20110215

एमाले सरकार एमालेकै कारण ढल्न बेर छैन, झलनाथ द्वारा केपी ओली सहित आफ्नै मन्त्री बिष्णु पौडेल र पार्टी सचिब शंकर पोखरेल लाई बालुवाटार प्रबेश मा रोक, माधव केपी एक, झलनाथ संकटमा

प्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालले पार्टर्ीी वरिष्ठ नेता केपी शर्मा ओलीलाई बालुवाटार प्रवेशमा रोक लगाएका छन् । एकीकृत नेकपा माओवादीसँग भएको सहमतिको विपक्षमा उभिएको भन्दै प्रधानमन्त्री खनालले आफ्नो निवासमा वरिष्ठ नेता ओलीलाई प्रवेश निषेध गरेका हुन् । स्रोतका अनुसार मंगलबार साँझ खनालसँग भेट गर्न पुगेका ओलीसहितका तीन नेतालाई खनालको आदेशमा तीन नम्बर गेटबाट फिर्ता पठाइएको छ । 'प्रधानमन्त्रीज्यूबाट भित्र प्रवेश नदिनु भन्ने आदेश छ, जान पाइँदैन हजुर,' समय लिएर नै स्कर्टिङसहित खनालसंग भेटन पुगेका बरिष्ठ नेता ओलीलाई सलाम हान्दै गेटमा खटिएका सुरक्षकर्मीले भने । खनाल नेतृत्व सरकारमा पार्टर्ीी गृहमन्त्रीको सिफारिश गरिएका मन्त्री तथा पार्टर्ीीचिव बिष्णु पौडेल र अर्का सचिव शंकर पोखरेलसहित खनालसंग भेट गर्न साँझ साँढे आठ बजे ओली बालुवाटार पुगेका थिए । बिना बिभागीय मन्त्रीको रुपमा सपथ लिएका पौडेल संभवत प्रधानमन्त्री निवासमा प्रवेश नपाउने पहिलो मन्त्री हुन । उनलाई समेत प्रधानमन्त्रीकै आदेश भन्दै प्रवेशमा रोक
लगाइएको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री खनालबीच चार बुँदे सहमति हुनुअघि ओलीसंग साँझ साँढे आठ बजे भेटने कार्यक्रम तय भएको थियो । ओलीले फोन गरी भेटन समय मागेपछि खनालले नै सो समय दिएको ओली निकट एक सदस्यले जानकारी दिए । प्रधानमन्त्री खनालले पार्टर्ीीनर्ण्र्ााबिपरित गृह मन्त्रालय माओवादीलाई दिने तयारी गरेपछि आफुसहित बरिष्ठ नेता तथा पर्ुव प्रधानमन्त्री माधवकुमार नेपाल, उपाध्यक्ष बिद्या भण्डारी, र सचिवद्वय पौडेल र पोखरेलको हस्ताक्षर सहितको पत्र बुझाउन ओली बालुवाटार पुगेको स्रोतले बतायो ।
पार्टर्ीीनर्ण्र्ााअनुरुप गृहमन्त्री र शिक्षा मन्त्रीलाई जिम्मेवारी दिन नेपाल र ओलीसहित एमाले स्थायी समितिका पाँच सदस्यले हस्ताक्षर गरी खनाललाई पत्र बुझाउने तयारी गरिएको थियो । 'तत्काल स्थायी समितिको निर्ण्र्ााकार्यान्वयन गर्नर्ूपर्छ, अन्यथा परिणाम पनि गम्भीर हुन्छ,' पत्रमा भनिएको छ ।
खनालले बालुवाटर प्रवेश नै नदिएपछि सो पत्र फिर्ता लिएर दस मिनेटपछि नेताहरु फर्किएका थिए । तीन नम्बर गेटबाट प्रधानमन्त्री खनाललाई फोन गर्दा समेत नउठाएको सहभागी एक नेताले बताए । मन्त्री पौडेललाई समेत सुरक्षाकर्मीले भित्र प्रवेशमा रोक लगाएका थिए । बालुवाटारमा प्रवेश निषेध गरिएका ओलीले नै केन्द्रीय कमिटी बैठकमा खनाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक