20110112

नेकपा एमाले भित्र उत्पन्न तीव्र विवादले एमालेकै सभासद्हरु अन्योलमा, प्रधानमन्त्री नेपाल, केपी ओली र अध्यक्ष खनालबीच विवाद

एमाले भित्र को नौटँकी र बिबादले माओवादीलाई फाईदा, काङ्रेस र एमाले नमिले अब मुलुक माओवादीले कब्जा गर्ने, धिक्कार छ आफूलाई प्रजातन्त्रबादी भनाउने कुर्सिका भोकाहरु हो जसले अधिनायकबादी माओवादीलाई मुलुक फेरी सुम्पिदै छौ !...

प्रधानमन्त्री निर्वाचनको चालू प्रक्रिया आज बुधबार संसद्मा हुने निर्वाचनबाट अन्त्य हुने सम्भावना देखिएको भए पनि प्रमुख सत्तारुढ दल नेकपा एमाले भित्र उत्पन्न तीव्र विवादले एमालेकै सभासद्हरु अन्योलमा परेका छन्। प्रधानमन्त्रीका एक्ला उम्मेदवार नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको विपक्षमा मतदान गर्ने केन्द्रीय समितिको पहिलेको निर्णयलाई मंगलबार बसेको एमाले स्थायी कमिटीले अनुमोदन गरी विपक्षमा मतदान गर्ने निर्णय गरेपछि एमालेमा विवाद उत्पन्न भएको छ। नेपाली कांग्रेसले आफ्ना नेता...
पौडेलको विपक्षमा एमालेले मतदान गरे वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि एमालेमा नयाँ किचलो थपिएको हो। अर्को सरकार बन्ने स्थिति नहुँदासम्म कांग्रेसको साथ आवश्यक परिरहने भन्दै प्रधानमन्त्री एवम् पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल केपी ओलीलगायतले पौडेलको विपक्षमा मतदान गर्ने पूर्वनिर्णयबारे केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ। स्थायी कमिटीमा राखिएको सो प्रस्तावलाई अध्यक्ष झलनाथ खनालले केन्द्र्रीय कमिटीले गरेको निर्णय कार्यान्वयनमा नै नआएकाले त्यसका बारेमा छलफल गरिरहनु नपर्ने भनी सो प्रस्तावलाई अस्वीकार गरेपछि बैठकमै प्रधानमन्त्री नेपाल र अध्यक्ष खनालबीच विवाद भएको थियो। अध्यक्ष खनालले नेपाल ओलीलगायत नेताको प्रस्ताव अस्वीकार गरेपछि उहाँहरुलगायतका केन्द्रीय कमिटीका चार दर्जनभन्दा बढी सदस्यले लिखित रुपमा नै आज बुधबार ८ बजे केन्द्रीय कमिटीको बैठक बोलाउन अध्यक्ष खनालसमक्ष आग्रह गरेका छन्। केन्द्रीय कमिटीका सदस्यहरुले पौडेलको विपक्षमा मतदान गर्ने निर्णय सच्याउन केन्द्रीय कमिटीको बैठक बोलाउन आग्रह गरे पनि एमाले संसदीय दलको कार्यालयले आज अपराह्न २ बजे बस्ने संसद्को बैठकमा आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थित भई रामचन्द्र पौडेलको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।
मुख्य सचेतक भीम आचार्यले ह्विप जारी गरिसक्नुभएको छ भने केन्द्रीय कमिटीका केही सदस्यहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन आग्रह गरेकाले एमालेका सभासद्हरु के गर्ने भन्ने अन्योलमा परेका छन्। पार्टी अध्यक्ष खनालले केन्द्रीय कमिटीको बैठक नबोलाएमा के-कसरी अगाडि बढ्ने भन्नेबारेमा प्रधानमन्त्री माधव नेपाल नेता केपी ओलीलगायतका नेता सभासद्हरु मंगलबार साँझ अबेरसम्म बैठकमा नै व्यस्त थिए।
अर्को सरकार नबन्ने र यो सरकारलाई पनि कांग्रेसले दिएको साथसमेत फिर्ता हुनासाथ आर्थिक अध्यादेश संसद्बाट अनुमोदन गराउनुपर्नेलगायतका विषय अलपत्र पर्ने र अहिले कांग्रेस-एमाले गठबन्धन कायमै राख्नुपर्ने स्थिति रहेको भन्दै प्रधानमन्त्री नेपाल र नेता ओलीले केन्द्रीय कमिटी बैठकमा यसबारेमा छलफल गर्नुपर्ने कुरालाई पुनः जोड दिनुभएको छ। केन्द्रीय कमिटीको बैठक बसी पूर्वनिर्णय नउल्ट्याएमा एमालेले आज संसद्को बैठकमा कांग्रेस नेता पौडेलको विपक्षमा मतदान गर्नुपर्ने हुन्छ। मंगलबार स्थायी कमिटीको बैठक बस्नुअगाडि पार्टी अध्यक्ष खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको थियो। भेटमा यो निर्वाचनप्रक्रिया अन्त्य भएपछि एमालेका तर्फबाट आफूले उम्मेदवारी दिने र त्यसका लागि सहयोग गर्न प्रचण्डसमक्ष खनालले आग्रह गर्नुभएको थियो। माओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पनि उम्मेदवारी दिने तर आफ्नो पार्टीले अन्यले सहयोग गर्ने स्थिति नभएमा सहयोग हुने आश्वासन खनाललाई दिनुभएको थियो।

संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुले एमालेले लोकतान्त्रिक गठबन्धन परित्याग गर्न लागेको भन्दै आपत्ति प्रकट गरेका छन्। उनीहरुले कांग्रेस-एमालेसहितको लोकतान्त्रिक गठबन्धनलाई कायम राख्न सुझाव दिएको दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले जानकारी दिनुभयो। साना दलको मंगलबार राजधानीमा बसेको बैठकले दलहरुलाई सत्तालिप्साको खेलमा नलाग्न पनि सुझाव दिएका छन्।
एकीकृत नेकपा माओवादी ले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने पुरानो अडान पुनः दोहोर्याएको छ। उसले आफ्नो नेतृत्वमा सरकार बन्न नसक्ने भएपछि मात्रै अन्य विकल्पमा सोच्न सकिने जनाएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको पदाधिकारी बैठकले माओवादी नेतृत्वको राष्ट्रिय सरकारलाई सघाउन कांग्रेस र एमालेलाई आग्रह गर्ने निर्णय गरेको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। बैठकले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई आग्रह पनि गरेको छ। सरकार बनाउनका लागि माओवादी र एमालेका शीर्ष नेतृत्वबीच बाक्लै छलफल हुँदै आएका छन्। पार्टीभित्रको जिम्मेवारी हेरफेर सरुवा र बढुवाका लागि महासचिव रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक