20110312

सुनामीको प्रभाव अमेरिका, क्यानडा, अलास्कासम्म, जापानमा अहिलेसम्मकै शक्तिशाली भूकम्प गएको र त्यसले ल्याएको डरलाग्दो सुनामीले पूर्वी तटीय क्षेत्रलाई तहसनहस पारेको छ

अहिलेसम्मकै शक्तिशाली भूकम्प जापानमा गएको र त्यसले ल्याएको डरलाग्दो सुनामीले पूर्वी तटीय क्षेत्रलाई तहसनहस पारेको छ। विनाशकारी महाभूकम्प र सुनामीका कारण हालसम्म मर्नेको संख्या
३ सय नाघेको छ। सुनामी प्रवेश गरेका तटीय शहरबाट छालले डुंगा, गाडी तथा घरहरू बगाएर लगेको र तेल प्रशोधन केन्द्रलगायत भवनमा लागेको आगो नियन्त्रणबाहिर रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्। करिब ५ सय माइल प्रतिघण्टाको वेगमा रहेको सुनामीको खतरा धेरै टाढा दक्षिण अमेरिका, क्यानडा, अलास्का र अमेरिकाको पश्चिम तटीय क्षेत्रहरूमा समेत रहेको जनाइएको छ। शुक्रबार दक्षिण चीनको तटीय क्षेत्रलाई प्रहार गरिसके पनि त्यहाँ सुनामीबाट खासै क्षति नपुगेको जनाइएको छ। सुनामीले शनिबारसम्ममा अस्टे्रलिया, न्युजिल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स, ताइवान र दक्षिण अमेरिकी मुलुक चिलीसम्मका तटीय
क्षेत्रहरूलाई प्रहार गर्ने अनुमान गरिएको छ। जापानको राजधानी टोक्योबाट उत्तरपश्चिमी क्षेत्र होन्सु टापुमा पर्ने किवातो जिल्लामा इतिहासमै सबैभन्दा शक्तिशाली ८ दशमलव ९ रिक्टरस्केल मापन गरिएको भूकम्प गएपछि प्रशान्त महासागरमा करिब १० मिटर अग्लो सुनामी आएको थियो। उक्त महाभूकम्पपछिको केही घण्टासम्म त्यहाँ करिब २० पटकभन्दा बढी भूकम्पका धक्का महसुस गरिएको र तिनीहरूमध्ये धेरैजसो ६ रिक्टरस्केलभन्दा बढी मापन भएको जनाइएको छ। सुनामीले भूकम्पको केन्द्रविन्दुनजिकको सेन्दाई शहरमा रहेको एक बन्दरगाह क्षेत्रलाई नराम्रो असर पारेको छ। क्योदो समाचार एजेन्सीले १ सय जना यात्रु बोकेको एउटा जहाजलाई सुनामीले बगाएपछि यात्रुहरू बेपत्ता भएको जनाएको छ। त्यसै गरी भूकम्पका कारण जापानको उत्तरपर्ूर्वी फुकुसिमा क्षेत्रको बाँध फुटेपछि थुप्रै घर बगाएको उक्त एजेन्सीले जनाएको छ।

प्रहरीले उत्तरपर्ूर्वी तटीय शहर सेन्दाईमा ३ सय शव प्राप्त भएको जानकारी दिएको छ। अन्य ९० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने ३ सय ४९ जना हराइरहेको प्रहरीले जनाएको छ। भूकम्पले चिबा जिल्लामा रहेको एक तेल प्रशोधन केन्द्रमा क्षति पुर्याएको छ भने उक्त केन्द्रमा लागेको आगो नियन्त्रणबाहिर रहेको छ। आगो फैलन गई वरपरको क्षेत्र दन्किरहेको छ। प्रहरीले महाप्रकोपको स्वरूप र मापन हेरेर मृतकसंख्यामा लगातार वृद्धि हुने देखिएको जनाएको छ। २ हजार १ सय किलोमिटर फैलिएको जापानको उत्तरपर्ूर्वी तटीय क्षेत्रका दर्जनौं शहर तथा गाउँ उक्त विनाशकारी महाभूकम्पको धक्काबाट नराम्रोसँग प्रभावित भएका छन् भने भूकम्पको केन्द्रविन्दुबाट सयौं किलोमिटर दूरीमा पर्ने राजधानी टोक्योलगायत जापानको दक्षिणी क्षेत्रका शहर र न्युजिल्यान्डमा समेत उक्त भूकम्पको धक्का महसुस गरिएको थियो।

ँभूकम्पका कारण उत्तरी जापानका क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ’ राष्ट्रको नाममा सम्बोधनपछि पत्रकार सम्मेलनमा जापानका प्रधानमन्त्री नाओटो कानोले बताउनुभयो।उहाँले सम्बोधनमा उक्त विनाशकारी प्राकृतिक प्रकोपका कारण पीडित भएकाहरूप्रति समवेदना प्रकट गर्नुहुँदै जनतालाई विपत्ति परेका बेला एक-अर्कालाई सहयोग गर्न आ³वान गर्नुभयो।
भूकम्पले एउटा आणविक ऊर्जा केन्द्रलाई क्षति पुर्याएको र त्यसको कुलिङ प्रणाली प्राविधिक रूपमा खराब भएपछि त्यहाँ आपत्कालीनस्थितिको घोषणा गरिएको छ। अन्य दर्ुइवटा आणविक ऊर्जा केन्द्रहरूमा पनि संकट देखिएको समाचार आएको तर अहिलेसम्म रेडियो विकिरणको चुहावट भने नभएको जनाइएको छ।

पछिल्लो प्राप्त एक समाचारमा मियागीको एक आणविक ऊर्जा केन्द्रमा पनि आगोको लप्का देखिएको जनाएको छ। मन्त्रिपरिषद्का प्रमुख सचिव युकिओ इडानाले फुकिसिमास्थित आणविक ऊर्जा केन्द्रमा पर्ूवसावधानीका कदम चालिसकेको र उक्त केन्द्र तत्कालका लागि खतरा नहुने जानकारी दिए। भूकम्पको अनुभव गरिरहने भए पनि जापानका लागि यसपटकको भूकम्प डरलाग्दो सावित भएको छ। उत्तरपर्ूर्वी शहर सेन्दाइलगायतका तटीय शहर तथा गाउँहरूमा प्रवेश गरेको विशाल सुनामीले कयौं किलोमिटर उसको बाटोमा परेका सबै कुरा सोरेर लगेको छ। फिलिपिन्सका अधिकारीहरूले मुलुकको पर्ूर्वी सामुद्रिक तटमा सुनामी आउने अनुमान गर्दै उक्त तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थलतर्फस्थानान्तरणका लागि आदेश दिएका छन्। भूकम्पपछि राजधानी टोकियोलगायत विभिन्न शहरहरूको जनजीवन निकै नै अस्तव्यस्त बनेको छ। टोकियोको सडक पूरै ट्राफिकजामले भरिएको छ भने रेल सेवाहरू अवरुद्ध भएका छन्। मानिसहरू रेल स्टेसन र कार्यालयमै बस्न बाध्य भएका छन्। पसल र रेस्टुरेन्ट सेवालगायत विद्युत् आपर्ूर्ति बन्द भएका कारण नागरिकहरूलाई अझ कष्टकर बनेको छ। जापानको उत्तरपश्चिमी क्षेत्र होन्सु नामक टापुमा आएको ८.९ रेक्टर स्केलकको शक्तिशाली सो भूकम्पपछि टोकियोका सडकमा नागरिकहरू निकै नै हतास भई भौंतारिएका छन्।
रेलसेवा स्थगित गरिएपछि टोकियोमा मात्र दिनहुँ करिब एक करोड नागरिकलाई सेवा दिइरहेको सो सेवा पूरै प्रभावित भएको छ।  मोबाइल फोनको नेर्टवर्क सेवाले काम नगरेपछि र्सार्वजनिक टेलिफोन बुथमा सयौंको संख्यामा नागरिकको लाम लागिरहेका थिए। योकोहामा सिटी हलका अधिकारीहरूले स्टेसनमा पोस्टर टाँसेर बस्न आउनका लागि आग्रह गरेका छन् र त्यहाँ ब्लान्केट र अन्य आवश्यक सामानहरू उपलब्ध गराउने योजना रहेको जानकारी दिएका छन्।

यसबीच जापानमा गएको महाभूकम्पका कारण आएको सुनामी हवाईतर्फबढिरहेकाले त्यहाँका पर्यटक र बासिन्दाहरूलाई उचाइमा रहेका होटलहरूमा स्थानान्तरण गरिएको छ भने उक्त सुनामीको खतरा अमेरिकाको पश्चिम तटीय क्षेत्रका होचा भूमिमा समेत पर्ने जनाइएको छ। हवाईमा शुक्रबार मध्य राति साइरनबाट बासिन्दाहरूलाई खतराप्रति सचेत गराइएको र त्यहाँका गभर्नरले तटीय क्षेत्रलाई खाली गर्न आदेश दिँदै बासिन्दाहरूलाई खतरालाई गम्भीरताका साथ लिन चेतावनी दिइएको छ। हवाईसम्म पुग्दा सामुद्रिक छाल सुनामीको उचाइ ६ फिटको हुने र त्यसले स्थानीय समय शनिबार बिहान ३ बजे हिर्काउन सक्ने अनुमान गरिएको छ। जेट विमानको गति समान ५ सय माइल प्रतिघन्टाको सुनामीको बेगमा जमिनको ठूलो भूभागमा नठोक्किएसम्म परिवर्तन नआउने प्यासिफिक सुनामी वार्निङ सेन्टरका भू-भौतिकशास्त्री कोयोनागी कानोआले बताए।










































फोटो: एपी
for more photos click this link below

http://www.google.com/images?um=1&hl=en&biw=1280&bih=587&tbs=isch:1&aq=f&aqi=&oq=&q=japan%20tsunami%202011


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक