20101011

अमेरिकामा जागिर खोज्नेको लाइनमा मन्त्रालयका अधिकृतदेखि डीएसपी सम्म ........!!! - किशोर पन्थी/न्युयोर्क

अक्टोबरको एक बिहान । वषर्ायाम सकिएपनि न्यूयोर्क वषिर्रहेको थियो । सडकमा कोही छाता ओढेर दौडिरहेका थिए, कोही भिज्दै दौडिरहेका थिए । तर पानी परेकाले विगतका दिनमा जस्तै दौडनेहरुको व्यस्तता अलिक कम भएको हो कि जस्तो लाग्थ्यो । घरबाट हिड्दा छाता बोक्न बिर्सर्ेे, त्यसैले म पनि ज्याक्सन हाइटको सबवेबाट फुत्त निस्किएर दर्ुइवटा ब्लक पार गर्नका लागि भिज्दै दौडन थालें ।हुन त यो न्यूयोर्क नै हो । तर दिल्लीको गल्ली भन्दा कम छैन । इन्डियनहरुले ज्याक्सन हाइटको नाम त बदलेर दिल्ली हाइट बनाइसेका छन् । उनीहरुले ज्याक्सन हाइट नै भनिहाले पनि उनीहरुको उच्चारणका कारण यो कुनै दिल्लीतिरकै जयकिसन...
हाइट जस्तै सुनिन्छ । इन्डियन र बंगालीहरु आफूले चाहेको ठाउमा पान थुक्न हिच्किचाउदैनन् भने नेपालीहरु पनि कुहिना ठोक्काउदै हिड्न पछि पर्दैनन् । यस्तो अजिबको सभ्यता न्यूयोर्ककै अरु ठाउमा कहा“ पाउनु † त्यसैले त अमेरिकनहरुकै नजरमा पनि ज्याक्सन हाइट फरक छ ।
सधै सेभेन ट्रेनको कानै खाने डाङडाङ डुङडुङ सुनिने एउटा पुरानो पुरानो घरको दोश्रो तल्लामा सधै नेपालीहरुको भींडभाड हुने गर्छ । बढीजसो मंगोलियन अनुहारका नेपालीहरु । कसैका अनुहार मलिन हुन्छन्, कसैका थकित । सबैका छुट्टा छुट्टै कथा व्यथा छन् यिनीहरुका । तर यिनीहरुका कथा व्यथा बुझ्न अलिक धेरै समयनै निकालेर आउनर्ुपर्छ । म अलिक हतारमा भएकाले पानीमा भिजेको अनुहार पुछ्दै रिसेप्सनदेखि पछाडिपट्टी रहेको कोठाभित्र छिरें । अगाडिको रिसेप्सन त रिसेप्सन भन्नु मात्र हो । त्यहा“ कहिले पनि रिसेप्सनिस्ट बसेको मैले अहिलेसम्म देखेको छैन । नेपाली च्यानलहरु आउने एउटा टेलिभिजन सेट छ त्यहा“, रिसेप्सनिस्टको साटो । टेलिभिजनसेट त बोल्छ तर अरुका कुरा सुन्दैन । त्यसैले म सिधै कार्यालका मुख्य व्यक्तिकहा“ पुगे ।
म उनको ढोकाबाट भित्रछिरेको केहीबेर भइसक्दा पनि उनले मलाई देखेनन् । उनी निदाएका थिएनन्, बरु अति व्यस्त भएकाले म छिरेको पत्तो पाएनन् । पेशाले उनी अरुकहा“ जागिर लगाइदिने एजेन्ट हुन् । म्याग्दीका रुद्रबहादुर पुन । नेपालमा दलाल भन्दा नराम्रो सुनिएपनि यहा“ एजेन्ट भन्दाचाही राम्रै सुनिने । यिनले कैयन नेपालीलाई भारतीय, नेपाली, पाकिस्तानी र अमेरिकनहरुकोमा जागिर लगाइदिन्छन् । त्यसलै म पुग्दा उनी नेपालीहरुलाई जागिरमा पठाउन व्यस्त थिए । यो व्यस्तता त दिनभर पनि सकिने भए पो † बाहिर पानी पर्दा यहा“ अझ बढी व्यस्तता । त्यसैले उनी व्यस्तताकै बीचबाट उठेर अर्को कोठामा म स“ग कुरा गर्न तयार भए ।
"को हुन् तपाईले जागिरको लागि पठाउनेहरु -" मेरो प्रश्न । प्रश्न स्वभाविक थियो । तर जवाफ अलिकति अचम्मको । "मकहा“ मन्त्रालयका अधिकृतहरुदेखि डीएसपीसम्म आउ“छन् जागिरका लागि ।" -खर्ुइलिएको तालु मुसार्दै उनले जवाफ दिए । हुन पनि नेपालबाट पर्यटक भिसामा आएर यतै लुकेर बस्ने होउन् वा डिभी परेर आउनेहरु होउन्, मन्त्रालयका हाकिम, प्रहरीका डिएसपी, राजनीतिक पार्टर्ीी नेता र पर्ूवसांसदसम्मलाई यिनले जागिर लगाइदिएका रहेछन् । "कस्तो जागिर -" मेरो प्रश्नको जवाफमा उनले भने -"ग्यास स्टेसन र रेष्टुरेन्टमा त हो नि †" उनले जागिरेको नाम नछाप्ने शर्तमा भने -"का“ग्रेसका ती नेतालाई ग्यास स्टेसनमा मैले नै जागिर लगाइदिएको त हो नि †" हो, यिनकोमा जागिर खोज्नेहरुको लाइनमा नेपालका कलाकारदेखि राजनीतिक नेतासम्म हुन्छन् । अधिकृतदेखि र्सवसाधारणसम्म हुन्छन् । अ“ग्रजी र हिन्दी बोल्न जानेकाहरुलाई मात्र होइन, नेपाली समेत बोल्न नजान्नेहरुलाई समेत जागिर लगाइदिएका छन्, रुद्रले । हरेक दिन डेढसय जनासम्म नेपालीहरु जागिर खोजिदिन भन्दै यिनकोमा आउछन् । पचासप्रतिशत सन्तुष्ट भएर र्फकन्छन् ।
"डलर त निकै कमाई हुन्छ होला नि तपाईलाई -" मेरो प्रश्नको जवाफ उनले यसरी दिए -"मैले सबैलाई डलरको लोभमा मात्र नभई मानवियताको नाताले विनाशुल्क पनि जागिरमा पठाइदिएको छु, कतिपय दुख पाएकाहरुलाई त मेरै कार्यालयमा सुत्न दिएर बाटाखर्चसहित जागिरमा पनि पठाइदिएको छु । तर पनि राम्रो आम्दानी भइरहेको छ ।" हुन पनि आम्दानी नराम्रो भएको भए चारपा“चवटा व्यवसाय गर्न अमेरिकामा कसरी सकिन्थ्यो - उनको ल र्फम पनि छ । न्यूयोर्कमा नै मेट्रो पिसिएस मोबाइलको स्टोर र प|mेमिङको होलसेल पनि छ । अझ त्यतीले नपुगेर हीम शिखर नामको रेष्टुरेन्ट र पोल्ट्री र्फम पनि खोल्दैछन् उनी । आफ्नै व्यवसायमा पनि आधादर्जन भन्दा बढी नेपालीहरुलाई काम दिएका छन् ।
रुद्रले काममा पठाएपनि मालिकले राखेन, बेकार दुख दिन्छ रुद्रले भन्नेहरु पनि छन् । तर उनलाई उपहार ल्याइदिनेहरु पनि उत्तिकै छन् । उनी गुनासो गर्छन् - "काम गर्ने अधिकांश नेपालीमा क्षमता र योग्यता नहुदा जागिर दिनेहरुले मलाई काम नलाग्ने मान्छे किन पठाएको भनेर उल्टै हर्काछन् ।" क्षमता नहुनेहरुलाई काम लगाइदिन निकै मुस्किल पर्ने उनको अनुभव छ ।
उनी आफै पनि त्यत्रो विधि पढेलेखेका होइनन् रुद्र । तर उनले निरन्तर खटेर काम गरे । त्यसैले लाखौं डलरका मालिक भएका छन् । २०२६ सालमा म्याग्दीको ठाडाखानीमा जन्मिएका उनलाई भारतीय सेनामा कार्यरत बाबुले बच्चैमा भारत लगे । पछि ६ वर्षो उमेरमा बुटवल आएपछि त्यहींबाट उनले एसएलसी सकाए । पैसा कमाउन १८ वर्षो उमेरमा नै जापानतिर हान्निएका थिए रुद्र । त्यसैले अध्ययनलाई निरन्तरता दिन सकेनन् । उनी ११ वर्षबसे जापानमा । हासखेल गर्ने पूरै जवानी जापानमा काममा जोतिदैमा बित्यो ।
२९ वर्षो उमेरमा काठमाडौं फर्किएर उनले ठमेलमा लिली होटेल खोले । कोरियामा नमस्ते नामको रेष्टुरेन्ट खोले । पछि रेष्टुरेन्टबाट खासै फाइदा भएन । त्यसैले कोरियामा खोलेको रेष्टुरेन्ट बन्द गरेर उनले काठमाडौंमा नै म्यानपावर एजेन्सी खोले - मोनालिसा मेनपावर । इराकमा आतंककारीहरुले नेपालीहरुको हत्या गरेपछि नेपालमा मोनालिसा मेनपावरमाथि आक्रमण भयो हुलबाट । "इराकमा नेपाली पठाउने मुनलाईट ओभरसिज थियो, तर मेरो मेनपावरमाथि आत्रमण गर्दा एक करोडको क्षति भयो ।" उनको दुखेसो थियो ।
नेपालमा बस्न नसकिने अवस्था आएपछि उनी सन् २००४ मा हङकङको बाटो हुदै अमेरिका पसे । टुरिस्ट भिसामा अमेरिका छिरेका उनले शरणार्थीको रुपमा ग्रिन कार्डको दाबी गर्दै आवेदन दिए । आवेदन दिएको एकवर्षपनि लागेन ग्रिनकार्ड हात पार्न । सन् २००५ देखि जागिर लगायदिने लुथर एजेन्सी खोलेर बसेका उनलाई निकै फलिफाप भयो । किनभने त्यसभन्दा अगाडि न्यूयोर्कमा नेपालीले यस्ता एजेन्सी खोलेका थिएनने । अहिले त झण्डै आधादर्जनको हाराहारीमा छन् ।
अमेरिका आएदेखि उनी नेपाल फर्केका छैनन् । बरु श्रीमती र छोराछोरी पनि यतै झिकाएका छन् । "नेपाल जान मन लाग्दैन -" मेरो प्रश्नको जवाफमा उनी अलिक भावुक देखिए -"आफू जन्मेको देशमा जान कस्लाई मन लाग्दैन र - म पनि पछि नेपालमा नै गएर बस्छु ।"
अहिलेसम्म त रुद्रले नेपालीहरुलाई जागिर लगाइदिएको रेष्टुरेन्ट, स्टोर, ग्यास स्टेसन, यस्तै यस्तैमा हो । किनभने अधिकांश नेपालीहरु पढेलेखेका भएपनि अमेरिकामा तल्लो स्तरको काम गर्न बाध्य छन् । तर उनी एम्पाएर स्टेटबाट सुट र टाइसहित शानका साथ नेपाली झरेको हर्ेन चाहन्छन् रे । छुट्ने बेलामा उनले भने - "म त्यो स्थीति बनाउनका लागि बाटो पहिल्याउन चाहन्छु , म अमेरिकामा बसोबास गर्न नेपाली, भुटानी र तिब्बतीहरुको प्रतिनिधी भएर काम गर्न चाहन्छु । "

1 comment:

  1. namaste..ye hajur kasaile rudra bahadur pun sir ko contact number dinu saknu huncha plz

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक