20101105

भारतले भारतका माओवादीसँग सम्बन्ध राख्ने नेपालका माओवादी नेताको नामसमेत उल्लेख गरि सैन्य तथा वैचारिक प्रशिक्षण दिएको जनाउँदै कारबाहीका लागि नेपाल सरकारलाई पत्राचार

उपराष्ट्रपति परमानन्द झाले संविधान सभाका २७ दलले लिखितरुपमा आग्रह गरे राष्ट्रपति सक्रिय हुनसक्ने बताए !
भारतले नेपालका माओवादीले भारतीय माओवादीलाई सैन्य तथा वैचारिक प्रशिक्षण दिएको जनाउँदै कारबाहीका लागि नेपाल सरकारलाई पत्राचार गरेको छ ।नेपालस्थित भारतीय दूतावासले गत कात्तिक ८ गते परराष्ट्र मन्त्रालयलाई 'गोप्य' पत्र पठाई त्यस्तो आग्रह गरेको हो । प्रशिक्षणमा उच्च तहका माओवादी नेताको समेत संलग्नता रहेको उल्लेख गर्दै पत्रमा उनीहरूको नामै तोकेर कारबाहीको आग्रह गरिएको छ । भारतीय दूतावासबाट पत्र आएको पुष्टि गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले भनिन्, 'हो, पत्र आएको छ ।' तर उनले त्यसबारे विस्तृत खुलाउन चाहिनन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंहले गत वैशाख ८ गते भारतको सबैभन्दा ठूलो सुरक्षा चुनौती भारतीय 'माओवादी' भएको सार्वजनिक अभिव्यक्ति दिए पनि नेपाल...
भ्रमणमा रहेका उच्च भारतीय अधिकारीहरूले नेपालका माओवादीसँग उनीहरूको सम्बन्ध रहेको औपचारिक रूपमा अस्वीकार गर्दै आएका थिए । भारतले यसरी पत्राचार गरी नेपाल र भारतका माओवादीबीच सम्बन्ध रहेको पहिलो पटक जनाएको हो । भारतीय जासुसी निकायले यसअघि पनि भारत र नेपालका माओवादीबीच सम्बन्ध रहेको प्रतिवेदन तयार पारेको सार्वजनिक भएको थियो ।हालै सम्पन्न सांघाई एक्स्पो समापन समारोहको भ्रमण क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'तीन देश (नेपाल, भारत र चीन) बीच रणनीतिक समझदारी' चाहिने बताउँदै त्यसका लागि 'भारतसँग छलफल गर्न' चिनियाँ उच्च अधिकारीलाई आग्रह गरेको तेस्रो दिन भारतले उक्त पत्राचार गरेको हो । 'भारतसँग सम्बन्ध सुधार्न' चिनियाँ सुझाव लिएर फर्किनासाथ माओवादी अध्यक्ष दाहालले 'आपसी असमझदारी हटाउन भारत भ्रमण' गर्ने अभिव्यक्ति दिएका थिए । गत असोज २० गते सोलुखुम्बु पुगेका राजदूत सूदमाथि माओवादी कार्यकर्ताले जुत्ता प्रहार गरेपछि भारत आक्रोशित छ । कात्तिक १० गते उपप्रधानमन्त्री कोइरालासँग भएको भेटमा भारतीय राजदूत राकेश सूदले उक्त पत्रबारे कुरा उठाएको परराष्ट्र स्रोतले जनायो । 'पत्रमा भारतका माओवादीसँग सम्बन्ध राख्ने माओवादी नेताको नामसमेत उल्लेख गरिएको छ,' स्रोतले भन्यो, 'त्यसमा माओवादीका उच्च तहका समेत धेरै नेताका नाम छन् ।'
पत्रमा माओवादीले भारतीय माओवादीलाई प्रशिक्षण दिएको उल्लेख छ । 'दुई महिनायता भारतीय माओवादीलाई दाङ, नवलपरासी, मकवानपुर, उदयपुरलगायत क्षेत्रमा नेपाली माओवादीले वैचारिक र सैन्य प्रशिक्षण दिएको उल्लेख छ,' स्रोतले भन्यो, 'पत्रमा प्रशिक्षण दिएको मिति र प्रशिक्षण लिनेको संख्यासमेत राखिएको छ ।'


उपराष्ट्रपति परमानन्द झाले संविधान सभाका २७ दलले लिखितरुपमा आग्रह गरे राष्ट्रपति सक्रिय हुनसक्ने बताएका छन् । उनले प्रधानमन्त्री एक्लैले मात्र चाहँदैमा राष्ट्रपति सक्रिय हुन नसक्ने बताए । देउसी भैलो खेल्न शुक्रबार उपराष्ट्रपतिको गौरीघाटस्थित निवासमा पुगेको रिपोर्टर्स क्लबको टोलीसँग उपराष्ट्रपति झाले दलहरुवीच सहमति भए राष्ट्रपति शासनको आवश्यकता नभएको बताए । 'सहमतिले संविधान बन्छ भने राष्ट्रपति शासनको आवश्कता पर्दैन,' उनले भने.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक