20101226

प्रचन्डले पूजा गरेको भैँसी मात्तिएर प्रचन्ड भन्दा पनि बढी भए पछी !

ललितपुरको सानेपास्थित ढोकाटोलमा शनिबार बिहान एक्कासि प्रवेश गरेको एउटा बहुलाहा भैँसीले जथाभाबी हानेर एक दर्जन व्यक्तिलाई घाइते बनाइदिएको छ। बिहान ७ बजे अचानक शहर प्रवेश गरेको भैँसीलाई नियन्त्रणमा लिन प्रहरीलाई त हम्मे पर्यो नै सम्पूर्ण गाउँलेलाई समेत आतंकित बनायो। टोलबासीलाई आतंकित बनाउन थालेपछि भैँसी नियन्त्रण गर्न पुगेको सानेपा प्रभागको प्रहरी निरीक्षकसहितको टोली असफल भएपछि सातदोबाटोको प्रहरी निरीक्षकसहितको टोली घटनास्थल पुग्यो। तर पनि भैँसीलाई नियन्त्रणमा लिन सकिएन। राँगोले बिहानभर आतंक मच्चाउन थालेपछि ललितपुरका प्रहरी नायब उपरीक्षक दिनेश आचार्यले गोली हान्न आदेश दिए। ँअति नै उग्र भएर पैदलयात्रीलाई समेत हान्न थालेपछि गोली हानेर मार्ने आदेश दिए पनि तत्काल मार्न सकिएन’ -प्रनाउ.....
आचार्यले भने। स्थानीय बासिन्दाले भैँसीलाई समात्न कसाहीसमेत गुहारे। करिब ३ घण्टासम्म पनि उक्त राँगो नियन्त्रण गर्न नसकिएपछि सातदोबाटोका प्रहरीनिरीक्षक जनार्दन जीसीले थ्री नट थ्री राइफलले दुई राउन्ड गोली प्रहार गरी भैँसी मारे। गाउँलेमाथि अक्रमण गरेको राँगोलाई नियन्त्रणमा लिन अति नै गाह्रो भयो- सानेपाका प्रहरी निरीक्षक गुरुविष्णु काफ्लेले  भने। सानेपास्थित ममता स्कुलपछाडि प्रहरीले गोली प्रहार गरी मारेपछि सो भैँसीलाई प्रहरीपरिसरमा ल्याई मुचुल्का गरिएको थियो।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक