20101220

नेपालीस्थित एक दर्जन कुटनीतिक नियोगहरुले नेपालको राजनीतिक अवस्थाका कारण आफुहरुलाई सहयोग गर्न अप्ठेरो परेको दावी !

  कार्यदलको समय थप गर्न संविधानसभाका २७ दल असर्मथ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले अनमिन गए अनिष्ट हुने चेतावनी दिए 
नेपालीस्थित झण्डै एक दर्जन कुटनीतिक नियोगहरुले नेपालको राजनीतिक अवस्थाका कारण आफुहरुलाई सहयोग गर्न अप्ठेरो परेको दावी गरेका छन् । उनीहरुले मुलुकलाई निकास दिन नेपाली राजनीतिक नेतृत्वहरुलाई सुझाव दिएका छन् । फिनल्याण्डका कार्यवाहक राजदूत पिर्कोलिसा क्योस्टिलासहितका कुटनीतिक नियोगका प्रमुख र राजदूतले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसंग भेटी विद्यमान राजनीतिक गतिरोधले नेपाललाई सहयोग गर्न कुटनीतिक नियोगहरुलाई असजिलो भएको गुनासो गरेका हुन् । भेटपछि फिनल्याड राजदूतावासद्धारा जारी विज्ञप्तीमा नेपालको विकासमा राजनीतिक गतिरोधले पारेको समस्याका सम्बन्धमा माओवादी अध्यक्ष दाहालसंग परार्मश गरेको उल्लेख छ । उनीहरुले माओवादी अध्यक्ष दाहालसंग कामचलाउ सरकारको बिकल्प दिन नसकेकोमा समेत असन्तुष्टि जनाउनका...
थिए । फिनल्याण्डका कार्यवाहक राजदूत क्योस्टिलाद्धारा जारी विज्ञप्तीमा नेपाललाई गर्ने सहयोगमा दातृनिकायलाई राजनीतिक गतिरोधले असर पारेको उल्लेख गरेका छन् । कुटनीतिक नियोगहरुले सहमतिमा राजनीतिक निकास निकाल्न दलहरुलाई दबाव दिएका छन् । उनीहरुले दातृ समुदाय चुनौतिपूर्ण घडीमा नेपाललाई सहयोग गर्न र नेपालीहरुको जीवनस्तर उकास्न तथा क्षमता अभिबृद्धिगर्न प्रतिबद्ध रहेको विज्ञप्तीमा उल्लेख छ । त्यसै गरेर उनीहरुले विभिन्न प्रमुख पदहरु रिक्त अवस्थामा हुनुले दातृ समुदायकॊ विश्वास घट्न थालेको भन्दै त्यसले शान्ति प्रकि्रया कार्यान्वयनमा सुस्त गति ल्याएकोमा चिन्ता ब्यक्त गरेका छन् । उनीहरुले कामचलाउ सरकारको लामो निरन्तरता रहनु तथा राजनीतिक तहमा विकासको नेतृत्व अभाव कायमै हुनुले धेरै दातृनिकायले नेपालका लागि भविष्यमा श्रोत सुरक्षित गर्ने क्षमतामा गम्भीर असर पुर्याउने चेतावनी समेत दिएका छन् । माओवादी अध्यक्ष दाहालसंग फिनल्याण्डका कार्यबहाक राजदूत क्योस्टिलाको नेतृत्वमा अष्ट्रेलिया यूरोपियन यूनियन डेनमार्क फिनल्याण्ड प्रुान्स जर्मनी नेदरल्याण्ड नर्वे स्वीट्जरल्याण्ड संयुक्त अधिराज्य बेलायत अमेरिकी बिकास नियोगका प्रमुखहरुले भेट गरेको बुझिएको छ ।

नयाँ संविधानमा बिवादीत देखिएका बिषयहरुमा सहमति जुटाउन गठित उच्चस्तरीय कार्यदलको समय थप गर्न संविधानसभाका २७ दल असर्मथ भएका छन् । यद्यपी दलहरु संविधानका बिवादीत बिषयहरुमा सहमति जुटाउन संविधानसभाका संयन्त्रहरुलाई कि्रयाशील बनाउन सहमत भएका छन् । कार्यदलको नेतृत्व गरीरहेको एकीकृत माओवादीले कार्यदलको म्याद थप गर्ने पक्षमा सहमति नजनाएपछि सहमति हुन नसकेको हो । संसद सचिवालयमा बसेको संविधानसभाका २७ दलको बैठकमा कार्यदलको समय थप गर्ने सहमति हुन नसकेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए । सन्चारकर्मीसंग कुरागर्दै माओवादी अध्यक्ष दाहालले २७ दलको छलफलबाट नयाँ संविधान बनाउने बिषयमा आशा बढेको बताए । उनले आवश्यक्ता पर्दा शीर्ष नेताहरुको बैठक बसेर बिवादीत बिषयमा सहमति गर्दै जाने सहमति भएको बताए । एमालेका अध्यक्ष झलनाथ खनालले २७ दलकै संयन्त्रलाई कि्रयाशील बनाउन बताए । उनले सभासद र संवैधानीक समितिका सभापतिले पनि बिरोध जनाएका कारण कार्यदलको समय थप नगरेको पनि बताए । कार्यदलको कामलाई माओवादी र संवैधानीक समितिका सभापति र अन्य बिभिन्न पक्षबाट बिरोध भएका थिए । बिरोध भए लगत्तै कार्यदलको समय थप गर्न २७ दल असर्मथ भएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले अनमिन गए अनिष्ट हुने चेतावनी दिएका छन् ।
दह्रो वैकल्पिक व्यवस्था बिना अनमिनलाई फिर्ता पठाए मुलुकमा अनिष्ट निम्तिने राणाले संकेत गरे । सुनसरी सदरमुकाम इनरुवामा सोमबार राप्रपा र राजपाको संयुक्त कार्यकर्ता भेटघाटमा राणाले अनमिनको म्याद थप नहुने दलहरुले बताएपनि सेना र शिविरको रेखदेख गर्ने प्रभावकारी संयन्त्र निर्माण नभएकाले अनिष्ट निम्तिने सम्भावना रहेको दाबी गरे । बर्तमान संक्रमणकालको मुख्य दोषी प्रमुख तीनदल भएको आरोप लगाउँदै उनले संविधानसभा निर्वाचनमा जनताले दिएको म्यान्डेड तीनदलले पुरा गर्न नसकेको टिप्पणी गरे । मधेसवादी दलहरु पनि टुटफुट तिरै केन्द्रित भएकाले तीनदलको विकल्प दिन नसकेको उनले बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक