20110119

कुमार कान्छाको निधन लगत्तै फेरी तीन सय भन्दा बढी चलचित्र तथा टेली चलचित्रमा अभिनय गरेकी कलाकार शान्ति मास्केको मंगलबार राति ८३ वर्षको उमेरमा निधन !

 अन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै तीन सय भन्दा बढी चलचित्र तथा टेली चलचित्रमा अभिनय गरेकी कलाकार शान्ति मास्केको मंगलबार राति ८३ वर्षको उमेरमा भएको दु:खद निधनले मन्च परिवार पुरै स्तब्ध भएको बताउनुभएको छ । यस् दु:खद घडीमा स्वर्गिय कलाकार शान्ति मास्के प्रती हार्दिक श्रध्दान्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र वहाँका सम्पूर्ण दर्सक, शुभचितकहरुमा हार्दिक समबेदना प्रकट गर्नुभएको छ। कलाकार मास्केको मंगलबार राति ८३ वर्षको उमेरमा निधन भएको छ । उनी मुटु रोगबाट पीडित थिइन ।उनके पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । उनको शहीद गंगाला हृदय केन्द्रमा उपचारका क्रममा...
 निधन भएको हो । चलचित्र 'हिजो,आज,भोलि' बाट २०२३ सालतिर नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी मास्के त्यसपछि निरन्तर नेपाली चलचित्रसंग गाँसिएरै रहेकी थिइन । सन्तान,नाशो लगायत तीन सय भन्दा बढी चलचित्र तथा टेली चलचित्रमा अभिनय गरेकी छन् । प्रधानमन्त्री माधवकुमार नेपाल,संचारमन्त्री शंकर पोखरेल लगायत विभिन्न दलका नेता तथा विशिष्ठ व्यक्तिहरु मास्केलाई अन्तिम श्रद्धान्जलि दिन प्रज्ञा भवन पुगेका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक