20101216

पारश प्रकरण नाटक सकियो, भ्रस्टाचार र ठगी पर्दाफास हुँदै ! रुबेल चौधरी त बङलादेश फर्किएलान तर सुजाताको हरी बिजोक हुन बेर छैन

Breaking News......!!! Breaking News......!!!

कानुन भन्दा माथि कोही छैन नत पारश, न त सुजाता, प्रचन्ड वा माकुने वा अरु,  कानुन अनुसार जो सुकै भए पनि दोशी माथि कडा कारबाही हुनुपर्छ, नेपाल बिग्रिएकै ठुला लाई चयन सानालाई ऐन भएर हो !  
 "बङलादेशी ठग रुबेल चौधरी र बिबादास्पद पारश प्रकरण नाटक सकियो, पारश रिहा, पारशको पक्षमा जुलुश निस्किने डरले काठमाडौं निसेधित क्षेत्र, रुबेलले आफुमात्र होइन शासु माता सुजाता जोस्टलाई पनि नराम्रो सँग डुबाउने सँकेत, रुबेल ले सासु माताको शक्तिको आडमा गरेका भ्रस्टाचार र ठगी पर्दाफास हुँदै ! रुबेल चौधरी त बङलादेश फर्किएलान तर सुजाताको हरी बिजोक हुन बेर छैन।" काठमाडौंका गल्ली गल्ली मात्र होइन नेपाल र बिदेशमा बस्ने नेपाली बिच अहिले यस्तै चर्चा परिचर्चा सुन्न पाईन्छ ।
नेपाली कङ्रेसका संस्थापक नेता महामानब बिपी कोइरालाका छोरा प्रकाश कोइराला भन्छन सुजाताले यसको जिम्मेवारी लिनुपर्छ !

             चर्चामा आएका बंगलादेशी नागरिक रुबेल चौधरी पनि विभिन्न गैरकानुनी र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको भेटिएको छ । उपप्रधानमन्त्री सुजाता कोइरालाकी छोरी मेलानी जोस्टसँग बिहे गरी पारिवारिक भिसा लिएर करिब चार वर्षदेखि नेपालमा बस्दै आएका उनी गैरकानुनी क्रियाकलापमा संलग्न रहे पनि शक्तिको प्रभावका कारण कारबाही अगाडि बढाउन नसकिएको उच्च प्रहरी स्रोतले जनाएको छ । चौधरी मन्डिखाटारस्थित कोइराला निवासमै बस्ने गरेका छन् । संयुक्त राष्ट्रसंघको सुडानस्थित शान्ति मिसनमा खटिएको नेपाल प्रहरीका लागि कल्याण कोषबाट करिब ५० करोड रुपैयाँ बराबरको आर्मर्ड प्रोटेक्टेड भेहिकल -एपीसी) लगायतका सामग्री खरिद गर्दा भएको घोटालाका मुख्य कर्ता चौधरी भएको उच्चप्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार सुजाताका पिता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र कांग्रेस नेता कृष्णप्रसाद सिटौला गृहमन्त्री भएका बेला चौधरीले नेपाली नागरिक शम्भु भारतीलाई ठेकेदारका रूपमा अगाडि सारेर उक्त खरिदको जिम्मा लिएका थिए ।
सुडानस्थित प्रहरी मिसनका लागि किनिएको सामग्रीमा करिब ३५ करोड रुपैयाँ अनियमितता भएको संसद्को राज्य व्यवस्था समितिको करिब चार महिना लामो अनुसन्धानबाट पुष्टि भइसकेको छ । उक्त भ्रष्टाचारका कारण प्रहरी कल्याण कोषको करिब ५० करोड रुपैयाँ डुबेको थियो । राज्य व्यवस्था समितिले अनियमितता ठहर गरी दोषीमाथि कारबाहीका लागि निर्देशनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको थियो । तर, चौधरीकी सासू एवं उपप्रधानमन्त्री कोइरालाको दबाबमा प्रधानमन्त्री माधवकुमार नेपालले उक्त प्रकरणमा कारबाही अघि नबढाउन अख्तियारका कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका सचिव भगवती काफ्लेलाई निर्देशन दिएको उच्च स्रोतले जनायो ।
सुडान प्रकरणसँगै जोडिएको र राजस्व अनुसन्धान विभागको अनुसन्धानमा रहेको १० लाख अमेरिकी डलर रकम छुटाउनसमेत चौधरी लागिपरेको विभाग स्रोतको दाबी छ । उक्त मुद्दा हाल अदालतमा विचाराधीन छ । नेपालमा आउने अन्तर्राष्ट्रिय फोन बाइपास (भीओआईपी) गर्ने कार्यमा पनि चौधरीको संलग्नता रहेको प्रहरीको दाबी छ । यसबाट नेपाल टेलिकमलाई मासिक करोडौं रुपैयाँ घाटा हुने गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार भीओआईपीसम्बन्धी अनुसन्धान गर्दै जाँदा मन्डिखाटारस्थित कोइराला निवासनजिकैको स्थान 'ट्रेस' भएपछि प्रहरीले त्यहाँ छापा मार्ने तयारी गरेको थियो ।
'अन्तिम अनुसन्धानले मन्त्रीज्यूकै घरबाट त्यस्तो कार्य हुने गरेको देखियो । मन्त्रीको घर भएकाले उच्च नेतृत्वलाई जानकारी नगराई त्यसै दिन छापा मार्न गाह्रो भयो,' एक अधिकृतले भने, 'भोलिपल्ट छापा मार्ने कुरा भएको थियो, तर त्यो सूचना पहिले नै चुहिएकाले रातारात कल छल्ने उपकरण त्यहाँबाट हटाइएछ । त्यसको जानकारी पाएपछि योजना त्यत्तिकै तुहियो ।'
प्रहरीका अनुसार राजधानीबाट हुने अधिकांश भीओआईपी कल छलीमा बंगलादेशी प्राविधिकहरू जोडिएका छन् । यस्तो अभियोगमा प्रहरीले चार जना बंगलादेशी नागरिकलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ ।
यसैगरी आफ्नी सासू परराष्ट्रमन्त्री भएको फाइदा उठाई बंगलादेशी नागरिकलाई नेपाली राहदानी उपलब्ध गराएर तेस्रो मुलुक पठाउने कार्यमा समेत चौधरीको संलग्नता भेटिएको परराष्ट्र स्रोतको दाबी छ । उक्त प्रकरणमा जोडिएका सामान्य कर्मचारीलाई कारबाही भए पनि मन्त्रीको ज्वाइँ भएकाले चौधरीमाथि अनुसन्धान नगरिएको एक परराष्ट्र अधिकारीले जनाए ।
चौधरी स्वयंको भिसाका लागि परराष्ट्रमन्त्री कोइराला स्वयंले अध्यागमन विभागमा आवेदन दिएको विभागका एक अधिकृतले बताए । प्रत्येकपटक एक वर्षका लागि भिसा पाइरहेका चौधरीले त्यस्तो भिसाअन्तर्गत नेपालमा कुनै काम गर्न नपाउने कानुनी व्यवस्था छ । तर, चौधरी आय आर्जनका थुप्रै क्रियाकलापमा सधैं व्यस्त रहने स्रोतले बतायो । सरकारी ठेक्कापट्टा मिलाइदिने कार्यमा समेत उनी सक्रिय रहेको जानकारहरूको भनाइ छ ।
उल्लिखित विषयमा प्रतिक्रिया लिन कान्तिपुरले बारम्बार प्रयास गर्दा पनि चौधरी सम्पर्कमा आउन चाहेनन् । 'उहाँ तनावमा रहनुभएको र युरिक एसिडसमेत बढेकाले अहिले बोल्न चाहनु हुन्न,' उनका एक सहयोगीले जनाए ।

पारस गोलीकाण्डपछि चर्चामा आएका परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीको पृष्ठभूमि शंकास्पद् पाइएको छ। चौधरी परिवार र आफन्त सञ्चालक रहेको वर्ल्ड पिस एन्ड इकोनमिक डेभलपमेन्ट अर्गनाइजेशन नामक संस्थाको वेबसाइटमा रुबेलले आफूलाई र सासु सुजातालाई पनि डाक्टरका रुपमा चिनाएका छन्। बंगलादेशमा गैरसरकारी संस्थाको रुपमा दर्ता भएको भनिएको सो संस्थाले आफूलाई संयुक्त राष्ट्रसंघमा समेत दर्ता रहेको दाबी गर्दै आधिकारिक वेब साइट तथा ब्रोसरमा राष्ट्रंसघको लोगो प्रयोग गरेको छ।
संयुक्त राष्ट्रसंघका १७ विशेष एजेन्सीले समेत यूएनको लोगो प्रयोग गर्दैनन्। 'राष्ट्रसंघका विभिन्न देशस्थित कार्यालय र एजेन्सी बाहेक अन्यलाई लोगो प्रयोग अधिकार हुँदेन', काठमाडौंस्थित संयुक्त राष्ट्रसंघ कार्यालयका अधिकारीले नागरिकसँग भने- 'यूएनले अन्य अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दा संयुक्त लोगो प्रयोग हुन्छ तर त्यसबारे मुख्यालयले नै निर्णय लिन्छ।' राष्ट्रसंघले कुनै पनि स्थानीय संस्थालाई आफू अन्तर्गत दर्ता गर्ने नगरेको उनले प्रस्ट्याए। साइटमा रुबेलले आफू, श्रीमती मेलानी तथा सासु सुजातालाई समेत 'डाक्टर' उपाधि दिएका छन्। संस्थाका संस्थापक अध्यक्ष शेरे खाउजाले नेपालका पूर्व प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासँग बसेर खिचेका तस्वीर साइटमा छन्।
वर्ल्ड पिस एन्ड इकोनोमिक डेभलोपमेन्ट अर्गनाइजेसनको आधिकारिक ब्रोउसरमा संस्थापकको सूचिमा 'परराष्ट्रमन्त्री डाक्टर कोइरालाले नेपाल हेर्ने' उल्लेख गरिएको छ। रुबेल श्रीमती मेलानी रोजालाई वरिष्ठ उपाध्यक्ष रहेको सो संस्थामा वर्तमान अध्यक्ष मसुद राना चौधरी छन्।

युएन लोगोको दुरुपयोग।
मानव अधिकार संरक्षण, अन्तराष्ट्रिय आतंकवादको विरोध, आणविक हतियार विरोधी अभियान, गृहयुद्धविरोधी अभियान, वातावरण संरक्षण, महिला अधिकार, बाल अधिकार लगायत क्षेत्रमा काम गर्ने उल्लेख गरेको संस्थाले झुक्याउने गरी राष्ट्रसंघीय महासचिव बान की मुनको सन्देश भनेर उनलाई लेखिएको पत्र राखेको छ। सामान्यतः गैरसरकारी संस्थाले डट ओआरजीको डोमन लिएर काम गर्छन तर चौधरी निमित्त अध्यक्ष रहेको वर्ल्ड पिस एन्ड इकोनमिक डेभलपमेन्ट अर्गनाइजेशनको वेब डोमेन डटकम छ। डटकम नाफामुखी कम्पनीहरुले प्रयोग गर्ने डोमन नेम हो। स्वर्गीय गिरिजाप्रसाद कोइराला तथा अन्य नेताको तस्विर डिस्प्ले यसअघि नेटवर्किङ व्यवसाय गर्ने युनिटीले राष्ट्रपति रामवरण यादवको तस्बिर दुरुपयोग गरेभन्दा फरक छैन। गिरिजाबाबुको सन्देश भनेर तस्बिर राखिए पनि त्यो सेक्सनमा खाली छ। भारतीय पूर्व प्रधानमन्त्रीदेखि बंगलादेशका उच्च अधिकारीसँग रुबेलले खिचेका तस्बिर साइट तथा ब्रोसरमा छन्। यसबारे बुझ्न खोज्दा रुबेल सम्पर्कमा आउन चाहेनन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक