20101015

यी बाँदरहरुले जसरी लुछाचुडी गरिरहेका छन्, मेरो देश पनि ...!

केही समय  अघि हामीले राखेको यो फोटो र क्यापसन यती धेरै लोकप्रिय भयो कि भनी साध्य छैन, पाठक कै अनुरोधमा आज फेरी !
यो फोटो घोरिएर हेर्नुस् , हिडिरहेको कार रोकेर बाँदरका हूलले कारमा गएर र माथि रहेको डिक्की फोडेर डिक्कीमा रहेका सरसामान लत्ता कपडा जसरी लथालिँग र भताभुँग पारेका छन, यि बाँदरहरुका ठाउँमा हाम्रो देशका नेताहरु सम्झिएँ, अनी यो कार भित्रबाट दशा हेरिरहेकी महिलाको ठाउँमा आफुलाई र जनतालाई सम्झेँ, जसरी हाम्रा नेताहरुले नयाँ नेपाल, लोकतान्त्रिक नेपाल, गणतन्त्र नेपाल आदी इत्यादी बहानामा नेपाल लथालिँग भाताभुँग पार्दैछन त्यसरी नै यी बाँदरहरुले चर्तिकला गरिरहेको आभास भयो, यी  बाँदर र हाम्रा महामहिम राजनेतामा मैले त कुनै फरक पाइन, तपाईंले पाउनुहुन्छ र ?   तपाईं आफूलाई कहाँ पाउनुहुन्छ कुन्नी यो फोटोमा ? प्रतिकृया लेख्नुस् है तल कमेन्ट बक्स मा !

2 comments:

  1. यो फोटो र क्याप्सन हेर्दा मलाई पनि नेपाल कै याद आयो, म पनि सहमत् छु नेपाल मदर सँग !
    रविन थापा

    ReplyDelete
  2. Our national leaders are worse than that. Picture is more organised and controlable condition. But our country is more disorganised, hopless and in complete failure state. Nirdosh KC

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक