20101018

नौ आयोजक संस्था तर मान्छे २७ जना ! भन्दै केपी ओलीले केही आयोजक सँग ब्यँग गरे अमेरिकाको राजधानी वाशिंगटन डि० सी० मा !!!

- भवानी खरेलबाट
सामाजिक संस्थाहरुको राजनीतिक कार्यक्रम !
अमेरिकामा के० पी० ओली संग अन्तरक्रिया सम्पन्न
दशैको मुख र राजनीतिक कार्यक्रम भएर होला, नौँ संस्थाको नाम बाट आयोजक ले बोलाए पनि उपस्थिती निकै कम थियो अर्थात २७ जना, टाउका आफै गने पनि हुन्छ , सामाजिक संस्थाहरुले राजनीतिक कार्यक्रम गरेकोमा खुशी देखिएनन अमेरिकाबासी नेपाली ! फोटो हेर्नुस् उपस्थिती कस्तो थियो !?   

हामीलाई आयोजकहरुले पठाएको समाचार तल जस्ताको तस्तै :  
१७ अक्टोबर, वाशिंगटन डि० सी० / अमेरिकाको राजधानी वाशिंगटन डि० सी० मेट्रो यरियामा रहेको
अर्लिंगटन सेन्ट्रल लाइब्रेरीको शभा-हलमा डि० सी० यरियाका ९ संस्थाले नेपालका एमाले नेता के० पी० ओली संग एक अन्तरक्रिया-कार्यक्रम गरे.अमेरिकाका लागी महामहिम नेपाली राजदुत शंकर प्रसाद शर्मा (पि० एच० डि०) को मन्तब्य बाट शुरू भएको उक्त अन्तरक्रिया-कार्यक्रममा नेता के० पि० ओलीले नेपालको समसामयिक राजनैतिक स्थितिको बारेमा बोल्नुभएको थियो. ओलीसंग एक प्रश्नोत्तर-कार्यक्रम पनी राखिएको थियो. कार्यक्रममा डि० सी० नेपाल डट० कम० का संचालक रामहरी सुबेदी, बिनोद उप्रेती (बाल्टिमोर), कृष्णहरी लुँईटेल, फोटो पत्रकार बिश्वो राज थापा लगायतका बुद्धिजिबीहरूले नेता ओलीसंग प्रश्नहरू गर्नुभएको थियो. नेपाली दुतावासका ऊपनियोग प्रमुख काली प्रसाद पोखरेल, प्रथम सचिब आनन्द प्रसाद शर्मा, द्वितीय सचिब गौरिस्वोर रेग्मी, एएनएका मेदिनी अधिकारी, प्रोफेशर डा० गोपी उप्रेतीको पनी उक्त कार्यक्रममा ऊपस्थिति रहेको थियो. डि० सी० नेपाल डट० कम० ले उक्त कार्यक्रमको लाईभ प्रत्यक्ष-प्रशारण गरेको थियो. डि० सी० नेपालकै लिंक लाई नेपालमदर डट० कम० ले पनी लाईभ प्रशारण गरेको थियो. संसारभरबाट १०,००० (दश हजार) जनाले लाईभ-प्रशारण हेरिरहेको जानाकारी गराईएको थियो. धरान-अमेरिका सोशाईटीका अध्यक्ष बिजय थापाले आकर्षक पाराले संचालन गर्नुभएको उक्त कार्यक्रम अमेरिका नेपाल सोशाईटी, वाशिंगटन डि० सी० का अध्यक्ष खेम भट्टचनको सभापतित्वोमा सम्पन्न भएको थियो.
कार्यक्रमको आयोजक संस्थाहरू थिए:
1. America-Nepal Society
2. Baltimore Association of Nepalese in America (BANA)
3. Dharan-America Society
4. America-Nepal Chaupari
5. Thakali Samaj-USA
6. Myagdi Samaj-USA
7. Nepal America Press Club
8. Human Rights Organization of Nepalis in USA (HURON)
9. Nepali-American Society for Oppressed Community (NASO).
नौ आयोजक संस्था तर मान्छे २७ जना ! भन्दै केपी ओली ले केही आयोजक सँग ब्यँग गरेका थिए । अब आयोजकले यस् बाट पाठ पक्कै सिक्ने छन ।

Video and Photo Source : DCNepal/Ramhari ji

विजया दशमी मलेसियामा भब्यताको साथ सम्पन्न
योगेन्द्र योगी "हिमाल"/क्वालालाम्पुर मलेसिया
हिन्दुहरुको महान पर्ब विजया दशमी २०६७ मलेसियाको बिभिन्न ठाउहरुमा भब्यताको साथ सम्पन्न सम्पन्न भएको छ । नेपाली कामदारहरुको बहुलियता रहेको मलेसियामा जता ततै नेपाली श्रमिकहरु पाइन्छ ।नेपाली श्रमिकहरु मिलेर यहाँ बिभिन्न संघ सस्थाहरु गठन गरी भईपरी आउने समस्याको समाधान सबै संघ सस्था मिलेर सहयोग गर्ने गर्दछन ।यिनै संघ सस्था मिलेर विजया दशमीको आयोजना गरेका थिए ।मलेसियाको निलाई शहर भित्र पर्ने तमान सेमारक भने ठाउमा युनाईटेड मोर कम्पनीमा रहेको दुई ओटा सस्था नेपाली एकता समाज र असल साशन युवा क्लबले पनि विजया दशमी २०६७ को आयोजना गरेका थिए । युनाईटेड मोर कम्पनीको नेपाली क्यान्टिनमा सम्पन्न भएको शुभकामना दशैँ कार्यक्रममा नेपाली एकता समाज मलेसियाका अध्यक्ष अजय कुमार शाह,उपाध्यक्ष अम्बिका लिम्बु,कोषाध्यक्ष पदम कुँवर,सचिव रुद्र खतिवडा,सहसचिव लेख बहादुर बि.क बरिस्ठ सल्लाहाकार जिबलाल घिमिरे र गिरिराज पौडेल सहभागी रहनु भएको थियो । शुभकामना कार्यक्रममा  बरिस्ठ पत्रकार तथा हाम्रो संखुवासभा डट कमका प्रधान सम्पादक योगेन्द्र योगी "हिमाल"को पनि उपस्थिति रहेको थियो । त्यसै गरी असल साशन युवा क्लबको तर्फ बाट अध्यक्ष रामनाथ दस लगायत सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो । विजया दशमीको पावन अवसरमा पुजारी श्यामलाल ओलीले पुजा आराधना गर्नु भएको थियो । १०;४३ को टिकाको शुभ साइत आफु भन्दा ठुला मान्यजन जिबलाल घिमिरेको हातबाट साथीहरुलाई टिका लगाई दिदै शुभकामना दशैँ २०६७ सम्पन्न भएको थियो । शुभकामना दशैँ २०६७ लाई थप मनोरंजन बनाउनको लागि बिभिन्न लोक गीत र डान्स कार्यक्रमको आयोजना गरेर शुभकामना दशैँ मनाईएको थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक