20110213

अमेरिकामा पर्यटन बर्ष २०११ प्रबर्धन एबम बिस्वमा बढ्दै गैरहेको तापमान र यसका कारण तथा निबारण सम्बन्धी एक बिशेष कार्यक्रम

डिसी मेट्रो एरिया अमेरिकामा प्रबुद्ध नेपालीको उदाहरण मानिने सिपीए हरि शर्मा को बिशेष सक्रियता र पहलमा, बाना को सहयोगमा बाल्टिमोरमा आयोजित पर्यटन बर्ष २०११ प्रबर्धन एबम बिस्वमा बढ्दै
गैरहेको तापमान र यसका कारण तथा निबारण सम्बन्धी एक बिशेष कार्यक्रम नेपाली राजदुत डा शंकर शर्मा को प्रमुख आतिथ्य मा सम्पन्न भयो। सगरमाथा आरोही एबम नेपालकै गौरब एसी शेर्पा (जो पर्यटन बर्ष को सदभावना राजदुत पनि हुनुहुन्छ), राजदुत शर्मा, अमेरिका स्थित नेपाली बैज्ञानीकहरु द्वय डा. श्याम कार्की र डा. महेन्द्र कार्की, डा. गोबिन्द तिमील्सिना, एन आर एन अमेरिकाका अध्यक्ष्य सुमन तिमील्सिना, सिपिए हरि शर्मा, राजन घिमिरे, रबिना थापा, राष्ट्रिय तेक्वान्दो खेलाडी नारायण गुरुङ, अमेरिकि प्रोफेसर तथा अन्य बक्ताले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको पर्यटन प्रबर्धन २०११ र तापमान बढ्दै गैरहेका सान्दर्भमा यसका कारण र समाधान का बिषयमा आ आफ्ना मन्तब्य राख्नुभएको थियो । बक्ताहरुले एसी शेर्पाको योगदान को पनि खुलेर प्रसँसा गर्नुभएको थियो । कार्यक्रम को सभापतित्व बाना अध्यक्ष्य रबिना थापा, सन्चालन क्रिस घिमिरेले गर्नुभएको थियो भने सो अबसरमा १५ मिनेट को ब्रित्तचित्र पनि प्रस्तुत गरिएको थियो एसी शेर्पा र सगरमाथा आरोहण का बारेमा । डा कार्कीले विश्व तापमान का सन्धर्बमा कार्यपत्र पनि प्रस्तुत गर्नुभएको थियो भने पप गायक राजु लामाले एउटा देश भक्ती पप गीत गाउनुभएको थियो । कार्यक्रमका सँयोजन कर्ता, नेपाल मदर डट कम का सल्लाहकार सिपिए हरि शर्माले सबैलाई कार्यक्रम सफल पार्न सहयोग गर्नुभएको मा धन्यवाद ब्यक्त गर्नुभएको थियो । बाँकी समाचार भिडियो र फोटोमा हेर्नुस्







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक