20110307

पौडेललाई रक्षा मन्त्रालय र तुलाधरलाई शिक्षा मन्त्रालय !

माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले झलनाथ खनाल नेतृत्वको सरकारको आयु जेठ १४ गतेसम्म मात्रै भएको बताए !
प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ र ४० बमोजिम नियुक्त भई कार्यभार तोकिन बाँकी रहेका दुई मन्त्रीको आज कार्यविभाजन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएअनुसार विष्णुप्रसाद पौडेललाई रक्षा मन्त्रालय र गङ्गालाल तुलाधरलाई शिक्षा मन्त्रालयको कार्यभार तोकिएको हो। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले झलनाथ खनाल नेतृत्वको सरकारको आयु जेठ १४ गतेसम्म मात्रै भएको बताएका छन्। रिपोर्टर्स क्लबले सोलुखुम्बुमा गरेको कार्यक्रममा जेठ १४ गतेभित्रमा राष्ट्रिय सहमति कायम गरेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र नयाँ संविधान जारी गर्ने जिम्मेवारीका साथ खनाल नेतृत्वको सरकार बनेकाले त्यसभित्र जिम्मेवारी पूरा नगरे सरकार नरहने स्पष्ट पारे। उनले जेठ १४ भित्र संविधान बनाउन नसके मुलुक अप्ठ्यारो अवस्थामा पुग्ने चेतावनी पनि दिए। उनले नेपाली कांग्रेसलाई पनि साथै लैजाने सहमतिका साथ सरकार निर्माण गरिएको भन्दै शान्ति र संविधानका लागि कांग्रेस पनि सरकारमा आउनुपर्ने धारणा राखे। एमालेभित्र सातबुँदे सहमति कार्यान्वयनलाई लिएर उत्पन्न
विवाद प्रति व्यंग्य गर्दै भट्टराईले भने, “एमालेको चरित्र नै त्यस्तो हो। सहमति गर्ने तर कार्यान्वयन नगर्ने।”

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक