
साझेदारी रहेको बताउनुभयो । "सबैभन्दा चिन्ता र चासोको विषय कुनै एक राजनीतिक पार्टीसँग सेना र हतियार रहन हुँदैन भन्ने हो । निर्वाचनको छ महिनाभित्र त्यसलाई सम्पूर्ण रूपमा समाधान गर्ने भनिएको थियो तर साढे तीन वर्षमा पनि हुन सकेको छैन । अहिले पनि विशेष जोड त्यसैमा छ । त्यसलाई सम्बोधन गर्नेबित्तिकै धेरै कुरा टुङ्गो लाग्नसक्छ", उहाँले भन्नुभयो । संविधान निर्माणमा पनि केही प्रगति गरिएको उल्लेख गर्दै प्रधानमन्त्री नेपालले सत्ता साझेदारीका विषयमा अलिकति गहन छलफल गर्नुपर्ने देखिएको र त्यसलाई पनि टुङ्गोमा पुर्याउन सकिने बताउनुभयो ।
प्रधानमन्त्री नेपालले सहमतिका लागि राजनीतिक दलहरूका एकअर्काका भनाइ के र कति न्यायोचित छन् ? तिनका संवेदनशीलता र भनाइ राम्ररी मनन गरेर सम्बोधन गर्नसक्ने हो भने समाधान निकाल्न गाह्रो नरहेको बताउनुभयो ।
सहमतिका लागि हात्तीवनमा भएको पहिलो प्रयास -शीर्ष नेताहरूको गोप्य बैठक)ले सहयोग पुर्याएको र बुधबारको बैठकले पनि सहयोग पुर्याउने अपेक्षा गर्नुभयो । बुधबार हुने भनिएको शीर्ष बैठकले नै निकास निकाल्ने विश्वास चाहिँ प्रधानमन्त्रीले व्यक्त गर्नुभएन । उहाँको भनाइ थियो- सहमतिका लागि बुधबारको बैठकले पनि उपाय निकाले राम्रो हुन्थ्यो तर त्यसका लागि तिहार इत्यादिका कारणले दलहरूबीच छलफलको समय पुगेन । अझै पनि समय बाँकी छ । योबीचमा दुईपक्षीय छलफलहरू गर्ने हो भने एउटा उपाय निकाल्न सकिन्छ कि भन्ने मेरो अपेक्षा छ ।
राजनीतिक गतिरोध समाधान गर्ने उपाय निकाल्न सकिने तर त्यसका लागि अलिकति गहन छलफल गर्नुपर्ने महसुस गर्नुभएका प्रधानमन्त्रीसँग सहमतिका लागि आएको सत्ता नेतृत्वसम्बन्धी चक्र प्रणालीबारे जिज्ञासा राखिएको थियो । उहाँले भन्नुभयो- यसबारे विभिन्न धारणा आएका छन्, विचार मन्थन भइरहेका छन्, यसमा पनि हामी कुनै न कुनै उपाय निकाल्छौँ ।
सरकारको गठन कुन प्रणालीमा ठीक होला भन्ने व्यक्तिगत विचार सोध्दा चाहिँ उहाँले 'पछि भनौँला' मात्र भन्नुभयो ।
प्रधानमन्त्री नेपालले आयोजना गर्नुभएको चियापान समारोह दिउँसो २ बजेदेखि प्रारम्भ भएको थियो । समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले आपसमा शुभकामना साटासाट गरेका थिए । अनि नेकपा एमाले कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको सो समारोहमा कार्यकर्ताहरूले नेता र मन्त्रीहरूलाई भेट्न पाएका थिए

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक