20101230

माओवादीले पौडेलको उम्मेदवारी फिर्ता भएमा प्रधानमन्त्री पदमा देउवालाई समर्थन गर्न सकिने भनेर कार्ड फ्याँके, हौसिए देउवा पनि !

alt विभिन्न राजनैतिक दल तथा प्रभावशाली नेताहरुलाई खेल्न खेलाउन खप्पिस माओवादी अध्यक्ष प्रचण्ड अहिले देउवालाई प्रधानमन्त्रीको उधारो आश्वासन दिएर प्रभावमा पर्ने जमर्कोमा जुटेका छन्। उधारो प्रस्तावमा प्रभावित भइहाल्ने देउवाको स्वभाव माओवादीले नजिकबाट जानेका छन्। त्यसैले पनि माओवादीले देउवालाई गुलियो चटाएर आफ्नो अभिष्ठ पुरा गराउन चाहेको अटकल काट्न सकिन्छ। रामचन्द्रको उमेदवारी फिर्ताको माग बढिरहेको अवस्थामा काङ्गे्रसले एकमतका साथ उम्मेदवारी कुनै पनि हालतमा फर्ता नहुने बताउँदै आएको छ। यस्तो बेलामा नेपाली कांग्रेस भित्र प्रष्ट दुई गुट रहेको छनक पाएकै कारण देउवालाई प्रधानमन्त्रीको लालीपप देखाएको हो। माओवादीले पौडेलको उम्मेदवारी फिर्ता भएमा...
प्रधानमन्त्री पदमा देउवालाई समर्थन गर्न सकिने भनेर कार्ड फ्याँकेको छ। सो कार्डबाट हौसिएका देउवा पनि माओवादीको भनाइमा विश्वस्त भएर गृहकार्यमा लागेका छन्। माओवादीको आश्वासनपछि साँच्चै हौसिएका देउवा भित्री रुपमा पौडेलविरुद्ध लागेको यत्रतत्र चर्चापरिचर्चा हुन थालेको छ। सभापति कोइरालाले मनोनित उपसभापति र महामन्त्री पदमा आफ्नै मात्र मान्छेलाई प्रस्ताव गरेपछि आगो बनेका देउवाले दुईमध्ये एक पद आफ्नो पक्षकाले पाउनुपर्ने अडान राख्दै आएका छन्।
उता सभापति कोइरालाले माओवादी षडयन्त्र र देउवाको चुरिफुरीलाई धुलोमा मिलाउने तरिका अपनाएर काङ्गे्रसको निर्णयमा कुनै तलमाथि नभएको बताउदै केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरेर दुवै पक्षलाई चोटिलो जवाफ दिएका छन्।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक