20101123

ल हेर्नुस् प्रचण्डको बिस्तारित बैठकलाई सम्बोधन, अब माओवादीले भारतसँग युद्ध गर्ने रे, भारतका माओवादीसँग एकता गर्नुपर्ने धारणा, माओवादी कुबुद्धीले नेपाली ले अझै दु:ख पाउनु पर्ने निस्चित

प्रचण्डको निर्देशनमा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन), सरकार र अन्य दलहरुको विरोधका बाबजुद पनि बिस्तारित बैठकमा लडाकु सहभागी हुन गएको खुलासा !
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तारित बैठकबाट भारतसँग हुनसक्ने सम्भावित 'राष्ट्रिय युद्ध' को तयारीका लागि विस्तृत कार्ययोजना ल्याउनुपर्ने प्रस्ताव गरेका छन्। पालुङटारमा चलिरहेको छैटौं विस्तारित बैठकको बन्दसत्रमा बोल्दै दाहालले राष्ट्रिय स्वाधिनतालाई केन्द्रमा राखेर आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्। विस्तारित बैठकमा.....
माओवादी उपाध्यक्ष द्वय बाबुराम भट्टराई र मोहन वैद्यको फरक मतलाई सम्बोधन गर्नेक्रममा उनले भारत नै प्रधान शत्रु' भएको किटानीसमेत गरे। अन्तराष्ट्रिय जनमत तयार गर्दै भारतले माओवादी पार्टी र क्रान्तिलाई सिध्याउने योजना बुनिरहेको दाहालले आरोप लगाए। 'राजतन्तको अन्त्यसँगै प्रधानअन्तरविरोधको रुप फेरिएको छ। सम्पन दलाल, नोकरशाही र भारतीय विस्तारवाद नै हाम्रो मुख्य शस्त्रु हुन्,' दाहालले भने, 'अब राष्ट्रिय युद्ध तयारी गर्दै जनविद्रोहमा जानुपर्छ। यो भेलाले राष्ट्रिय प्रतिरोध गर्न सक्ने आन्दोलनको योजना बनाउनुपर्छ।'
अमेरिकामा ३० बर्षमा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक, यो बेला घर किन्ने बेला हो, तपाईंले पनि बिचार गर्ने कि
 अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.25 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? -
Call : Ram Prasad Khanal - Realtor®, Long and Foster
Cell - 703-419-0924, Email : rampdkhanal@gmail.com
Note : This Advertisement is only for those people who live and work in USA
माओवादी शान्तिप्रक्रियामा आइसकेपछि भारतको सत्ता पक्षबाट अनेक षड्यन्त्र रचिएको रहस्य पाँच हजार कार्यकर्तामाझ उनले खोले। 'रौतहट हत्याकाण्डमा भारतकै मान्छेहरु आइ गोली चलाएका हुन्, यो कुरा उपेन्द्र यादवले पनि मलाई भन्नुभएको थियो', दाहालले अगाडि भने, 'रुकमांगत कटुवाल कारबाही भारतकै कारण भएको हो, कांग्रेस-एमालेका कारण होइन।'

अहिलेको सरकार गठन प्रक्रिया पनि भारतकै कारण अवरुद्ध भएको दाहालको दाबी छ। 'अमेरिकी राष्ट्रपतिले भारत भ्रमण गर्नु दुई साताअघि मात्र भारतले हामीले क्यान्टोनमेन्टमा भारतीय माओवादीलाई तालिम दिएको आरोप लगायो,' उनले भने, 'त्यतिमात्र नभइ हामीलाई लस्कर ए तोइबाजस्ता आंतकवादी संगठनसँग जोडेर अन्तर्राष्ट्रिय जगतबाट एक्ल्याई सिध्याउने रणनीतिमा भारत छ, यसबारे हामी सचेत हुनुपर्छ।'

दाहालले मंगलबार राखेको अढाई घण्टा लामो मन्तब्यमा 'प्रधान शत्रु' को विषयमा उनको मत वैद्यसँग मिलेको छ। वैद्यले सोमबार भारतीय संस्थापन पक्षलाई 'न्युट्रलाईज' गर्न त्यहाँका जनयुद्धरत माओवादी पार्टीसँग कार्यगत एकता गर्नुपर्ने धारणा राखेका थिए। उनले क्रान्ति सम्पन्नपछि सम्भावित भारतीय हस्क्षेपलाई त्यहाँकै अन्य शक्तिबाट रोक्न सकिने तर्क राखेका हुन्।

दाहाल र वैद्यको तर्कप्रति अर्का उपाध्यक्ष भट्टराई सहमत छैनन्। भट्टराईले अहिलेको अवस्थामा भारतलाई चिढ्याएर होइन, उसलाई न्युट्रलाईज गरेर मात्र विद्रोहको योजना बनाउनुपर्ने जिकिर गरेका थिए। भारतले हस्तक्षेप गरेकेा वेला राष्ट्संघले सघाउने खालको वातावरण नबनेसम्म क्रान्ति सफल नहुने भट्टराईको धारणा छ।

राष्ट्रियता र जनवादको विषयमा भट्टराईको विश्लेषण बेठीक भएको दाहालको दाबी छ।
'मेरो राजिनामाको ड्राफ्ट नै डा भट्टराईले गर्नु भएको हो, त्यहाँ विदेशी प्रभुको हस्तक्षेप स्वकार्ने दिन गयो भनिएको छ', उनले भने, 'विस्तारवादलाई विरोध गर्ने सवालमा भारतलाई छुट्टै राखेर हेर्नुपर्छ भनेर भट्टराईले भन्नुभएको छ, त्यो उहाको दृष्टिदोष हो। यसमा उहाँ क्लियर हुनुपर्छ, सच्चिनुपर्छ।'

शान्ति प्रक्रियाको चार वर्ष १० वर्षे जनयुद्धभन्दा बढी जोखिमपूर्ण रहेकेा दाहालले प्रष्टाए। उनले भने, 'यसबीचमा पार्टीलाई जनव्यापी बनाउन सकेका छौं। यो एउटा घुम्ती हो, हामी त्यही घुम्तीमा यात्रा गरिरहेका छौं।'


दाहालको स्पष्टीकरण
दाहालले मंगलबार वैद्य र भट्टराईले लगाएको विभिन्न आरोपको स्पष्टीकरण दिएका छन्।
अध्यक्षको छुट्टै र मार्क्सवादी लाइन नभएको वैद्यको आरोपप्रति दाहालले प्रतिवाद गरे।

'कार्ययोजना अरुको, नेतृत्व मेरो भन्नु भएको छ, त्यो गैरमार्क्सवादी हो', दाहालले भने, 'अहिले नेतृत्वको विचार छैन भन्नेहरुले किन त्यतिखेर मलाई देवत्वकरण गराउनतिर लाग्नुभयो? त्यो भनेको क्रान्तिको कुरा गर्ने तर क्रान्तिको सिन्को नभाच्ने, एमाले र मोहनविक्रम प्रवृति हो, जसबाट क्रान्ति सफल हुँदैन'

'चुनवाङ भट्टराईको र खरिपार्टी किरणको भनेर तानातान गर्ने प्रवृति मार्क्सवाद संगत छैन, र त्यो उहाँहरुको आत्मरति मात्र हो। त्यो यो वा कसैको नभइ सामुहिक नेतृत्वको सामुहिक निर्णयको दस्तावेज हो,' दाहालले थप प्रष्टाए।

'हिजो किरण कमरेडले अवसरवादीको बाहुल्य बनाएर जित्न खोजेको आरोप लगाउनुभयो, त्यसले मलाई राति अवेरसम्म निद्रा परेन,' मन्तब्यको सुरुवातमै दाहालले उत्तेजित हुँदै भने, 'को छ र यहाँ अवसरवादी? कसलाई भनेको हो, त्यो उहाँ (वैद्य) ले स्पष्ट भन्नुपर्छ।'

अध्यक्षले क्रान्तिको लाइन कार्यान्वयन गरेनन् भन्ने आरोपको पनि उनले खरो ढंगले प्रतिवाद गरे। 'मैले क्रान्तिको कार्यदिशा कार्यान्वयन गरेन भन्नु ठीक होइन', उनले भने, 'त्यसमा मलाई बरु अरुले सहयोग गरेन कि π त्यसबारे पनि प्रष्ट मूल्याकंन गरौं।'

वैद्य र भट्टराईले आर्थिक कारोबार हिनामिना गरेको भन्ने आरोप पनि मिथ्या भएको दाहालको जिकिर छ। 'पार्टीमा मैले के कति खर्च गरे, त्यसको हिसाबकिताब बनाएर ल्याएको छु, अरुले पनि देखाउनुपर्छ।'

सोमबार भट्टराईले लोकतान्तिक गणतन्त्रको कार्यदिशा ल्याउँदा कारबाही गरिएकोबारे दाहालसँग स्पष्टीकरण माग गरेका थिए। 'उहाँलाई दरबारसँग हेर्ने दृष्टिकोणमा कारबाही गरिएको होइन,' उनले भने, 'पार्टीभित्रको गोप्य सूचना बाहिर ल्याएकोमा कारबाही गरिएको हो।'

दाहालले शान्तिप्रक्रियामा आइसकेपछि थुप्रै कमजोरीसमेत गरेको स्वीकारे। 'जनसत्ताको वैकल्पिक व्यवस्था नगरी विघटन गर्नु, जनअदालतको भंग गर्नु आफ्नो कमजोरी रह्यो। जनयुद्धको योद्धा, घाइते, वेपत्ताका विषयमा ध्यान दिन नसक्नुबारे समग्र समीक्षा महाधिवेशनमा गर्नुपर्छ।'

सोमबार भट्टराईले संविधानसभाको चुनावपछि क्रान्तिको तयारीका लागि मुल नेतृत्व बाहिर रहनुपर्नेमा आफै सरकारमा जान दौडधुप गरेको भन्दै आलोचना गरेका थिए। 'हो, सरकारमा कि पुरै टीम जानुपर्दथ्यो, कि अध्यक्ष जानु हुँदैनथ्यो तर त्यस्तो निर्णय भएन', दाहालले अगाडि भने, 'त्यसमा अनन्त (वर्षमान पुन) जस्ता युवा सदनमा आए, विप्लब (नेत्रविक्रम चन्द) जस्ता त्यहाँ परेन, त्यो वेला छनौट गर्ने सिलसिलामा गल्ती भएकै हो।'

दाहालले पार्टीभित्र उत्तराधिकारी निर्माण गर्न ३/१ (अग्रज, प्रोड र युवा) को दस्ता निर्माण गर्नुपर्नेमा जोड दिए। 'शान्तिप्रक्रियामा यस विषयमा नेतृत्व चुकेको छ, अब त्यसलाई सच्चाएर अघि बढ्नेछु।'

दाहालले मन्तब्यको अन्तिमा भने, 'सत्य अन्वेषणको रुपमा लाईन संघर्ष हुनुपर्छ, हारजितको रुपमा होइन। पार्टीभित्रको समस्या समाधानको उन्नत उपाय जनवाद नै हो। यी दुबै कुरा खरिपाटी भेलामा उठाएको कुरा स्मरण गराउन चाहन्छु। तर पार्टीलाई कदापि फुटन् दिन्न।'
माओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन), सरकार र अन्य दलहरुको विरोधका बाबजुद पनि बिस्तारित बैठकमा लडाकु सहभागी हुन गएको खुलासा भएको छ ।
दाहालले अनिवार्य बैठकमा आउनुपर्ने निर्देशन दिएपछि पालुङटारमा जारी बैठकमा लडाकु गएको स्रोतले जनाएको छ । अधिकांश लडाकु दाहाल पक्ष भएकोले उपाध्यक्षद्धय मोहन बैद्य र बाबुराम भट्टराईले अनमिनको आग्रहलाई ध्यानमा राखी लडाकु सहभागीबारे पुर्नबिचार गर्न दाहालसँग अनुरोध गरेका थिए ।
तर, दाहालले कुनै पनि हालतमा डिभिजन राज्य समिति अन्तर्गतका लडाकु कमाण्डर बैठकमा सहभागी हुनुपर्ने अडान लिएपछि लडाकुका कमाण्डरहरु बैठकमा गएको खुल्न आएको छ । दाहालको निर्देशनपछि माओवादी जनमुक्ति सेना प्रमुख नन्दकिशोर पुनले डिभिजन कमाण्डरहरुलाई पालुङटार जानु भनेपछि बैठकमा सहभागी हुनु परेको एक कमाण्डरले कान्तिपुरलाई बताए ।
माओवादीले सातैवटा शिविरका कम्पनी कमाण्डरहरुसम्मका लडाकुलाई राज्य समिति सदस्यमा राखेको छ ।
नेतात्रयको विवादका बेला बैठकमा जाने / नजाने टुङ्गो थिएन, शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरका ति कमाण्डर भन्छन्,'अध्यक्ष दाहालकै जोडबलले बैठकमा जाने अवसर जुरेको हो ।' उनका अनुसार पार्टीको निर्णय बमोजिम अध्यक्षकै निर्देशनमा लडाकु कमाण्डरहरु पालुङटार बैठकमा गएका हुन् । पार्टी अध्यक्ष दाहालको जोडबलमा लडाकुहरु बैठकमा जाने मौका मिलेको समेत उनको भनाई छ ।
तर,डिभिजनका मुख्य ब्यक्तिहरु पार्टीको यो वा त्यो पक्षबाट नभई नेतृत्वको निर्देशन बमोजिम बैठकमा जानु परेको बताउँछन् । हामीले पार्टीको निर्दैशन मान्ने हो, पार्टीको हेडक्वाटरको निर्देशन बमोजिम बैठकमा साथीहरु सहभागी भएका हुन्, शिविरका प्रवक्ता जनक बिष्टले कान्तिपुरसँग भने,'राज्य समिति अन्तर्गतका साथीहरुलाई बैठकमा रोक्ने अधिकार पार्टी नेतृत्व बाहेक कसैलाई छैन ।' यसका लागि कुनै एक पक्षले नभई सबैको सल्लाह बमोजिम पार्टी अध्यक्षले सहभागी हुन निर्देशन दिनु भएको उनले बताए ।
पालुङटार बैठकमा जाने लडाकुहरुमा शक्तिखोर शिविरबाट अन्य शिविरको तुलनामा झण्डै दोब्बर गएको स्रोतले जनाएको छ । पालुङटारबाट नजिकमा शक्तिखोर शिविर पर्ने भएकोले यहांबाट करिब ४ सय लडाकु बैठकमा पुगको स्रोत बताउँछ । डिभिजनका कमाण्डरदेखि कम्पनी कमाण्डरसम्मका लडाकुलाई पार्टीको राज्य समितिमा राखेका २ सय बैठकमा जानका लागि माओबादीले छनौट गरेको थियो ।
त्यो बाहेक झण्डै अन्य २ सय लडाकु समेत तिनै कमाण्डरहरुसँगै गएको डिभिजन स्रोतले जनाएको छ । हामी हाम्रा कमाण्डर सुरक्षाका लागि साथै लागेर बैठकमा आएका हौं, टेलिफोनमा नाम नलेख्ने शर्तमा पालुङटार पुगेका एक लडाकुले भने,'अधिकांश कमाण्डरहरुका साथमा जुनियर लडाकु साथमा आएका छन् ।' डिभिजनमा मुख्य कमाण्डर, सहकमाण्डर, ब्रिगेड तहका कमाण्डर तिनका सहकमाण्डर र कम्पनी कमाण्डरलाई बैठकमा जाने अनुमति पार्टीले दिएको थियो । 
१२ प्रतिशत लडाकु बिदामा बस्न पाउने अनमिनसँगको सम्झौता अनुसार नियम भएकोले त्यहि बमोजिम लडाकु बैठकमा सहभागी भएको प्रबक्ता बिष्टको दाबी छ । हामी पनि त दलकै कार्यकर्ता हौं नि,' उनी भन्छन्,'अहिले सरकारको सुबिधा खाएकोले अर्ध सैन्य फोर्स भएकोले सम्पुर्ण रुपमा राजनीतिक गतिबिधिमा प्रतिबन्ध लगाउन पाइँदैन ।' अनमिनको प्रमाणिकरणमा शक्तिखोरस्थित मुख्य र तिन सहायक शिविरमां ३ हजार ९ सय २५ जना लडाकु रहेका छन् ।

तीनै नेताको प्राथमिकतामा जनविद्रोह
देश र जनताको माग शान्ति, स्थिरता, संविधान र लोकतान्त्रिक प्रणाली भए पनि माओवादीको चाहनाचाहिँ देशको मागभन्दा ठीक विपरीत रहेको पुष्टि पालुङटार बैठकमा माओवादी नेताहरूद्वारा प्रस्तुत प्रतिवेदनले गरेको छ। माओवादीका तीन नेताहरू मोहन वैद्य, प्रचण्ड र बाबुरामबीच व्यक्तित्वको लडाइँ देखिए पनि उहाँहरूमा वैचारिक समानता रहेको र तीनैजनाले जनवादी राज्यसत्ता प्राप्तिका लागि जनविद्रोहमा जानुपर्ने कुरा उठाउनुभएको छ। अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा 'आजको अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति एवम् शक्ति सन्तुलनका आधारमा नेपाली जनवादी क्रान्तिको सफलताका लागि दीर्घकालीन जनयुद्धको रणनीतिमा आमविद्रोहका कार्यनीतिको समेत समायोजन गरेर अगाडि बढ्ने कुरा स्पष्ट रूपमा अङ्कित छ। प्रतिवेदनमा माओवादी आफूले तयार गरेको बेग्लै संविधानको मस्यौदालाई जनताको सङ्घीय गणतन्त्रको प्रस्तावित संविधानका रूपमा जनतासमक्ष लिएर जाने कुरा पनि उल्लिखित छ। विस्तारित बैठकपछि पार्टी व्यापक सङ्घर्षमा उत्रनुपर्नेमा पनि प्रचण्डले जोड दिनुभएको छ। प्रचण्डले आफ्नो एक दस्तावेजमा भन्नुभएको छ, 'हाम्रो विकसित कार्यदिशा र सार सुधारवादी ढङ्गले जानु पटक्कै होइन। विद्रोहात्मक ढङ्गले क्रान्तिलाई पूर्णता दिने पार्टीको नीति स्पष्ट रहँदै आएको छ। तर, त्यसको आधार कसरी तयार गर्ने प्रश्नमा छलफल भइरहेको छ। राष्ट्रिय स्वाधीनताको विषयलाई प्रमुखता दिएर मात्र विद्रोहको आधार तयार गर्न सकिन्छ। साथै संविधानसभाको सबैभन्दा ठूलो जनअनुमोदित पार्टी हुनुको नाताले हामीले शान्ति र संविधानको निम्ति सङ्घर्ष गर्न पनि छोड्नुहुँदैन। यसो भन्दा हामीले खोजेको शान्ति र संविधान कस्तो हो भन्ने कुरामा भने स्पष्ट हुनैपर्छ। सेना समायोजनसहितको शान्ति र सामन्तवाद–साम्राज्यवादविरोधी सार तत्वसहितको संविधान अर्थात् जनताको सङघीय गणतन्त्रात्मक संविधानको कुरा हामीले उठाइरहेका छौँ। तर, अहिलेको वर्गशक्ति सन्तुलन हेर्दा भने यो सम्भव दखिँदैन। फेरि पनि हामीले राष्ट्रिय स्वाधीनता, शान्ति र संविधानप्रतिको हाम्रो जिम्मेवारीबोधलाई जनतामा अनुभूत गराएर नै विद्रोहको आधार तयार गर्न सम्भव छ। हाम्रो युद्ध गृहयुद्धका रूपमा सुरु भयो, अब राष्ट्रिय युद्धका रूपमा समापन हुन्छ र हुनुपर्छ।' सोही दस्तावेजको एक ठाउँमा प्रचण्डले भनुभएको छ, 'खतरा मोलेर मात्र क्रान्तिकारी प्रक्रियामा निरन्तर अगाडि बढ्न सकिन्छ। राष्ट्रिय स्वाधीनतालाई प्राथमिकता दिएर राष्ट्रिय युद्धको तयारीसहित विद्रोहको तयारीमा दृढतापूर्वक लाग्नुको विकल्प छैन। राष्ट्रियताको मुद्दा केन्द्रमा राखेर पार्टीलाई क्रान्तिकारी बनाउन सकिन्छ भने शान्ति र संविधानको निम्ति सङ्घर्षलाई केन्द्रमा राखेर पार्टीलाई नयाँ गति दिन सकिन्छ।' उता डा. बाबुराम भट्टराईले पनि प्रचण्डकै कुरामा सहमति जनाउँदै जनविद्रोहको आवश्यकताबारे स्पष्ट रूपमा लेख्नुभएको छ। 'अन्तरपार्टी बहसबारे केही थप स्पष्टिकरण' भन्दै प्रस्तुत गरिएको दस्तावेजमा डा. भट्टराईले भन्नुभएको छ, 'संविधानसभाबाट जनताको सङ्घीय गणतन्त्रको संविधान बनाउन सक्रिय र इमानदारीपूर्वक पहल गरेर मात्र जनसमुदायलाई भावी जनविद्रोहको निम्ति तयार गर्न सकिन्छ भन्ने तथ्यलाई सच्चा सर्वहारावादी क्रान्तिकारीहरूले पटक्कै भुल्नुहुँदैन।' त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले पनि आफ्नो प्रतिवेदनमा जनविद्रोहमा जानुपर्ने कुरालाई अझै ठोस रूपमा उठाउनुभएको छ। उहाँले प्रतिवेदनमा भन्नुभएको छ, 'जनयुद्धको जगमा टेकेर नै आमसशस्त्र विद्रोह सफलतापूर्वक सम्पन्न हुनसक्छ। जनयुद्धको जगमा आमसशस्त्र विद्रोह नै नेपाली क्रान्तिको मोडल हो।' किरणले भन्नुभएको छ, 'दीर्घकालीन जनयुद्ध र आमसशस्त्र विद्रोहका नीतिहरूको समायोजनको अवधारणालाई अङ्गाले पनि नेपालजस्तो अविकसित देशका सन्दर्भमा दीर्घकालीन जनयुद्धकै भूमिका प्रधान हुने मान्यतालाई सैद्धान्तिक रूपमा आत्मसात् गर्न सक्नुपर्छ।' किरणले आफ्नो प्रतिवेदनमा युद्धकालमाझैं जनसत्ताका काम अगाडि बढाउने, जनरल स्टाफको पुनर्गठन गर्ने, केन्द्रीय ब्युरो पुनर्गठन गर्ने र जिल्लामा जुझारु प्रभावकारी दस्ता खडा गर्ने पनि उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको छ, 'जनविद्रोहका लागि विशाल ग्रामीण क्षेत्रसहित राजधानीबाहिरका मुख्य सहरले शक्ति विन्यासको आधारमा या जगको भूमिका निर्वाह गर्छन्। यी क्षेत्रमा तीन जादुगरी साधनको समुचित विन्यास अनिवार्य हुन्छ। परन्तु अन्ततः जनविद्रोहका लागि राजधानीको भूमिका प्रमुख हुन जान्छ र त्यहाँ शान्ति केन्द्रीकरण गर्न अनिवार्य हुन्छ। यसो गर्दा राजधानीले तलको आधारबाट समर्थन र सहयोग प्राप्त गरेकै हुनुपर्छ। यहाँनेर हामी कुन–कुन कुरामा स्पष्ट हुन जरुरी छ भने नेपाली जनविद्रोह या क्रान्तिको नयाँ मोडल शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्तमा आधारित हुन सक्दैन। 'सडक' वा 'तल' को काम भनेको मुख्यतः सशस्त्र सङ्घर्षलाई नै सङ्गठित गर्नु हो।' यसरी माओवादीका तीनैजना प्रमुख नेताहरू नेपालमा लोकतन्त्र संस्थागत एवम् सुदृढ गर्न शान्ति, स्थिरता र संविधान निर्माण गर्ने पक्षमा पटक्कै देखिएका छैनन्। तीनै नेताले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न कुनै न कुनै रूपले सशस्त्र जनविद्रोहमा नै जानुपर्छ भन्ने कुरालाई प्राथमिक महत्त्व दिनुभएको छ। प्रचण्डले जनविद्रोहमा जान पनि सरकार, सदन र सडक तीनवटै मोर्चाको नेतृत्व माओवादीले लिनुनर्पे धारणा राख्नुभएको छ। कदाचित वैधानिक ढङ्गले सरकारको नेतृत्व गर्ने अवसर पाइएन र संविधानसभा पनि भङ्ग गराइयो भने तत्काल सङ्घर्ष सुरु गरी सशस्त्र जनविद्रोह गर्ने र जनवादी राज्यसत्ता (समानान्तर सरकार) स्थापना गर्ने व्यहोरा प्रचण्डले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ। प्रचण्ड, किरण र बाबुराम भट्टराईको भित्री मनसाय र नियत हेर्दा उहाँहरू मुलुकमा शान्ति स्थापना होइन हिंसात्मक आक्रमणको तयारीमा रहनुभएको प्रस्ट दर्शाउँछ। त्यसर्थ अब नेपालमा लोकतन्त्रवादी र कम्युनिस्ट अधिनायकवादीहरूबीच निर्णायक चरणको सङ्घर्ष हुने स्पष्ट भएको छ। तर, आश्चर्यको कुरा के छ भने माओवादीहरू मानसिक र भौतिक रूपमा समेत युद्धका लागि तयारी गरिरहँदा लोकतन्त्रका पक्षधरहरू भने न लड्ने तयारीमा न भाग्ने तयारीमा देखिएका छन्। हुन त माओवादीले पनि नेपालभित्रका कसैसित लड्नुपर्ने ठानेको छैन, उसले छिमेकी मित्रराष्ट्र भारतसँग लडाइँ लडेर जनवादी क्रान्ति सम्पन्न गर्ने सपना–योजना बुनेको छ। माओवादीको यही सपना–योजनाका कारण शान्ति र स्थिरता आगामी कैयन वर्षसम्म नेपाललाई प्राप्त नहुने स्पष्ट भएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक