20110118

अमेरिकाको पेन्सिलभेनियामा मोटर दुर्घटनाः डा. कृष्णहरि बराल सख्त घाइते , आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध

नेपाली साहित्यका समालोचक एवं वरिष्ठ गीतकार डा. कृष्णहरि बराल अमेरिकाको विभिन्न राज्यहरुको स्थलमार्गबाट भ्रमण गरिरहेको बेला मोटर दुर्घटनामा पर्नु भएको छ । पत्नी श्रीमति सुष्मा बराल, छोरा स्वप्नील र छोराको साथी सन्तोष अधिकारी सहित चार जनाको टोली उक्त भ्रमणको शिलशिलामा बोष्टनबाट ओहायो गैरहेको बेला यही जनवरी २ २०१० आइतबार साँझको समयमा पेन्सिलभेनियाको I-80 Highway मा अकस्मात उक्त दुर्घटना भएको हो । गाडीमा सवार चारैजनालाई एम्बुलेन्सव्दारा तत्काल State Park स्थित Mount Nittany Medical Center मा पुर्याईयो । दुर्घटनामा पर्नेहरुमध्ये श्रीमती बराल स्वप्नील र सन्तोषलाई साधारण उपचारपछि डिस्चार्ज गरिएको छ । तर डा. बराल उक्त दुर्घटनाबाट सख्त घाइते हुनु भएको समाचार छ । वहाँको उपचारको क्रममा डाक्टरहरुले पत्ता लगाए अनुसार केही रक्त-नशाहरु -Artery ruptures_ फुटेको र पेटभित्र रगत बगिरहेको पाइएकोले वहाँलाई तत्कालै हेलिकप्टरबाट Danville, PA स्थित Geisinger...
Medical Center मा पुर्याइयो र सिधै अपरेसन कक्षमा लगियो । तर सर्जनहरुले रगत बगिरहेको नरोकिएसम्म सर्जरी गर्न नसकिने कुरा बताए । त्यसैले उहाँलाई पर्याप्तमात्रामा रगत दिईसकेपछि ४ जनवरीका दिन सर्जरी पूर्ण सफलताकासाथ सम्पन्न भयो । त्यसपछि १५ जनवरीसम्म उहाँलाई आई.सि.यु.मा राखि उपचार गरियो र हाल वहाँलाई साधारण वार्डमा सारिएको छ । पारिवारिक सुत्रका अनुसार अब वहाँ गम्भीर खतराबाट भने मुक्त हुनुहन्छ तर पनि अहिलेसम्म अस्पतालमै वहाँको उपचार भैरहेको छ ।  आफ्नो छोरा स्वप्नीलको दिक्षान्त समारोहमा भाग लिन नेपालबाट गत महिना अमेरिका आउनुभएका बराल दम्पति यही फेब्रुअरीको पहिलो हप्ता नेपाल फर्किने योजना थियो । अचानक उक्त दुर्घटना हुन गएकोले डाक्टरहरुको सल्लाह बमोजिम वहाँहरुको अमेरिका बसाई लम्बिने भएको छ । अन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै  बरिस्ठ गीतकार कृष्णहरी बराल मोटर दुर्घटनामा परी घाइतेहुनु भएको खबरले मन्च दुखित भएको जनाउदै वहाँ र घाइते अन्यको पनि शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। वहाँ लाई आर्थिक सहयोगका लागि पनि सबै सँग आग्रह गर्नुभएको छ ।     वहाँहरु भिजिटर भएको र छोरा पनि विद्यार्थी नै रहेकोले वहाँहरुलाई यस आपतकालिन अवस्थामा आर्थिक संकट पर्न गएको छ । अतः अमेरिकामा बसोबास गर्ने साहित्यकार कलाकार तथा मानवीय समवेदनामा बिचार पुर्याउने सबै महानुभावहरुसंग आर्थिक सहयोगको लागि आव्हान गर्दछौं ।  यसका लागि हामीले (Pay-Pall) पेपाल मार्फत कृष्णहरि बराल सहयोग कोष खाता खोलेका छौँ । निम्न कृष्णहरि बराल सहयोग कोष लिँकमा गएर आफुले सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गदछौँ ।वहाँका बारेमा विस्तृत जान्न परेमा निम्न महानुभावहरुसंग सम्पर्क गर्नुहोला ।   
-ज्ञानेन्द्र गदाल, कोलोराडो ३०३ २२९ २०३९
-बासु श्रेष्ठ, भर्जिनीया ७०३ ३३८ ७८२८
-स्वप्नील बराल, हाल पेन्सिलभेनिया:  ८१७ ३३३ ७१७०
 आर्थिक सहयोग र मानवीय सद्भावनाका लागि सबै महानुभावहरुमा अग्रिम आभार प्रकट गर्दछौँ ।
  कृष्णहरि बराल सहयोग कोष लिँक:

https://www.paypal.com/cgi-bin/webscr?cmd=_s-xclick&hosted_button_id=ZQ7SK6XTWGCY6
- बासु श्रेष्ठ

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक