20110309

राष्ट्रपति डा. रामवरण यादवले चिन्ता व्यक्त गरे !


बुटवल, राष्ट्रपति डा. रामवरण यादवले संविधान निर्माण र शान्ति प्रक्रियामा भइरहेको ढिलाइ कसैका लागि हितकर नहुने भन्दै गम्भीर बन्न मुख्य दललाई सुझाव दिएका छन् । उनले दलहरूबीच सहमतिको
यात्रामा देखिएको चुनौतीप्रति चिन्तासमेत व्यक्त गरेका छन् । सिर्द्धार्थ गौतम बुद्ध क्याम्पसको स्नातकोत्तर भवन उद्घाटन गर्दै राष्ट्रपति यादवले भने, 'शान्ति प्रक्रिया र संविधान निर्माणमा मुख्य दलहरू गम्भीर बन्न जरुरी छ ।' उनले आफू अभिभावक भएको हैसियतले दलहरू र सरकारको ध्यानाकर्षाण गराइरहेको बताए । 'म मुलुकको राष्टप्रमुख, मेरो काम सल्लाह दिने र समन्वय गर्ने हो, गरिरहेको पनि छु । तर, मुख्य दलहरू बढी गम्भीर हुनर्ुपर्छ,' उनले भने । शान्ति र संविधान निर्माणमा
भइरहेको ढिलाइबारे बारम्बार प्रधानमन्त्रीको ध्यानाकर्षाण गराएको राष्ट्रपतिको भनाइ थियो । उनले विगतमा पटक-पटक प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न नसक्दा मुलुक पछि परेको जिकिरसमेत गरे ।  विगतमा राजाले लोकतन्त्र नस्विकार्ने, दलहरूबीच असमझदारी बढ्नेजस्ता कारणहरूले उपलब्धि संस्थागत गर्न नसकिएको अनुभव सुनाउँदै उनले अहिलेको अवसरलाई सदुपयोग गर्न सके देश १०-१५ वर्षै समुन्नत र नमुना बन्ने विश्वास व्यक्त गरे ।
उनले लोकतान्त्रिक शासन प्रद्धति अवलम्बन गर्दै ठूलो आर्थिक उन्नति गरेका दर्ुइ छिमेकीहरूसँग समन्वय गर्ने र नेपालको अथाह साधनस्रोतको उपयोग गर्ने हो भने छिट्टै समुन्नत नेपाल निर्माण हुने बताए । यस्तै, लोकतन्त्रमा नै मुलुक र जनताको हित रहेको भन्दै सुदृढ पार्न दलहरूलगायत सबैसँग आग्रह गरे ।
'संसारमै सफल सिस्टम लोकतन्त्र हो, त्यसैले देश समुन्नत बनाउन लोकतन्त्र नै उपयुक्त छ, जहाँ जनता सर्वोपरी हुन्छन्,' राष्ट्रपति यादवले भने । उनले जनताले गरेको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाबाट नयाँ संविधान बनाउनु आवश्यक रहेको बताए । बुधबार नै आयोजित बुटवल अञ्चल अस्पतालको शतवाषिर्की कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति यादवले नेपालमा अब अन्य कुनै शासन प्रणालीभन्दा बहुदलीय प्रतिस्पर्धामा आधारित लोकतान्त्रिक गणतन्त्र उपयुक्त रहेको बताए ।
उनले जनता स्वस्थ र शिक्षित भए मात्र मुलुक समुन्नत हुने भन्दै ती विषयमा राज्य गम्भीर हुनुपर्ने बताए । उनले बुटवल अञ्चल अस्पताललाई क्षेत्रीय स्तरको अस्पताल बनाउने प्रयासमा सबै क्षेत्रबाट सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक