20110324

यो त अली बढी नै भयो बा ! थापा निवासमा 'गोप्य' भेला, भारतलाई नाकाबन्दी लगाउन लगाएर भए पनि खनाल नेतृत्वको सरकार ढाल्नुपर्ने प्रस्ताव ! खबरदार जे गर्नुछ आफै गर भारत नगुहार !

एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार असफल पार्न बृहत् लोकतान्त्रिक मोर्चा गठनको गृहकार्य सुरु भएको छ । एकीकृत नेकपा माओवादीको योजनामा बनेको खनाल नेतृत्वको सरकार लोकतान्त्रिक शक्तिलाई समाप्त पार्ने षडयन्त्रतर्फउन्मुख भएको भन्दै मोर्चा गठनको कसरत गरिएको हो । राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ूयबहादुर थापाको मालीगाउँस्थित निवासमा बुधबार बृहत् लोकतान्त्रिक मोर्चाको गठनबारे छलफलसमेत भएको छ । पर्ूवप्रधानमन्त्रीसमेत रहेका थापा कम्युनिस्ट तानाशाह लाद्नबाट रोक्न विगतदेखि नै लोकतान्त्रिक मोर्चा गठनको पक्षमा रहेका छन् । उनले तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालासमक्ष समेत सो प्रस्ताव राखेका थिए । माओवादीको र्समर्थनमा खनाल प्रधानमन्त्री निर्वाचित भएपछि थापाले बृहत् लोकतान्त्रिक मोर्चा गठनको अवधारणा पुनः अगाडि सारेका हुन् । थापा निवासमा भएको सो 'गोप्य' भेलामा भारतलाई नाकाबन्दी लगाउन लगाएर भए पनि खनाल नेतृत्वको सरकार ढाल्नुपर्ने प्रस्ताव गरिएको छ । स्रोतका अनुसार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा पर्ूवउपप्रधानमन्त्री विजयकुमार गच्छदारले सो प्रस्ताव गरेका हुन् । 'झलनाथ खनालको
सरकार यसै ढल्दैन, एकदर्ुइ वर्षजान्छ,' बैठकमा गच्छदारको भनाइ उद्धृत गर्दै गच्छदारनिकट स्रोतले भन्यो, 'त्यसकारण, भारतलाई नाकाबन्दी गराउन लगाएर भए पनि यो सरकार ढाल्नर्ुपर्छ ।' गच्छदारले शान्ति प्रक्रिया र संविधान निर्माण गर्ने कार्य माओवादीले भने जसरी नै हुने भन्दै उनीहरूका अनुसार संविधान बने लोकतन्त्रवादीहरू मुलुकबाटै सखाप हुने चेतावनीसमेत दिएका छन् । मुलुकले लोकतान्त्रिक संविधान पाउने सम्भावना कम हुँदै गएको भन्दै उनले तुरुन्तै 'एक्सन'मा जानुपर्ने भनाइ बैठकमा राखेका थिए । लोकतान्त्रिक मोर्चा खनाल नेतृत्वको सरकारविरुद्ध उभिए त्यसलाई भारतले र्समर्थन गर्ने जिकिरसमेत गच्छदारले गरेको स्रोतले बतायो । 'लोकतान्त्रिक मोर्चा एकजुट भए भारत नाकाबन्दी लगाउने प्रस्तावमा सहमत हुन्छ,' हालै भारत भ्रमण गरी फर्केका गच्छदारले बैठकमा भने, 'लोकतान्त्रिक मोर्चा गठन गरेर एकजुट भई हामी गयौं भने भारत सकारात्मक नै हुन्छ ।' गच्छदारले आफ्नो भारत भ्रमणबरे पनि थापा निवासमा 'ब्रिफिङ' गरेका थिए ।  स्रोतका अनुसार सो बैठकमा नेपाली कांग्रेसका जगदीश्वर नरसिंह केसी, तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीी र्सर्वेन्द्रनाथ शुक्ल र सद्भावनाका लक्ष्मणलाल कर्ण्र्ााहभागी थिए । मोर्चा गठन गरेर भारतलाई नाकाबन्दी लगाउन आग्रह गर्नुपर्ने गच्छदारको प्रस्तावलाई सद्भावनाका कर्ण्र्ाा र्समर्थन जनाए पनि तमलोपाका शुक्लले 'हतास मनस्थिति' भएको टिप्पणी गरेका थिए । उनले नाकाबन्दीले भारत र नेपाल दुवैतर्फा जनतालाई अप्ठयारो पर्ने भन्दै गच्छदारको प्रस्तावलाई इन्कार गरेका थिए । कांग्रेस नेता केसीले पनि आफ्नो दल भारतलाई नाकाबन्दी गराउन आग्रह गनर्ेर्ेेक्षमा नभएको बताएका थिए । मालीगाउँ बैठकबारे जिज्ञासा राख्दा केसी, शुुक्ल र कर्ण्र्ाा मालीगाउँ पुगेको अस्वीकार गरे । मालीगाउँ बैठकमा नगएको जिकिर गर्दै राजधानीसँग तमलोपा नेता शुक्लले भने, 'बरु, भारत जानुअघि थापाजीसँग हामी बसेका थियौं ।' लोकतान्त्रिक मोर्चा गठनका लागि थापाले गरेको प्रयासलाई साथ दिन आफूहरू सक्रिय रहेको जानकारी पनि उनले दिए, माओवादीको र्समर्थनमा एमाले अध्यक्ष खनालले सरकारको नेतृत्व सम्हालेलगत्तै थापाले बृहत् लोकतान्त्रिक मोर्चा गठन गर्ने प्रस्ताव गरेअनुसार बुधबार सो बैठक बसेको थियो । थापाले मोर्चाको नेतृत्व गर्न कांग्रेसलाई आग्रह गरे पनि कांग्रेसले स्वीकार गरेको छैन । थापाले संविधानसभामा रहेका लोकतान्त्रिक पार्टर्ीीसँग निरन्तर छलफल गरिरहेका छन् भने लोकतान्त्रिक मोर्चाको गठनबारे छलफल गर्न भारतको समेत भ्रमण गरिसकेका छन् । लोकतान्त्रिक शक्तिहरूबीच बृहत् लोकतान्त्रिक मोर्चाको गठनबारे छलफल गर्न बिहीबार अन्नपर्ूण्ा होटलमा भेलाको आयोजना गरिएको कांग्रेस सभासद् केसीले बताए । 'भोलि -बिहीबार) अन्नपर्ूण्ा होटलमा हुने भेलाले लोकतान्त्रिक मोर्चा गठनबारे छलफल गर्नेछ,' केसीले भने । भेलामा कांग्रेस, फोरम लोकतान्त्रिक, तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीीनेपाल सद्भावना पार्टर्ीीराष्ट्रिय जनशक्ति पार्टर्ीीराष्ट्रिय प्रजातन्त्र पार्टर्ीीायतका दलहरू सहभागी हुने बताइएको छ ।-प्रकाश तिमल्सिना

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक