेष अतिथि, क्यालिफोर्निया केन्द्रीय प्रतिनिधि तथा नेपाली जन सम्पर्क समिति, एकताको दोश्रो महाधिवेसन तयारी समितिका सह-संयोजक श्री वेद प्रसाद खरेलले पानसमा बत्ति बालि कार्यक्रमको विधिवत उद्घाटन गर्नु भएको थियो |
अमेरिकाका बिभिन्न राज्यहरु मध्ये कांग्रेसहरुका लागि महत्वपुर्ण मानिने क्यालिफोर्निया च्याप्टरको भब्य उद्घाटन एवं समापनले नेपाली जन सम्पर्क समिति अमेरिकाको संगठन विस्तारमा एक तरंग उत्पन्न भएको छ | ३४० जना साधारण सदस्य रहेको क्यालिफोर्निया च्याप्टरको अधिवेसनमा २५० भन्दा बढी सदस्यहरुको उपस्तिथिमा सम्पन्न कार्यक्रमको उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि श्री पदम बहादुर रावलले आज अमेरिका जस्तो मुलुकमा हामि यसरि संगठित हुनु देश र प्रजातन्त्रको लागि केहि गरौ भन्ने उद्देश्य बोकेर जन समपर्क समितिको झन्डामा एकिकृति भै यसरी लाग्नु गौरवमय भएको विचार व्यक्त्य गर्दै सबै लै अगाडी बढ्न आग्रह गर्नु भयो |
त्यसै गरि कार्यक्रमका बिशेष अतिथि श्री वेद प्रसाद खरेलले अमेरिकामा दुइ जन सम्पर्क समिति बन्नुपर्दा को घटना दुखद थियो भन्दै फुटेका दुइ समिति एक जुट भै संगठित भई महादिवेशन सम्पन्न गर्न गईरहेको अवस्थामा क्यालिफोर्नियामा सम्पन्न हुन् गई रहेको यो अधिवेसनको सफलताको कामना गर्दै आपसमा रहेका केहि असमझदारी, मतमतान्तर तथा मनमुतावलाइ आपसी सल्लाह र समझदारीको आधारमा समाधान गर्न आग्रह गर्दै आगामी केन्द्रीय महाधीवेसनलाइ सफल पार्न सबै संग अनुरोध गर्नु भयो |
कार्यक्रममा बोल्दै तमु समाजका सभापति श्री भुपेन्द्र गुरुङ, उप-सभापति श्रीमती बिष्णु घले, क्यालिफोर्निया शेर्पा समाज सध्भावाना राजदूत श्री लाक्पा देन्दी शेर्पा, तामांग समाज क्यालिफोर्नियाका प्रतिनिधि श्री सुक देव लामा, न्यान्सका उपाधक्ष्य श्री रेशम तामांग, न्याफ्काका उपाधक्ष्य श्री रबिन्द्र पाण्डे, नाकका सभापति श्री मनि नेपाली पनेरु, बर्केले अन्नपूर्ण लायन्स क्लबका सभापति श्री चन्द्र कान्त धिताल, बरिस्ठ पत्रकार श्री रवि अधिकारी लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो| कार्यक्रमको उद्घाटन सत्रमा केन्द्रीय संयोजक श्री खगेन्द्र जी. सी. र संगठन बिभाग प्रमुख श्रीमती चित्रा के. सी. ले शुभकामान संदेश कार्यक्रमको सभापति श्री बैकुण्ठ खनालले पढेर सुनाउनु भएको थियो|
नेपाली कांग्रेस गोर्खा जिल्लाका पुर्व सभापति श्री भोजराज कडेल, नेपाल तरुण दलका केन्द्रीय प्रतिनिधि श्री शंकर खड्का, अछाम जिल्लाका पुर्व महाअधिवेसन प्रतिनिधि श्री विष्णु शाह, नेपाली जन सम्पर्क केन्द्रीय तयारी समितिका केन्द्रीय सदस्य द्वय डाक्टर श्री अनुप श्रीवास्तव र श्री बिनोद भट्टले क्यालिफोर्नियाको अधिवेसनले अमेरिकाको जन सम्पर्क समितिलाई नया मार्ग निर्देशन दिने विचार व्यक्त गर्दै आफ्ना असहमतिहरु भएमा आपसमा बसेर सहमति गर्न आग्रह गर्नु भयो| श्री सौरभ पोख्रेलले संचालन गर्नु भएको कार्यक्रममा  क्यालिफोर्निया च्याप्टर अधिवेसन तयारी समितिका सदस्य श्री किलन चन्द राइले स्वागत मन्तब्य दिनु भएको थियो | दुइ सत्रमा विभाजित उक्त अधिवेसनको प्रथम सत्रलाइ समापन गर्दै कार्यक्रमका सभापति श्री बैकुण्ठ खनालले आज क्यालिफोर्नियामा सम्पन्न एकताको दोश्रो महाधिवेसनले हामीलाई संगठित, एकत्रित हुन् शक्ति प्रदान गरेको छ भन्दै यो एकतालाइ अझै दृढ बनाउन असहमत पक्ष्यलाइ बिगतका तिता मिठा कुराहरु भुली एकै ठाउमा आइ सहकार्य गर्न र संगठन लाइ अझै बल पुर्याउन आवहान समेत गर्नु भयो |
कार्यक्रमको दोश्रो बन्द सत्रमा भएको छलफल पश्च्यात निर्वाचन समितिले यो अधिवेसनमा ३४० ले सदस्यता लिएका, १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको र ११४ जना महासमिति प्रतिनिधि चयन भएको घोसणा गरियो | निर्वाचन समितिका प्रमुख आयुक्त श्री तेज राइ, आयुक्तहरु श्री जस बहादुर गुरुङ र श्री यज्ञ नेपालले नव निर्वाचित समितिका पदाधिकारीहरुलाई प्रमाड पत्र वितरण गर्नु भएको थियो | नवनिर्वाचित अधक्ष्य श्री ज्ञान दिप लामाले आफुलाई यो अधिवेसनले दिएको जिम्मेवारी बहन गर्न आफु मन, बचन र कर्म ले लागि पर्ने छु भन्दै यो अधिवेसनले समेट्न नसकेका साथिहरुलाइ समेत समेटर संगठनलाइ मजबूत बनाउने प्रण गर्नु भयो |
012.JPG


023.JPG


039.JPG


066.JPG




115.JPG


139.JPG


218.JPG


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक