20110305

किशुन जी संगै डायमनशमशेर राणा पनि स्वर्ग तर्फ प्रस्थान !

बाचुन्जेल अपमान, मरे पछी सम्मान पाइने देश नेपाल, गोहीका आसुँ झार्ने र मरेपछी गुणगान गाउने काम जारीछ किशुन जी र डायमण्ड समशेरलाई पनि !   
हिजो निधन हुनुभएका बरिष्ठ साहित्यकार डायमण्ड समशेर राणाको आज अन्त्येष्टि गरिएको छ। उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टि अघि राणाको शव श्रद्धाञ्जलीका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो। उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री, मन्त्रीगण, विभिन्न राजनीतिक दलका नेता एवम् साहित्यकारहरुले श्रद्धान्जली अर्पण गरेका थिए।
वरिष्ठ उपन्यासकार डायमनशमशेर राणाको ९४ वर्षो उमेरमा शुक्रबार साँझ निधन भएको छ। मंगलबार एक्कासि बेहोस भएपछि नर्भिक अस्पताल लगिएका राणाको उपचारका क्रममा शुक्रबार साँझ
६ः४० बजे निधन भएको थियो। अस्पतालका अनुसार उहाँका दुवै मृगौलाले काम गर्न छाडेका थिए। डा. राजेन्द्र अग्रवाल र डा. श्यामबहादुर पाण्डेद्वारा उपचार गरिएका राणाको मृगौलाको डायलोसिस गर्ने क्रममा निधन भएको हो। डायमनशमशेर फाउन्डेसनका सल्लाहकार मोहन कार्कीका अनुसार राणा २२-२३ वर्षगाडिदेखि मृगौलारोगबाट पीडित हुनुहुन्थ्यो। राणा आउँदो असार २१ गते जन्मदिन मनाउने तयारीमा हुनुहुन्थ्यो। ँत्यही अवसर पारेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर नेपालमा छिटो संविधान बनोस् भन्ने पत्र बुझाउने योजनामा हुनुहुन्थ्यो,’ कार्कीले भन्नुभयो- ँभव्य रूपले मनाउन लागिएको उहाँको जन्मदिनको योजना अपूरो नै र³यो।’

मधुमेहबाट पनि पीडित राणालाई केही समयदेखि घुँडा दुख्ने, अनुहार सुन्निने र उच्च रक्तचापजस्ता समस्याले ग्रस्त पारेको थियो। साथै उहाँको शरीरमा हेमोग्लोबिनको पनि कमी थियो। दर्ुइ वर्षघि उहाँलाई हृदयघात हुँदा डा. भारत रावतको टोलीले एन्जिओप्लास्ट गरेको थियो। राणा उपन्यास समाज नेपालका संस्थापक अध्यक्षसमेत हुनुहुन्थ्यो। समाजका महासचिव शंकर भारतीले राणापरिवारमा जन्मेर पनि प्रजातन्त्रप्रति बढी आस्थावान् हुनु उहाँको महानता भएको बताउनुभयो। ँउहाँ कहिल्यै कुनै राजनीतिक, आर्थिक प्रलोभनमा पर्नुभएन,’ भारतीले भन्नुभयो- ँपञ्चायतको विरोध गर्दा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीजस्ता राजनीतिक हस्तीसँग जेल पनि बस्नुभएको थियो।’  परिवारका साथ कुपन्डोलमा बस्दै आउनुभएका राणाको परिवारमा एक छोरा र एक छोरी छन्। उहाँकी पत्नी बालिका राणाको तीन वर्षघि नै निधन भएको थियो।

वि.सं. १९७५ असार २१ गते पाल्पामा जन्मनुभएका उहाँ १९ वर्षो उमेरदेखि साहित्यमा प्रवेश गर्नुभएको थियो। उहाँका वसन्ती (२००६), सेतो बाघ (२०३०), सत्प्रयास (२०३८), प्रतिबद्ध (२०३४), अनिता -२०४५) लगायत उपन्यास नेपाली साहित्यमा चर्चित मौलिक कृतिका रूपमा रहेका छन्। उहाँका उपन्यासहरू विदेशी भाषामा समेत प्रकाशित भई पाठकको रुचिमा अग्रणी स्थान प्राप्त गर्दै आएका छन्। राणा उपन्यास लेखनलगायत अन्य साहित्यिक गतिविधिमा पनि सक्रिय हुनुहुन्थ्यो।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वक्तव्य जारी गर्दै राणाको निधनबाट राष्ट्रले एक कुशल साहित्यकार गुमाउनुपरेको उल्लेख गर्नुभएको छ। ँउपन्यासलगायत साहित्यक्ष्ँेत्रमा रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिमा उहाँले पुर्याएको योगदानलाई कसैले पनि बिर्सन सक्दैन,’ वक्तव्यमा उल्लेख छ- ँउहाँको निधनबाट राष्ट्रलाई अपूरणीय क्षति भएको छ।’
https://lh3.googleusercontent.com/-Xtu-QAhmADA/TXQROwAbIRI/AAAAAAAAKDY/U8TBG6wAbdI/s1600/advr.JPG

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक