20101224

अती भएपछी हामीलाई पनि यसरी भन्न मन लाग्यो, तपाईंलाई नि ?

महान जनता हो ! यिनै नौटँकी हेर्दै र यिनकै पछाडि लागेर लड, मर ! सधैं हतियार मात्र बन, अपराधीहरुलाई बुइ चढाएर तिनकै जयजयकार मात्र गर, त्यो भन्दा अब के नै बाँकी रह्यो र !
माओवादी भन्नुस् , एमाले भन्नुस् , काङ्रेस भन्नुस्, राजाबादी भन्नुस् वा माधेशबादी वा आदी । कोही चोखा रहेनन नेपाल र नेपाली को यो हालत गराउनमा । अर्को शब्दमा सिधा भन्दा यि सबै राजनीतिक खोल ओढेका, देशलाई प्रयोगशाला बनाउदै आफ्नो स्वार्थ र कुर्सिको लागि मर्ने
भोके  राजनीतिक अपराधी भए । ठुलो दल माओवादीका अध्यक्ष्य प्रचण्डले बिस्व बिद्यालय र सैक्षिक संस्थाहरुलाई ब्यारेक र विद्यार्थीलाई फौज बन्न आग्रहर गरेको २ हप्ता नबित्दै अहिले माओवादी क्रान्तिकारी विद्यार्थीले ठोक्न र सेक्न थालेका छन, अझै लाजमर्दो कुरा काङ्रेस र एमालेका विद्यार्थी पनि काटाकाटमा उत्रिएकाछन । नलड, काटाकाट नगर भन्ने बिचरा प्रहरी माथि उल्टै ढुङ्गामुढा ??? वाह् प्रचन्ड, झलनाथ, शुशिल लगायत हरु हो, वाह् पारशले हवाइ फायर गरेर गल्ती गर्दा राष्ट्र र राष्ट्रियता का
नाममा ढाक्छोप गर्ने हरु हो, वाह् जर्मन नागरिक भएर पनि नेपाली मन्त्री बन्दै ठग बङलादेशी रुबेललाई ज्वाँई बनाएर नेपाल लुट्ने सुजाताहरु हो, कती सक्छौ लुट, कती सक्छौ लड, महान जनता हो ! यिनै नौटँकी हेर्दै र यिनकै पछाडि लागेर लड, मर ! सधैं हतियार मात्र बन, अपराधीहरुलाई बुइ चढाएर तिनकै जयजयकार मात्र गर, त्यो भन्दा अब के नै बाँकी रह्यो र !

3 comments:

  1. yo ekdam sahi kura ho, ma nepalmother.com sanga purna sahamat chhu.

    Shila Pant
    New York.

    ReplyDelete
  2. Karma Sherpa
    Baltimore US

    kya man ko kura lekhnu bhayo sampadak ji. nepali janata bheda nai hun

    ReplyDelete
  3. ganeshman le tyasai bhaneko hoina kya nepali janatalai bheda bhanera. nepali gu ra gobar chhutyauna sakne bhaidiyabhaye ahile samma prachanda baburam haru phasi ma chadhi sakne thiye ke garnu ?

    Kamala Prasai

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक