20110210

गृह मन्त्रालय माओवादी लाई नदिने र सात बुँदे सहमतिको औचित्यमाथि एमाले नेताहरुले प्रश्न उठाएपछि माओवादी असन्तुष्ट


झलनाथ प्रधानमन्त्री भएको एक हप्ता नबित्दै गम्भिर संकटमा ! माओवादी पनि सरकारमा नजाने रे, तीन जना मन्त्री त बने तर बिना बिभागीय, हरे शिव यि कुर्सिका भोकाहरुको नौटँकी ! शान्ती, संबिधान, देश र जनता को कसलाई के मतलब हगी !!??
          माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले गरेको त्यागलाई एमालेले कमजोरी ठानेपछि सरकारमा नजाने निर्णय गरेको बताएका छन् । सरकार निर्माण प्रक्रियामा भएका सहमतिको पालना एमालेले नगर्ने भएपछि माओवादी बाध्य भएर झलनाथ नेतृत्वको सरकरकामा सहभागी नहुने निर्णय गर्नुपरेको उनले बताए । गोरखाको मिरकोट माध्यमिक विद्यालयको स्वर्ण महोत्सब समापन समारोहमा बिहीबार बोल्दै भट्टराईले सरकारमा नगएतापनि गुण र दोषको आधारमा बाहिरबाट भने सहयोग गर्ने उल्लेख गरे । एमालेप्रति बढी आक्रमक देखिएका नेता भट्टराईले भने, 'मन्त्रीमण्डलमा सबैलाई मिलाएर लैजाने सहित भएको थियो । तर उसले एक हप्ता सम्म सहमति भएकै बुँदामा निहु खोज्ने काम गर्‍यो ।' पार्टीभित्र फरक मत राखेपनि इमान्दारीपुर्वक भोट हालेर झलनाथलाई
प्रधानमन्त्री बनाएको दावी गर्दै पार्टीको सदासयता र उदारतालाई एमालेले कमजोरी ठानेपछि सरकारमा नजाने निर्णय गरेको भट्टराईको भनाई रहेको छ । झलनाथलाई पटक पटक सहमति भएका बुदाँहरु पालना गरि सरकार अगाडि बढाऔ भन्दा हप्ता दिन बिताईदिएको उनको अरोप थियो । प्रधानमन्त्री खनाललाई कुबिन्डोमो खुट्टो लगाए जस्तो भएको ब्यगं गर्दै भट्टराईले भने, 'अगाडि बढाउन खोज्यो बढ्दै बढ्दैन । समर्थन फिर्ता लिउ आफैले भर्खर बनाएको सरकार । धर्मसंकटमा परियो । जसले गर्दा बिचको बाटो रोज्यौ ।'
एमालेलाई समर्थन गरेर सरकार निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको माओवादी सरकारमा सहभागी नहुने भएको छ । मन्त्रालय बाँडफाँट र एमालेसंग भएको सात बुँदे सहमति कार्यान्वयनमा असमझदारी भएपछि माओवादी सरकारमा नजाने निर्णयमा पुगेको हो । यद्यपी सरकारलाई दिएको समर्थन भने यथावत रहने जनाएको छ ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत दुई दलका शीर्ष नेताबीच भएको वार्तामा कुरा नमिलेपछ माओवादीले सरकारमा जानुको औचित्य नभएको बताएको छ । बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी सरकारमा सहभागी नहुने संवाददातहरुलाई बताए ।'सात बुँदे सहमति कार्यान्वयनमा एमालेमाथि गम्भीर आशंका बढेको छ,'श्रेष्ठले भने-'सम्झौताको भावना अनुसार मन्त्रिमण्डल गठनमा पनि उ अडि्एन । यस्तो परिस्थितिमा हामी एमाले नेतृत्वको सरकारमा सहभागी नहुने निर्णयमा पुगेका छौं ।'उनले नयाँ गठबन्धन असफल बनाउन विदेशी चलखेल बढेको बताए । गृह मन्त्रालय माओवादी लाई नदिने र सात बुँदे सहमतिको औचित्यमाथि एमाले नेताहरुले प्रश्न उठाएपछि माओवादी असन्तुष्ट बनेको स्रोतले जनाएको छ ।
गृह लगायत प्रमुख १० मन्त्रालय माओवादीलाई दिने पूर्व सहमति एमालेले फेरेको माओवादीको आरोप छ । दुई दलबीच कुरा नमिलेकै कारण प्रधानमन्त्रीले सपथ लिएको पाँच हुन लाग्दा पनि मन्त्रिपरिषद् गठन हुन सकेको छैन । प्रधानमन्त्री खनालले गत आइतबार सपथ लिएका थिए । माओवादीको समर्थनमा बनेको एमाले अध्यक्ष खनाल नेतृत्वको सरकार माओवादीको पछिल्लो निर्णयले संकटमा परको छ ।
यसैबीच आज एमालेका तीन मन्त्रीले शपथ लिएका छन्। एमालेले यसअघि मन्त्री बनाएका तीन जना भरतमोहन अधिकारी, विष्णु पौडेल र गंगालाल तुलाधरले मन्त्रालयको विभाजन बिना शपथ लिए। मन्त्रालयको नाम नदिएको माओवादीलाई फकाउन रे। तर भने उनीहरुले क्रमशः अर्थ, गृह र शिक्षा कै काम गर्छन् रे।

1 comment:

  1. I used to love them when i was small and they have madan bhandari.I truly hate amale.They are greedy.It dosen't mean that maobadi is good.They killed lot's of innocent people.Now gays political parties killed people physically or mentally.All are same.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक