20101013

भारतीय माओवादीलाई नेपाली माओवादीले तालिम दिदै सहयोग गरिरहेको भारतको दाबी, लस्करे तोइबा सँग पनि साँठ्गाठ छरे नेपाल र भारतका माओवादीको, प्रचण्डद्वारा खण्डन, भारत भन्छ साँचो हो !!!

भारतीय माओवादीलाई नेपाली माओवादीले सैन्य तालिम दिइरहेको दाबी गर्दै भारतको केन्द्र सरकारले राज्य सरकारहरूलाई सचेत गराएको छ । नेपालको तराई क्षेत्रमा भइरहेको भनिएको तालिमलाई पाकिस्तानी आतंकवादी संस्था लस्कर-ए-तोइवाले सहयोग गरिरहेको भारतीय दाबी छ । इन्डियन एक्सप्रेस दैनिकका अनुसार सशस्त्र संघर्षरत माओवादीले नेपाली माओवादीसँग तालिम लिइरहेकोले थप सतर्क रहन चेतावनी दिँदै केन्द्र सरकारले राज्य सरकारहरूलाई निर्देशन दिएको छ । पश्चिमबंगाल, बिहार, झारखण्ड, उडिसा, छत्तीसगढ, मध्यप्रदेश,....
आन्ध्रप्रदेश र उत्तरप्रदेश माओवादी अतिप्रभावित राज्य मानिन्छन् । ती सबै आठ राज्यका
प्रहरीलाई भारतीय गृह मन्त्रालयले ५ अक्टोबरमा पत्राचार गरेको र सो पत्र आफूले पाएको पत्रिकाको दाबी छ । नेपाली माओवादी र भारतीय माओवादीबीच साँठगाँठ रहँदै आएको भारतीय आशंका पुरानो हो । तर, यसपटक केन्द्रीय गृह मन्त्रालयले राज्यका मुख्यसचिव र प्रहरीप्रमुखलाई औपचारिक पत्र नै पठाएर आशंकालाई लिखित आरोपमा परिणत गरेको छ । यद्यपि भारतीय केन्द्र सरकारले नेपाली र भारतीय माओवादीबीच साँठगाँठ रहेको छ भन्ने औपचारिक धारणा सार्वजनिक गरेको छैन ।मलंगवा (सर्लाही) क्षेत्रमा नेपाली माओवादी नेता विमल गुरुङ र प्रकाश महतो तथा भारतीय माओवादी पंकजको सहकार्यमा तालिम चलिरहेको गृह मन्त्रालयको नोटमा लेखिएको पत्रिकाले जनाएको छ । भारतीय माओवादीलाई तालिम दिन नेपाली माओवादीलाई लस्करका अगुवाहरू कराँचीका लतिफ खान र रज्जाक अन्सारीले सहयोग गरिरहेको भारतीय गृह मन्त्रालयको ठहर छ ।

हरेक दिन जब नेपाली हरु नेपाल छाडेर बिदेसिन्छन ! - बबिता बस्नेत
प्रत्येक दिन राजधानी काठमाडौंबाट हजारौँको सङ्ख्यामा नेपाली विदेशिने गरेका छन् । वैदेशिक रोजगारीका निम्ति, अध्ययनका लागि, घुमघाम, सभा-सेमिनार, उपचार जेसुकैका लागि बाहिरिएका भए पनि प्रत्येक दिन उज्यालो नहँुदैदेखि मध्यरातसम्म -कहिलेकाहीँ रातैभरि पनि) काठमाडौं एयरपोर्टमा अन्तर्राष्ट्रिय उडानहरू चलि नै रहन्छन् । मानिसहरू आइरहेका छन्, गइरहेका छन्, आउने-जानेमध्ये सबैभन्दा ठूलो सङ्ख्या वैदेशिक रोजगारमा जाने र आउनेहरूकै हुन्छ । सुखद् भविष्यको सपना आँखाभरि बोकेर देश छोड्दै गर्दा उनीहरूको उत्साह र दुःखसुखका अनेक अनुभवसहित फर्किंदाको मुहारको रंग निश्चय नै फरक देखिन्छ । दिउँसोको समयको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई हर्ेदा लाग्छ मानिसहरू सबै विदेश नै जाँदै छन्, खै देशमा कोनै बस्ला र?तर, विमानस्थल परिसर
छोड्नासाथ देख्नु र भोग्नुपर्ने घन्टौंसम्मको जामले त्यसप्रकारको भ्रमलाई एकैछिनमा तोडिदिन्छ । गत आइतबार काठमाडौंबाट बैंककतर्फ लाग्दा विदेश जाने नेपाली युवाको ताँतीले हाम्रो देशको बेरोजगारीको अवस्थालाई मात्रै झल्काएको थिएन, यात्राका निम्ति जान्नैपर्ने कुराहरूमा बिनाजानकारी कामका लागि बाहिरिँदा उनीहरूले कति दुःख पाउँछन् भन्ने कुरा पनि देखाइरहेको थियो । उनीहरूले झोलामा बोकेका अमिलो, हरियो खर्ुसानी, दाह्री काट्ने ब्लेडजस्ता कुराहरू एयरपोर्टमा सुरक्षाकर्मीहरूले धमाधम निकालेर फाल्न थालेपछि ती युवाहरूको अनुहारमा छाएको अँध्यारो चित्त दुख्ने प्रकारको थियो । यदि उनीहरूलाई त्यस्ता सामानहरू प्लेनमा लान दिँदैन भनेर जानकारी दिइएको हुँदो हो त घरबाट आमाले मायाले हालिदिएको अचार, अमिलो, खर्ुसानीजस्ता कुराहरू बोकेर उनीहरू यात्रा गर्ने थिएनन् । वैदेशिक रोजागारमा जाने कतिपयले प्लेनमा दिएको खानेकुराको पैसा तिर्नुपर्ला भन्ने ठानेर नखाएको पनि देखिएको छ, कसैले भने एयरहोस्टेजले खानको निम्ति साकाहारी हो कि मांसाहारी भनेर सोध्दा कुनको दाम कति पर्छ?भनेर सोधेको पनि सुनिएको छ । उनीहरूले टिकट किन्दा तिरेको पैसाले नै त्यहाँ खान पाउने हो भन्ने कुरा थाहा नपाएका कारण खाना खानेबेलामा खुम्चिएर, सङ्कोच मानेर के गर्ने के भन्ने अन्योलमा बस्नेहरू बडो द्विविधाकाबीच यात्रा गरिरहेकै छन् । नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूको इतिहास लामै भए पनि प्रत्येक दिन धेरै मानिसले पहिलोपल्ट विदेशको यात्रा गरिरहेका हुन्छन् । त्यसैले अरूका लागि सामान्य लाग्ने धेरै कुरा उनीहरूका निम्ति नितान्त नयाँ हुन्छ ।
हवाईजहाजबाट यात्रा गर्नेहरूले त्रिभुवन विमानास्थलका बारेमा गर्दै आएको सबैभन्दा ठूलो गुनासो हो सामान हराउने कुरा । विदेश जाँदा जे-जे समस्या व्यहोरेर गएका भए पनि र्फकंदा घरपरिवार र आफन्तलाई भेट्ने असीम उत्साहकाबीच स्वदेश भित्रिएका धेरैको सुटकेसबाट हिजोआज सामान हराउने गरेको रहेछ । रातदिन नभनी पर्राई देशमा बगाएको पसिनाको कमाइले आफन्तका लागि ल्याइदिएको सामान दिन नपाउँदा उनीहरूमा ठूलो निराशा छाउने गरेको छ । ‘हर्ेर्नुस् न एक महिनाअघि म छुट्टीमा आउँदा मेरो सामान यहाँ -एयरपोर्टमा) चोरियो, अर्काको देशबाट जोगाएर ल्याएको कुरा आफ्नै देशमा लुटिदिँदा मलाई कस्तो भयो होला?मलाई त यो एयरपोर्टका मान्छेहरूको विश्वास नै छैन ।’ एयरपोर्टभित्र छिर्न लामो लाइनमा बसेका गोरखाका एक युवा भन्दै थिए, ‘होइन, यस्ता कुरा मिडियाले किन बाहिर ल्याउँदैन, यहाँ ब्याग खोलेर सामान निकाल्ने मान्छेलाई किन कारबाही हुँदैन?खै मलाई त लोडरदेखि हाकिमसम्म सबै मिलेका छन् जस्तो लाग्छ ।’ मिलेमतो भए पनि नभए पनि यसप्रकारको कार्यमा विमानस्थलका अधिकारीहरूले अब विशेष चासो राखी सामान चोरी गर्नेहरूमाथि कारबाही गर्नैपर्छ । नत्र धेरै नेपाली र विदेशीका लागि नेपालको एयरपोर्ट सुटकेसमा भएको सामान चोरी गर्ने थलोका रूपमा चिनिनेछ । यसप्रकारको कार्यले सम्बन्धित व्यक्ति र तिनका परिवारको आत्मा मात्रै रुवाउने छैन राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै नेपालको विमानस्थल बद्नाम पनि हुनेछ । जतिसुकै व्यस्त र भीडभाडपूर्ण भए पनि अन्य मुलुकका विमानास्थलहरूमा सुटकेसबाट सामान हराएको त्यति सुनिँदैन । यात्रा गर्दा कहिलेकाहीँ एकातिर पुग्नुपर्ने सुटकेस अर्कैतिर पुगेको र कहिले उस्तै-उस्तै रंग र आकारको व्यागका कारण एक-अर्कामा साटिने गरेका केही उदाहरणबाहेक हाम्रो विमानास्थलमा हुनेजस्ता कार्य प्रायः हुँदैनन् । लण्डनको ह्रि्रो, बैंककको सुवर्णभूमिजस्ता अत्यन्त व्यस्त विमानस्थलहरूमा कहिलेकाहीँ यात्रुको चापका कारण घन्टौं पछि अध्यागमन काटेर सामान लिनुपर्दा पनि सुटकेसहरू जस्ताका तस्तै भेटिन्छन् । यसप्रकारको निच कार्य देशको इज्जतसँग जोडिने हुँदा यस्ता विषयमा अधिकारीहरूले र्सतर्कता अपनाउनैपर्छ ।
अन्तर्राष्ट्रिय विमानस्थलमा खट्किने अर्को कुरा हो, हिन्दी टेलिभिजन च्यानलहरूको प्रसारण । हो, धेरै नेपालीले हिन्दी भाषा बुझ्ने भएका कारणले र हिन्दी सिनेमा विश्वमै चर्चित भएका कारणले हिन्दी सिनेमा, सिरियललगायतका कुराहरू घरघरमा बढो उत्साहका साथ हेरिन्छ । घर र विमानास्थल फरक कुरा हो, घरमा भएका क्रियाकलापले सम्बन्धित परिवारसँग मात्रै अर्थ राख्छ तर विमानास्थलमा हुने कुराले देशको प्रतिनिधित्व गरिरहेको हुन्छ । अन्तर्राष्ट्रिय विमानस्थलमा भएका टेलिभिजनमा प्रायः हिन्दी च्यानल नै लगाइएको देखिन्छ ता कि हामीकहाँ करिब एक दर्जन नेपाली च्यानल छन, तीमध्ये जुन लगाए पनि हुन्छ । एउटै लगाउनुपर्छ भन्ने छैन फेरी-फरी लगाए पनि हुन्छ । विदेश जाँदा एयरपोर्टमा बस्नुको अर्थ कतिका लागि किताब पढ्नु हुन्छ, देशमा हुँदा व्यस्तताले सधै लखेट्ने मानिसका लागि कहिलेकाहीं कामविशेषले बाहिर जान पाउनु भनेको एक-दुईवटा किताब पढिसक्नु पनि हो । तर, धेरै ठूलो सङ्ख्यामा रहेका यात्रीहरू एयरपोर्टमा टेलिभिजन हेरेर समय कटाउन चाहन्छन् । त्यस्ता मानिसका निम्ति व्यक्तिपिच्छेका फरक रुचिहरूलाई निश्चय नै सार्वजनिक स्थानमा पूरा गर्न सकिँदैन तर आफ्ना च्यानलहरूको प्रयोग गरेर आफ्नोपनको गौरवलाई पर््रवर्द्धन भने गर्न सकिन्छ । साथै अध्यागमनमा बस्ने कर्मचारीले वैदेशिक रोजगारमा जाने युवाहरूलाई गर्ने व्यवहार पनि राम्रो छैन । सबै कर्मचारी त्यस्ता नहोलान्, सधंै त्यस्तो व्यवहार पनि नहोला तर आफू बाहिर जाँदा या फर्किंदा प्रायः उनीहरूलाई राम्रो बोली वचन गरेको सुनिएको छैन । यता लाइन लाग्नुस्, उता जानुस् भन्दा पनि ठूलो स्वरले हकारपकार पार्ने -मानौं उनीहरूले ती कर्मचारीहरूको ठूलै काम बिगारिदिएका छन्), केही सोधिहाले भने त्यति पनि थाहा छैन?भन्ने । प्रत्येक दिन देश छोडेर विदेशिनेहरूको ताँती नितान्त आफ्नो रहरले लागेको होइन, स्वदेशमै सानोतिनो आम्दानीको उपाय हँुदो हो त उनीहरू घरपरिवारबाट टाढिएर उमेर कटाउनका लागि विदेश पलायन हुने थिएनन् । सरकारी कर्मचारीको काम आफूले पाएको उत्तरदायित्वलाई पूरा गर्नु हो न कि कसैलाई ह्युमिलेसन र कसैको अनावश्यक चाकरी । नजानेको कुराको जानकारी गराउनु ‘राष्ट्रसेवक’हरूको कर्तव्य पनि हो । त्यसैले वैदेशिक रोजगारका निम्ति जाने युवाहरूलाई मात्र नभएर त्रिभुवन विमानास्थल पुग्ने कुनै पनि यात्रुहरूलाई होच्याएर आफू अग्लिने कोसिस नगरेकै राम्रो ।

लधुकथा 
दशैं र अबोध फुच्चे : अबोध फुच्चेको के दोष ????  
 - छक्कु उदासी
  दशैं आउँने बेलाको मौसम साँच्चीकै रमाईलो हुन्छ । भौगोलिक हिसाबले पनि नेपालमा दशैं मान्नकै लागि प्रकृतिले सबै कुरा जुर्राई दिएको हो की जस्तो लाग्छ । तर.... तर.... त्यहिका धेरै जसो जनताका लागि प्रत्यक बर्षो दशैं, दशैं हैन दशा बन्ने गरेको छ । फुच्चे ! पोहर, प्राहार तिर त सानै भएकोले हामी गरिब छौ भन्ने थाहा पनि थिएन र उस्लाई के दशैं, के तिहार मतलब पनि थिएन । आमाको बुबुले अटम भर्दै आएको फुच्चेले यो पाली देखि त उसको आमालाई कल्पनै नगरेका प्रश्नहरु एक पछि अर्को गर्दै सोध्न थालेको छ । फ़ुच्चेले अरु सबै सोधे पनि हाम्रो बाबा खोई ? भनेर नसोधे हुदोहो भन्ने उसको आमालाई ठूलो जलतराश थियो अर्थात चिन्ता लागिरहेको थियो ।

सुख र खुसी कुन चराको नाम हो ? भन्ने थाहानै नभएको फुच्चेकी आमाले दशैं र तिहार त झन मान्नै बिर्सेकी थि । बिहान के खाउँ, बेलुकी के खाउँ भईरहने फुच्चेकी आमा साहुहरुको खेतबारीमा काम नजुरेको दिन त व्रत बसेर दिन काट्दै आएकी थि । अब त छोरोलाई पनि त्यो गुन्युको भोटो सानो हुदै आएको थियो । फुच्चेलाई गतिलो कमिज र जाँयको जोह गर्न नपाउँदै दशैं नजिकिएको मार फुच्चेकी आमालाई पर्नु परेको थियो ।

फुच्चे गर्बमा छ भन्ने थाहै नपाई बिदेश लागेका दिलको मालिक आज सम्म अत्तो पत्तो छैन । बिजातीसंग बिहे गरिस भनेर न माईतिले हेरे, न घरकाले स्वीकारे, न घरकी न घाटकी भएको बेला झन गाउँबाटै निकाला गरियो । गाउँ-गाउँ तिर डुल्दै जाँदा गाई भैसीको शरणमा एउटा साहुको गोठमा ओट लागेकी थि । एका तिर भुँडीमा पापको डाल्लो हुर्कदै थियो । छोरी जन्मियोस भन्ने कामना गर्दा गदै दुरभाग्य बस भैसी गोठमा छोरोको जन्म भयो । न्वारणनै नभएको छोरोको नाम वरपरका सबैले ए...फुच्चे भनेर बोलाउन थाले । आफु पनि छाती माथी ढुंगा राखी आफ्नो मुटुमा फलेको छोरालाई फुच्चे भनेर बोलाउन बाध्य हुन्थी ।

अब त फुच्चेले पनि दशैंको बेला अरुको आमाले घर, आगन र चौका सिंगार पटार गरेको देख्न थाल्यो । अरुको बाबाले भ्या....भ्या ...गर्दै खसी ल्याएको पनि सुन्यो । अनि त्यस्तै अरुको बाबा बिदेशबाट बाकस टल्काउदै चरप्पै चाचा, पापा ल्याएको बुझ्यो । उसका सबै दौंतारीहरले नयां-नयाँ लुगा लगाएको र मिठा-मिठा खाएको महसुस गर्न थाल्यो । त्यसैले होला अरुको लैलैमा फुच्चे पनि अन्यासै खुसी हुंदै थियो । अबश्य फुच्चेको अबोध मानस्पातल भरि अरुको घरमा जस्तै आफ्नो घरमा पनि धुमधामका साथ दशै भित्रिने आशा गरेको थियो । तर फुच्चेको आशा निराशामा परिणत हुंदै थियो । उस्को आमालाई प्रश्न माथी प्रश्न थुपार्दै थियो । गर्दा गर्दा उस्का अबोध धेरै जिज्ञासाहरु उस्को आमाको मौन र अमिलो अनुहार अनि बलिनधारा आँशुसंगै नाजवाफमै टुईन बाध्य भएको थियो । बिचरा ! अबोध फुच्चेको के दोष ???? 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक