"गुनासो गर्नु होला सुधार हुन्छ , सुझाव दिनुहोला मनन गर्छौ " -राजदूत डा. शंकर शर्मा
पिया रबिन -अस्टिन टेक्सास
टेक्सासको राजधानी अस्टिनमा नेपालीहरूबीच भेटघाट कार्यक्रममा अमेरिकाको लागि नेपाली राजदूत डा ़ शंकर शर्माले हेम सरिता पाठक प्रतिष्ठानले गरेको भेटघाट कार्यक्रममा "गुनासो गर्नु होला सुधार हुन्छ , सुझाव दिनुहोला मनन गर्छौ " भन्नु भयो ।
वहाँले उपस्थित नेपालीहरूलाई "म यहाँ तपाईंहरूको गुनासो र सुझावहरू सुन्न पनि आएको हुँ भन्नु भयो ।
हालै नेपालमा " हेम सरिता पाठक प्रतिष्ठान"ले गरेको भष्ट्ाचार विरूद्ध अभियानको सर्हाना पनि गर्नु भयो । सोही अवसरमा संस्थाकाे भष्ट्ाचार विरूध्द अभियानको गीति एल्बम भाग एक र भाग दुई सिडीको पनि विमोचन गर्नुभयो ।
संस्थापक हेम पाठकले "राजदूत डा ़शंकर शर्मा अहिले सम्म हामीले बुझेको यो तह सम्मको ब्यक्ति अत्यन्त राम्रो, अत्यन्त निस्कलंकित र अत्यन्त क्षमतावान ब्यक्ति हुनुहुन्छ , वहाँलाई हामीले स्वागत गर्न पाउँदा खुशी लागेको र संस्थाले गरेको भष्ट्ाचार विरूध्द अभियानले दुई फड्को मारीसकेको पनि बताउनुभयो ।
अध्यक्ष तथा सभापति जेनी पाठकले "महामहिम राजदूत डा ़ शंकर शर्मा ज्यूले नेपाल र नेपालीहरूलाई अमेरिकामा नेत्ृत्व गर्दै आउनुभएको र संस्थाको कार्यक्रममा सरिक भईदिनुभएकोमा संस्था र अस्टिनवासी नेपालीहरूको तर्फबाट धन्यबाद ब्यक्त गरे ।
सोही क्रममा अतिथि डा ़कमल अधिकारी ईन्जिनीयर चन्द्र शेखर यादव र सल्लाहकार डा ़ नविन दाहालले आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।
अस्टिनवासीको तर्फबाट समाज सेवी तथा व्यवसायी जलेश्वर श्रेष्ठले टेक्सासमा नेपालीहरू धेरै भएको हुनाले हामीलाई यहाँ एउटा सरकारी निकाय महावाणिज्य दूतावासको आवश्यक भएको र यहाँ अस्टिनमा पनि दूतावास भईदिए यहाँ रहेका नेपालीहरूले आफ्नो देशको सेवा गर्न र सम्पूर्ण नेपालीहरूलाई पनि सजिलो हुने हुँदा यहाँको लागि एउटा सरकारी निकाय पहल गरिदिनुहुन अनुरोध गरेका थिए ।
कार्यक्रमको अन्त्यमा कार्टूनिष्ट तथा फोटो पत्रकार रबिन पियाले ग्राफ़िक डिजाईनबाट तयार पारिएका सामाग्रीहरू राजदूत डा ़शंकर शर्मालाई आफू र अस्टिनका नेपालीहरूको तर्फबाट उपहार दिईएको थियो भने कार्यक्रमको संचालन तथा उद्घोषण मदन सिवाकोटीले गर्नु भएको थियो ।
सन्नी सगरमाथा को नया बर्षको बनभोज भव्यरुपमा सम्पन्न
- ध्रुव
थापा
सन्नी सगरमाथा समाजले हरेक बर्ष
मनाउदै आएको नेपाली नया बर्षको बनभोज कार्यक्रम यस बर्ष पनि यहि अप्रिल
१४ तारिक आईतबारका दिन नेपाली नयाँ बर्ष २०७० को उपलक्ष्यमा झन्डै ७०० जना
नेपाली तथा बिदेसीहरुको उत्साहाजनक उपस्थितीका साथ संपन्न गर्यो । नेपाली
नया बर्षको सुभकामना आदान प्रदान गर्न भेला भएका नेपाली समुदायमा
संनिभेल्का मेयर टोनीको उपस्थितिले अझै संस्थालाई केहि गर्ने हौसलार र
उर्जा प्रदान गरेको थियो ।
उक्त बनभोज कार्यक्रममा बे-एरियाको सेरोफेरोमा रहेका बिभिन्न शहरबाट
उल्लेखनीय सहभागीता रहेको थियो भने प्राय यस क्षेत्रका सबै संघ संस्थाका
प्रतिनिधिहरु लगयात सर्ब साधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रम
संयोजक राज कृष्ण गौतमसित कार्यक्रमको बारेमा कुरा गर्दा सोचेको भन्दा
बढी पाहुनाहरुको उपस्थीतीका कारण हामीले उचित आतिथ्यता र राम्रो खानपिनको
ब्य्बस्था गर्न सकेनौं कि भन्ने लागेको जानकारी गराएका थिए , साथै यदी
यहाँहरु कसैलाई हामीले गुणस्तरीय सेवा दिन नसकी मन दु:खाएका रहेछौं भने
क्षमा गर्नु होला।जानी नजानी यस पटक भएका वा गरिएका गल्ती र कमिकमजोरी बाट
पाठ सिकेर भबिस्यमा पुन: त्यही गल्ती नदोहोर्याउने प्रण गर्दछौ भन्दै
सबैको सहयोग र आत्मियताका कारण नै यो बनभोज सफल भएको जानकारी गराएका थिए ।
त्यसै गरि संस्थाका अध्यक्ष हरिहर दाहालले घर घरबाट स्वादिस्ठ खाना
बनाएर ल्याउने सबै पारखी/मनकारी दिदीबहिनीहरु र पूर्ण सेर्पाजि प्रती आभारी
रहेको र खसी काटकुट गर्न र बनभोजको पूर्व तयारीका लागि आफ्नो घर खोली दिनु
हुने शंकर खड्काजिलाई धेरै धन्यवाद दिएकाछन साथै धेरै दिदी बहिनिहरुले
आफुले खाना पकाउन नपाएकोमा गुनासो गर्नु भो,यहाँहरुलाई समाजको अर्को
कार्यक्रममा अनुरोध गर्ने छौं भनि जानकारी गराएका छन् ।
सन्नी सगरमाथा समाजले बनभोजमा स्वादिस्ट छ्याङ बनाएर निशुल्क उपलब्ध
गराउनु हुने चुंण्डी सेर्पा र भाउजुलाई बिसेष धन्यवाद दिदै एउटा प्रेस
बिज्ञप्ति समेत जारि गरेको छ जसमा बनभोजमा भएका गतिबिधीको फोटो खिचेर
सहयोग गर्ने पुनम बाँस्कोटा जिलाई ,मिठामिठा गीत बजाएर बनभोजलाई संगितमय
बनाईदिनु हुने डि. जे. लाक्पा सेर्पा जिलाई फेसपेन्टिङ,खेलकुद र राफलको
जिम्मेबारी लिने सबै स्वयंसेबकहरुलाई , बनभोजको प्रचार प्रसार गर्न सहयोग
गर्ने स्थानिय अनलाईन पत्रीका जनपुकार डट कम र हाम्रोसमाज डट नेट लाई र
बे-एरियामा कृयासिल सामाजिक संघ सस्थाका पदाधिकारी र सदस्यहरु जो जो
बनभोजमा उपस्थित भएर वहाहरुलाई प्रोत्सहित गर्नु भो,यहाँहरु सबैलाई
धन्यवाद ज्ञापन गरिएको छ ।
उक्त बिज्ञप्तिमा बनभोजका संयोजक राज कृष्ण गौतम र सदस्यहरु मिना
श्रेष्ठ,रबी अधिकारि, कमला भट्टराई,पूर्ण शेर्पा,भक्तराज बस्नेत,रामचन्द्र
भट्टराई,नारायण खनाल लगायत असंख्य सहयोगी हातहरु जजस्ले जहाँजहाँ बाट जेजे
गरेर बनभोज संपन्न गर्न हृदय खोल्नु भो,यहहरु सबैलाई हामी सलाम गर्दछौ
भनिएको छ ।
संस्थाका पुर्व अध्यक्ष इस्वर सापकोटाले "बनभोजमा सन्निभेलका मेयर
टोनीको उपस्थिती हुनु र उक्त अबसरमा उहाँले नेपाली समाजको पहिचान र
अस्तित्वका सबालमा दिनु भएको आश्वासनले हामी उत्साहित भएको अभिव्यक्ति देदै
वहालाई मायाको चिनो सहित ढाका टोपी र खादा पहिराएर स्वागत समेत गरिएको
थियो , जसमा संस्थाका पदाधिकारी लगायत उपस्थित नेपाली समुदायका
प्रतिनिधिहरुले समेत खादा, माला लगाउदै वहा सित फोटो खिच्न र भाला कुसारी
गर्न निक्कै उत्साहित देखिएको थियो भने हाम्रो समाज.नेट को तर्फबाट मेयर
सीतको छोटो कुराकानीमा वहाले नेपाली समुदाय यहाँ एति धेरै रहेकोमा खुसि
ब्यक्त गर्दै आउदो दिनहरुमा हाम्रो तर्फबाट के कस्तो सहयोग गर्न सक्छौ यसको
बारेमा संस्थासित क्षलफल गर्ने जानकारी समेत गरेका थिए । नेपाल, नेपाली
खाना र नेपाली संस्कृति प्रति चासो राख्दै आउदो दिनहरुमा अझ नजिक बाट
नेपाली समुदायलाई जान्ने, बुझ्ने प्रयत्न गर्ने जानकारी गराउनु भएको थियो
।
त्यसै गरि उपस्थित नेपाली समुदायका प्रतिनिधि लगायत समाज सेवी
व्यक्तिहरुसित कार्यक्रमको बारेमा प्रश्न गर्दा , प्राय धेरैले सन्नी
सगरमाथाको आयोजनामा हुने यस नया बर्षको कार्यक्रममा हरेक बर्ष आफु आएको र
हरेक बर्ष यस कार्यक्रम को लोकप्रियता र जन सहभागिता बढेको जानकारी गराएका
थिए भने धेरैले यो कार्यक्रम सफल हुनुमा समाजका सक्रिय सदस्यको योगदान र
मेल मिलाप हो भनेका थिए त्यसै गरि केहिले भने यस्तै एक जुट भएर गर्ने जन
सहभागिता हुदो हो त बे एरियामा हरेक कार्य सहज र सफल हुने कुरामा जोड दिएका
थिए , समग्रमा भन्नु पर्दा कार्यक्रम पूर्ण सफल र भब्य भएको धेरैले
स्विकारेका छन् जुन संस्थाको लागि राम्रो पक्ष हो , अब आउदो दिनमा अझै धेरै
सहभागिता हुने कुरामा जोड दिदै केहि ले अझ चुनौती र धेरै खान पानको
व्यवस्था गर्नु पर्ने सम्भावना बढ्ने जानकारी समेत दिएका थिए ,त्यसको
बारेमा जिज्ञासा राख्दा संस्थाका सदस्य लगायत स्वम सेवकहरुले "हामी
यस्तो चुनौतीलाई सहज रुपमा स्विकार्ने "- अठोट ब्यक्त गरेका थिए किनभने
सन्नी सगरमाथा समाज का हरेक सदस्य "हामी" भएर हुर्कन चाहन्छन , कही कतै
हामी बाट "म" र "मेरो" को संकिर्णता हामीमा छैन र रहने छैन भनेका थिए ।
बिबिध मनोरंजनात्मक कार्यक्रमका साथ नेपाली परिकार र खसीको सेकुवा र
बियरको चुस्की लिदै धेरैले धिक मरुन्जेल नाचेका थिए भने कोहि नेपाल र
नेपालको परिस्थिको बारेमा चौरमा बसेर गफ हाकी रहेका थिए , सबै सँस्थाका
सदस्यहरु भने हरेक आगन्तुक अथितिसित नया बर्षको सुभकामना ब्यक्त गर्दै थिए
भने प्रिस्किला दाहाल भने दिन भरिने उपस्थित महानुभावहरुको निधारमा र
गालामा नेपालको झण्डा अंकित गर्न व्यस्त रहेको र सबैले उत्सुकता र गर्बका
साथ नेपाल को झण्डा गलामा अंकित गराई रमाई रहेका थिए ,
कार्यक्रममा निकै हर्षका साथ नाची रहेका न्यान्स का अध्यक्ष उत्तम
कार्कीले आउदो सप्ताह अप्रिल २९ मा हुने न्यांसको बनभोजमा सबैलाई निम्तो
दिदै आउन अनुरोध गर्दै , नया बर्षको सुभकामना व्यक्त गरिरहेका थिए ।
कार्यक्रममा संस्था र नेपाली समुदायको तर्फबाट सबैलाई नया बर्ष को हार्दिक शुभकामना!मंगलमय कामना !
शिव बिस्ट, नर्थ क्यारोलिना - अमेरिकाको नर्थ क्यारोलिना राज्यको हाई प्वाईन्ट र ग्रीन्स्बोरो वरिपरी बस्दै आईरहेका नेपालीहरुले विविध कार्यक्रम गरेर नव बर्ष २०७० लाई भब्य संग स्वागत गरेका छन् । स्थानीय नेपाली संस्था TNCC को आयोजनामा "पिकनिक तथा साधारण सभा" कार्यक्रमको पहिलो चरणमा संस्थाको साधारण सभा सम्पन्न गरिएको
थियो ।
संस्थाका अध्यक्ष बसन्त खड्काको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बिशेष अतिथी वरिष्ठ बातावरण पत्रकार/व्यवसायी एवं नेपाल अमेरिका
उधोग बाणिज्य संघका कार्यबाहक सभापति सानुबाबु सिलवालले निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा नयाँबर्षको शुभकामना दिनु हुदै बिदेशमा रहेर पनि नेपाली भाषा र संस्कृतिको प्रबर्धनमा
नेपालीहरु एकजुट भएकोमा खुशी ब्यक्त गर्नु भयो । उहाँले निकट भबिस्यमा TNCC ले गर्ने कुनै पनि सृजनात्मक क्रियाकलापमा आफ्नो र संस्थाको तर्फबाट सक्दो सहयोग हुने विश्वास दिलाउनु भयो । सो कार्यक्रममा सिलवालले आर्थिक उन्नतिका लागि अमेरिकामा
प्रशस्त सम्भावना र चुनौतीहरु रहेकोले एक भएर अगाडी बढेमा मात्र सफल हुन सकिने धारणा ब्यक्त गर्नु भएको थियो । सो कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका सचिव एवं नेपाल अमेरिका प्रेस क्लबका अध्यक्ष शिव बिष्टले नव बर्ष २०७० को शुभकामना तथा नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको कामना ब्यक्त गर्दै सामुहिक पवित्र भावनाले
मात्रै समुन्नत समाजको परिकल्पना गर्न सकिने कुरा बताउनु भएको थियो । नेपालीहरु विदेशमा जहाँ रहे पनि नेपाली भाषा, कला र सस्कृतिको प्रबर्धनमा लागि परेको कुरा बताउदै नेपाली संचार माध्यम र संचारकर्मीहरुको भूमिका गहन हुने धारणा ब्यक्त गर्नु भयो ।
संस्थाको विधान अनुसार आगामी दुई बर्षे कार्यकालका लागि नारायण खड्काको नेतृत्वमा ११सदस्यीय नयाँ कार्यकारी समिति निर्विरोध चयन भएको थियो । निर्बिरोध निर्वाचित अन्य
पदाधिकारीहरुमा क्रमस: उपाध्यक्षमा दिल बहादुर क्षेत्री, महासचिव प्रशिम पौडेल, सह-सचिव अनुपा कोइराला, कोषाध्यक्ष रामजी कोइराला र सदस्यहरुमा मनोज झा, रोशन भण्डारी, महेन्द्र थापा, रितेश पौडेल र बिशाल भारती रहनु भएको छ । निर्वाचित सम्पूर्ण पदाधिकारी हरुलाई निर्वाचन समितिका संयोजक डा. रामचन्द्र बरालले प्रमाण-पत्र वितरण गर्नु भएको थियो भने समितिकै सचिव डा. राजन धैाभडेलले निर्बिरोध निर्वाचित पदाधिकारीहरुको
नाम घोषणा गर्नु भएको थियो ।
सोहि कार्यक्रममा निकट भबिस्यमा स्थापना गर्न लागिएको सामुदायीक भवन निर्माण का लागि विभिन्न क्षेत्रमा क्रियाशील महानुभावहरुले करिब
२५ हजार डलर भन्दा बढी सहयोग चन्दा स्वरुप दिने वाचा ब्यक्त गरेका
छन् । संस्थाका निबर्तमान सभापति बसन्त खड्काले आफ्नो तर्फबाट एक हजार डलर दिने घोषणा गरे लगतै अन्य करिब चालिस जना व्यक्तिहरुले आ-आफ्नो तर्फबाट रकम उपलब्ध गराउने बाचा गरेका थिए भने केहि व्यक्तिहरुले पारिवारिक सल्लाह गरेर पछि दिने घोषणा गरेका थिए । संस्थाका नव निर्वाचित अध्यक्ष नारायण खड्काले उपस्थित सबैलाई सहयोग र समझादरिताको
लागि धन्यवाद ज्ञापन गर्दै सबैको साथ र सहयोगको आशा ब्यक्त गर्नु भएको थियो । नरेश थपलिया ले संचालन गर्नु भएको सो कार्यक्रममा सहभागी हुन मोर्गन्तोनबाट पत्रकार निल खड्का लगाएतका महानुभाबहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको दोस्रो चरणमा नेपाली स्वादिस्ट खानाका परिकारहरु सहितको खानपिन तथा विविध सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएको थियो ।
बाल्टिमोर एशोसियसन अफ नेपलिज इन
अमेरिका (बाना) को आन्तरिक मतभेद
बाल्टिमोर,अमेरिका। यहाँ रहेका नेपालीहरुको साझा संस्था बाल्टिमोर एशोसियसन अफ नेपलिज इन
अमेरिका (बाना) को आन्तरिक मतभेद र अन्यौल बढ्दै गएको छ । बाल्टिमोरमा
क्रियाशील अन्य स्थानीय नेपाली संघ,संस्थाले हालै एक बैठक गरी मार्च २४ मा
भएको भनिएको निर्वाचनबाट आएको नेतृत्वले सिंगो समाजको प्रतिनिधित्व गर्न
नसक्ने भन्दै यसलाई कुनै सामाजिक र नैतिक मान्यता समेत प्रदान गर्न नसक्ने
निर्णय गरेका छन् । उनीहरुले बानाका सबै पूर्व अध्यक्षहरुलाई एक सामुहिक
पत्र लेख्दै सबैलाई एकै ठाउँमा अटाउने र असहमतिका विषयहरुलाई खुला छलफल गरी
गहिरिदैं गएको संकट र अन्यौलमा परेको बानाको भविश्य सुरक्षित गर्न आग्रह
समेत गरेका छन् ।
मार्च
२४ मा भएको भनिएको निर्वाचनप्रति आफूहरुको कुनै सहमति नरहेको भन्दै
स्थानीय कास्की समाजका अध्यक्ष नारायण थापाको पहलमा बसेको विभिन्न
संघ,संस्थाको संयुक्त बैठकले गरेको निर्णयको प्रतिलिपि समावेश गरेर बानाका
पूर्व अध्यक्षहरुलाई बुझाईएको छ । पूर्व अध्यक्षहरुलाई बुझाइएको पत्रसहितको
स्थानीय संघ,संस्थाको बैठकले गरेको निर्णयको प्रतिलिपि ग्लोब नेपाल डट
कमलाई प्राप्त भएको छ । यससम्बन्धी सम्पूर्ण पत्रको पूर्ण व्यहोरा यहाँ
प्रकाशित गरिएको छ ।
मिति : अप्रिल ५,२०१३
श्री मोहन थापा (संस्थापक अध्यक्ष,बाना २००४–२००७)
श्री कृष घिमिरे (पूर्व अध्यक्ष, बाना २००७–२००९)
श्रीमती रबिना थापा (पूर्व अध्यक्ष, बाना २००९–२०११)
विषय ः बानाको गरिमा र एकताका सम्बन्धमा ।
बाल्टिमोर
आसपास रहेका सम्पूर्ण नेपालीहरुको साझा संगठन बाल्टिमोर एशोसियसन अफ
नेपलिज इन अमेरिका (बाना) को विगतमा नेतृत्व प्रदान गरेर सामाजिक हितका
लागि यहाँहरुले पुर्याउनु भएको योगदानको हामी सह्राहना गर्दछौं । यस्तो
गरिमामय संस्था बानाले आज सिंगो नेपाली समाजको प्रतिनिधित्व गर्न नसकिरहेको
तथ्य घाम जत्तिकै छर्लंग छ । बानाको भविश्य र नेपालीहरुको भावनाप्रति हामी
सबैको चिन्ता र चासो रहेको छ । तसर्थ अहिलेको संकट निकास र बानाको
भविश्यका लागि तपाईंहरुको अगुवाईमा निश्चित र फलदायी प्रयत्न हुनेछ भन्ने
विश्वासका साथ हामी बाल्टिमोरमा रहेका स्थानीय संघ,संगठनको तर्फबाट आवश्यक
पहलकदमी लिईदिनुहुन तपार्ईहरुसमक्ष अनुरोध गर्दछौं ।
बानाको
निरन्तरता र नेपालीहरुको एकता तथा यस क्षेत्रस्थित सबै नेपालीहरुलाई एकै
संगठनमा अटाउन सक्ने बानाको हैसियत हुनुपर्नेमा विगत केही समय यतादेखि
भईरहेका गतिविधिले यस्तो हुन नसकिरहेको तथ्य पनि प्रष्ट नै छ । हामी तपसिल
बमोजिमका संघ,संस्थासहित बानाका अधिकांश सदस्यहरु र बाल्टिमोरको बहुमत
नेपाली समुदाय सहभागी नभएको हालैको निर्वाचनको सामाजिक तथा नैतिक हैसियत र
वैधानिकता कसरी कायम रहला ? बाल्टिमोरस्थित नेपाली समाजका अधिकाँश समुदाय र
सदस्यहरु सहभागी हुन नपाएको नेतृत्वले सम्पूर्ण बाल्टिमोरवासी समुदायको
प्रतिनिधित्व गर्न नसक्ने तथ्यका बारे तपाईंहरु पनि अनभिज्ञ हुनुहुन्न होला
भन्ने हामीलाई विश्वास छ ।
यस्तो
परिस्थितिमा यही मार्च ३१ तारिख आइतवार कास्की समाजको पहलमा बसेको
बाल्टिमोरका स्थानीय संघ,संगठनका प्रतिनिधिहरुको बैठकले गरेको बाना
सम्बन्धी सामुदायिक छलफल र निर्णयको प्रतिलिपि यसै पत्रसाथ संलग्न गर्दै
यसबारेमा तपाईंहरुले आवश्यक पहल गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।
हाम्रो सामुहिक बैठकले गरेको निर्णय जानकारीका लागि यहाँ प्रस्तुत गरेका
छौं ।
निर्णय नम्वर १. बानाको अटुट निरन्तरता र नेपालीहरुको एकताका लागि बानाका पूर्व अध्यक्षहरुलाई आवश्यक पहल गर्न अनुरोध गर्ने ।
निर्णय
नम्वर २. बाल्टिमोरस्थित सबै संघ,संस्थाको तर्फबाट पहल गरी समस्या
समाधानको लागि सबैलाई एकै ठाउँमा ल्याउने प्रयास गर्ने । (विस्तृत निर्णय र
उपस्थिति यसैसाथ संलग्न छ ।)
आशा छ,बानाको भविश्यका लागि तपाईंहरुले यथाशीघ्र पहल गर्नुहुनेछ ।
धन्यवाद ,
स्थानीय संघ,संस्थाको तर्फबाट
नारायण थापा
अध्यक्ष,कास्की समाज
(संस्थापक आजीवन सदस्य,बाना)
यसैबीच
केही दिन पहिले बानाका पूर्व अध्यक्ष कृष घिमिरेमार्फत् आफूले उक्त पत्र र
निर्णयको प्रतिलिपि तीनै पूर्व अध्यक्षहरुलाई बुझाएपछि उहाँहरुले गर्ने
पहल र आफूहरुको पत्राचारको प्रत्युत्तर पर्खेर बसिरहेको जानकारी कास्की
समाजका अध्यक्ष नारायण थापाले दिनुभएको छ । उहाँले भन्नुभयो, यस पटक भएको
भनिएको निर्वाचनको कुनै औचित्य नरहेकोले त्यस्तो औचित्यहीन निर्वाचनबाट
आएको भनिएको एक समूहको नेतृत्वलाई सम्पूर्ण समाजको प्रतिनिधित्व गर्ने
अर्थमा हामी कुनै सामाजिक र वैधानिक मान्यता दिन सक्दैनौं । तसर्थ अब पूर्व
अध्यक्षहरु अघि सरेर हाम्रो आग्रहको सुनुवाई गर्दै आवश्यक पहल गर्छन् भने
हामी त्यस्तो पहलको स्वागत गर्छौं अन्यथा हामी स्थानीय संघ,संगठनहरुले नै
अर्को कदम चाल्नुपर्ने परिस्थिति समेत उत्पन्न हुनसक्छ । अहिलेको नेतृत्वले
कुनै हालतमा पनि वैधानिकता पाउने आधार छैन भन्ने कुरा सबैले बुझ्नु जरुरी छ
।
यसैबीच स्थानीय
संघ,संस्थाको निर्णयको प्रतिलिपिसहितको पत्रलाई आफूहरुले गम्भीर रुपमा
लिएको भन्दै सोही पत्र बुझेका बानाका पूर्व अध्यक्ष कृष घिमिरेले यस बारेमा
अन्य दुई पूर्व अध्यक्ष मोहन थापा र रबिना थापासँग छलफल भईरहेको र चाँडै
आफूहरुले ठोेस पहल गर्ने ग्लोब नेपाल डट कमलाई जानकारी दिनुभएको छ । यसैगरी
अर्का अध्यक्ष रबिना थापाले पनि आपसमा छलफल भईरहेको जानकारी दिंदै कसरी
मिलाएर लान सकिन्छ भन्ने बारेमा चाँडै कुनै निर्णय गरिने जानकारी दिनुभयो ।
यसरी
सामुहिक बैठक गरी बानाको वर्तमान नेतृत्व समूहप्रति असहमति जनाउँदै पूर्व
अध्यक्षहरुलाई निकासका लागि पहल गर्न आग्रह गर्ने बाल्टिमोरका स्थानीय
संघ,संस्थाहरुमा कास्की समाज, नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड
च्याप्टर,म्याग्दी समाज,पर्वत मोदी काली समाज,नासो कम्युनिटी,ग्रेटर
वासिड.टन तमु समाजलगायतका संघ,संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु सहभागी
थिए भने गेल्सा र नेपाल अमेरिका पब्लिक अफेयर्स काउन्सिलले पनि यी
संघ,संस्थाहरुको निर्णयप्रति ऐक्यवद्धता जनाएका छन् ।
यसैबीच
मार्च २४ मा भएको भनिएको निर्वाचनको प्रक्रियाप्रति असहमति जनाउँदै त्यही
नेतृत्वबाट निर्वाचित भएका भनिएका केही पदाधिकारीहरुले पनि सिंगो समाज
एकातिर भएको अवस्थामा आफूहरु बानाको एउटा समूहभित्र रहिरहनु नैतिकरुपमा पनि
औचित्य नरहने भन्दै कुनै पनि बैठक एवं कार्यक्रमहरुमा सहभागी नहुने जनाएका
छन् । यसबारेमा आफूहरुले चाँडै एक सार्वजनिक अपिल समेत प्रकाशित गर्ने
तयारी गरिरहेको पनि उनीहरुले जनाएका छन् । 'बहुमत सदस्य सहभागी नभएको र
स्थानीय संघ,संस्था सबैले कुनै सामाजिक मान्यता दिन नसक्ने भन्दै पूर्ण
असहयोगको घोषणा गरिसकेपछि त्यहाँ बसिरहनुको के औचित्य रहला र ?' विज्ञप्ती
सार्वजनिक गर्ने तयारीमा रहेका एक पदाधिकारीले ग्लोब नेपाल डट कम
प्रतिनिधिसँग उल्टो प्रतिप्रश्न गर्दै भने ।






This comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDeletedami and nice
ReplyDelete