20101022

नेताहरु कुर्सिकै लडाईंमा मस्त, आमाको काख बाटै ३ बर्सिय बच्चा अपहरण, नेपालका नेताहरुलाई भन्दा राष्ट्रसंघलाई नेपालको चिन्ता !

 समाचार शिर्सकमा एकै पटक धेरै कुरा जनाउन हामीले रहरले खोजेका होइनौं यो नेपालको यथार्थता हो, देश लथालिँग भताभुँग छ, काम चलाऊ सरकार ४ महिना देखी कृयासिल छ, देशले प्रधानमन्त्री पाएको छैन, राष्ट्रपती चाइना भ्रमणको तयारीमा छन, उपरास्ट्रपती त चाइना मै छन । प्रचन्ड र उनका बथानको उतै बास छ , हरेक हप्ता प्रचन्डका पार्टिका नेताहरु आउने र जाने क्रम कायमै छ। काम चलाऊ सरकारका मन्त्रीहरु बिदेश भ्रमणमा मस्त भएको कसैबाट छिपेको छैन, माओवादीले धादिङ मा एमाले का एक नेता मारे, अपहरण र चन्दा आतंक अनी गुण्डाराज का एक पछी अर्को समाचार पढि रहनु भएकै होला। माओवादीले सिकाएको अपहरण र फिरौती माग अहिले अरुले पनि सिकेपछी देश झन अस्तब्य्स्त छ। राम्रो शुखद समाचार होइन दु:खद समाचार हेर्दा हरेक नेपाली को मुटु चसक्क भैरहेको छ तर नालायक, कुलँगार, कुर्सिका भोका नेताहरु लाई यि सबै कुरा ले पटक्कै छोएको देखिदैन । अब राष्ट्र संघ का नाम मा पनि बिदेशी चलखेल् 
बढेको छ। भारत र चाइना को चलखेल् माथि अब अरु थप चलखेल शुरु भएको छ।यो अवस्थामा पनि नेताहरुको घैंटोमा घाम लागेको छैन, उनिहरु देशलाई भागबन्डा लगाउनमै तल्लिन छन निरिह जनता टुलुटुलु हेरेर बस्न वाध्य छन । शतिले स्राप गरेको देश साच्चै हो जस्तो पो लाग्न थाल्यो त हगी ! 
यसै बिच सिरहाको लहानबाट हतियारसहितका अज्ञात व्यक्तिहरूले बुधबार राति तीन वषीय बालकलाई अपहरण गरेका छन्। अपहृत हुनेमा लहान नगरपालिका-३ निवासी मोहम्मद अहमदका छोरा अब्रहिम मिया रहेका छन्। बालक राति आŠनै घरमा सुुतिरहेका बेला हतियारसहित आएका ४/५ जनाको समूहले बालककी आमालाई कुटपिट गर्दै उनको अपहरण गरेको स्थानीय बासिन्दाले जनाएका छन्। उता सुरक्षापरिषद्का राष्ट्रहरूले नेपालको शान्तिप्रक्रियामा आफंनो सहयोग रहिरहने विश्वास दिलाउँदै बाँकी ३ महिनाभित्र सो कार्यको निरन्तर प्रगति हुनुपर्नेमा जोड दिएका छन्। ती राष्ट्रले राष्ट्रसंघका उपमहासचिव बी लिन पास्कोको हालै भएको नेपाल भ्रमणलाई स्वागत गरेको जानकारी सो परिषद्का अध्यक्ष रुहाकाना रुगुन्डाले दिनुभएको छ। विज्ञप्तिमा सदस्य राष्ट्रहरूले सहमतिको कार्यान्वयनका साथै विशेष समितिलाई समयसीमासहितको स्पष्ट कार्ययोजना...
कार्यान्वयनका लागि आग्रह गरेको जनाइएको छ। साथै अन्मिनको फिर्तीपछि शान्तिप्रक्रियाका बा“की कार्यलाई व्यवस्थापन गर्न जोड दिइएको छ।
विज्ञप्तिमा विस्तृत शान्तिसम्झौताको कार्यान्वयन गर्न नेपाली राजनीतिक दलहरूले गरेको प्रतिबद्धताको स्मरण गर्दै माओवादी सेनाको सुपरिवेक्षण, समायोजन र पुनःस्थापनाको प्रक्रियालाई अगाडि बढाउन विशेष समितिलाई पुनर्जीवित गर्ने तथा समायोजन र पुनःस्थापना प्रक्रियालाई अघि बढाउन गठित सचिवालयको स्थापनाले शान्तिप्रक्रिया प्रगति-उन्मुख भएकोे उल्लेख छ। सो प्रगतिका लागि परिषद्का राष्ट्रहरूले कामचलाउ सरकार र राजनीतिक पार्टीलाई आफंनो प्रयास दुइ गुनाले वृद्धि गरी सम्झौता कार्यान्वयन गर्न अनुरोध गरेको जनाइएको छ। अध्यक्ष रुगुन्डाले बिहीबार जारी गर्नुभएको विज्ञप्तिमा सुरक्षापरिषद्का सदस्य राष्ट्रहरूले नेपाली जनतालाई सहयोग गर्ने अन्मिन तथा महासचिवका प्रतिनिधि करिन ल्यानग्रेन र उहा“को टोलीको निरन्तर प्रयासको समेत प्रशंसा गर्नुभएको छ। सन् २०११ को जनवरी १५ मा नेपालस्थित राष्ट्रसंघीय मिसन अन्मिनको अवधि सकिँदै छ।

यसैबीच बिहीबार अन्मिनप्रमुख करिन ल्यानग्रेनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’स“ग भेट गरी जारी शान्तिप्रक्रियाप्रति राष्ट्रसंघ सन्तुष्ट नभएको प्रतिक्रिया दिनुभएको छ। उहाँले अध्यक्ष प्रचण्डस“ग शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउन आग्रहसमेत गर्नुभएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक