20110311

भूकम्पका कारण प्रशान्त महासागरमा सुनामी, जापान अस्तब्यस्त, शहरनै समुन्द्री छालले बगाउँदै, कती मरे ? कती के के भयो ? हिसाब किताब नै छैन, साबधान यो कतै २०१२ को भनिए जस्तै महा बिपत्ती को संकेत त होइन ??!!

Breaking News...
Exclusive Live Videos, Photos From Japan        
रुस, ताइवान, इन्डोनेसिया, लगायत न्युजिल्यान्ड, हवाई, दक्षिणी तथा मध्य अमेरिकी देश चिली, होन्डुरस, एल साल्भाडोर, निकारागुआ, पनामा, पेरु, कोलम्बिया देशमासमेत चेतावनी

८ दशमलव ९ रेक्टर स्केलको महाभूकम्पका कारण आएको सुनामी (विनाशक समुद्री छाल)ले उत्तरी जापानको सेन्दाइ सहरका सिङ्गै नगरहरु बगाएको छ। जापानका अरु प्रान्तहरुमा पनि भूकम्पका कारण क्षति भएको तर विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ। सुनामी (विनाशक समुद्री छाल) आउन
सक्ने भन्दै रुस, ताइवान, इन्डोनेसिया, लगायत न्युजिल्यान्ड, हवाई, दक्षिणी तथा मध्य अमेरिकी देश चिली, होन्डुरस, एल साल्भाडोर, निकारागुआ, पनामा, पेरु, कोलम्बिया देशमासमेत चेतावनी दिइएको छ। सामान्यतया ६ रेक्टरस्केलको भूकम्पलाई विनाशक मानिन्छ। जापानको राष्ट्रिय टेलिभिजन एनएचकेका दृश्यहरुमा अग्ला घरहरु र तेल प्रशोधन केन्द्रमा आगो लाग्दै गरेको, मानिसहरु भाग्दै गरेको र ज्वालामुखीबाट निस्कने लाभा जस्तो समुद्री छालले नगर पूरै बगाएर विध्वंस गरिरहेको दृश्य देखिएको छ।









अमेरिकी भूगर्भ सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी टोक्योबाट ३ सय ७३ किलोमिटर टाढा थियो तर त्यहाँ पनि भूकम्पको धक्का महसूस गरिएको थियो। भूकम्पका कारण टोक्यो र वरपरका ४० लाख घरमा विद्युत आपूर्ति बन्द भएको छ। भूकम्पका कारण प्रशान्त महासागरमा सुनामी आएको छ। प्रशान्त महासागर छोएका ताइवान, फिलिपिन्स लगायत विभिन्न देशका समुद्री किनारमा सुनामी पुगेको छ।

उत्तरी जापानको सेन्दाइको पुस्तक पसलमा सिलिङ खस्दै। तस्बिरः एपी


उत्तरी जापानको सेन्दाइको पुस्तक पसलमा सिलिङ खस्दै। तस्बिरः एपी


टोक्यो नजिकैको इचिकावाको तेल प्रशोधन केन्द्रमा लागेको आगो। तस्बिरः एपी


मियागी राज्यको सेन्दाइमा सुनामीले घर बगाउँदै। तस्बिरः एपी


मियागी राज्यको सेन्दाइमा सुनामीले घर बगाउँदै। तस्बिरः एपी



महाभुकम्प गएपछि उद्धारको लागि तयारी गर्दै। तस्बिर : एपी


महाभुकम्पले पुर्‍याएको क्षति। तस्बिर : एपी


कोरियामा रहेका जापानी नागरिक जापानमा भएको महाभुकम्पको जानकारी टिभीबाट लिँदै। तस्बिर :एपी


सुनामीले क्षति पुर्‍यापछि सेन्दाइको दृश्‍य। तस्बिर : एपी


सुनामीले क्षति पुर्‍यापछि त्यहाँका डिपार्टमेन्ट स्टोरहरुमा सामान किन्नेको भीड बढेको छ। तस्बिर : एपी


रेल कुर्दै यात्रुहरु। भुकम्प र सुनामीले क्षति पुर्‍याएपछि रेल सेवा ठप्प छ। तस्बिर : एपी


सुनामीले क्षति पुर्‍याएको दृश्‍य। तस्बिर : एपी


सुनामीले क्षति पुर्‍याएको दृश्‍य। तस्बिर : एपी


तेल प्रसोधन केन्द्रमा लागेको आगो। तस्बिर : एपी
विश्वमा अहिलेसम्म कै सबैभन्दा ठूलो भूकम्प १९६० को मे २२ मा चिलीमा गएको थियो। सो भूकम्पको तीव्रता ९.५ रेक्टर स्केल थियो।

नेपालमा पनि भूकम्प
रसुवामा हिजो राति १० बजेर ३४ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ। जिल्लाको सारसीन आसपास सो भूकम्पको केन्द्रविन्दु रहेको खानी तथा भूगर्भ विभागले आज जनाएको छ।

1 comment:

  1. Please join us at http://www.facebook.com/home.php?sk=group_202085283154931&ap=1

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक