20110424

अल बिदा साइबाबा ! ९६ वर्षसम्म बाँच्ने आफैले घोषणा गरेका साईबाबाको ८५ वर्षको उमेरमा निधन !

Breaking News....!
कसैले उनलाई भगवान त कसैले उनलाई जादुगर पनि भन्छन । तर उनको योगदान को कदर गर्दै हामी भन्छौं उनी एक मानिस मात्र थिएनन, संसार को ध्यान आफुतिर आकर्सित गर्ने एक प्रकार का भगवान नै हुन साइ बाबा ! यदी उनिमा सक्ती थिएन भने करोडौं मान्छे कसरी भक्त बने त ! कुनै अर्को अबतार लिएर साइ बाबा फेरी जन्मियुन हाम्रो कामना !   
भारतीय धर्मगुरु साई बाबाको आज बिहान सात बजेर ४० मिनेटमा ८५ वर्षको उमेरमा निधन भएको छ। श्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि उनलाई चैत १४ गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो। यो खबरपछि उनका हजारौँ भक्तहरु साई बाबाको निधन भएको अस्पतालतिर ओइरिएका छन्। उनको पार्थिव शरीरलाई कुलवन्त हलमा राखिँदैछ। आज साँझ ६ बजेदेखि दुई दिनसम्म अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीरलाई राखिने बताइएको छ। ९६ वर्षसम्म बाँच्ने आफैले घोषणा गरेका भनिएका साई बाबाको स्वास्थ्य स्थिति बारे पूर्ण विवरण र उनको फोटो, भिडियो उनलाई अस्पतालमा भर्ना गरिएदेखि नै दिइएको थिएन। चिकित्सकहरुले आइसीयुका बिरामीको त्यस्तो भिडियो र फोटो देखाउनु मानवअधिकारविपरीत हुने बताएका थिए। स्वास्थ्य स्थिति अन्यौलमा राखेको भन्दै उनकै भक्तले उजुरी दर्ता गरेपछि साई बाबाको स्वास्थ्यसम्बन्धी प्रतिवेदन वैशाख १६ गतेसम्म बुझाउन (समाचार का साथै भिडियो हरु पनि हेर्न Read more »मा जानुस् )
भारतको आन्ध्र प्रदेश राज्यको मानवअधिकार आयोगले राज्य सरकारलाई निर्देशन दिएको थियो। साई बाबाको स्वास्थ्य बारे सत्य साई सेन्ट्रल ट्रस्ट र उपचारमा संलग्न चिकित्सकहरुबीच विवाद पनि भएको थियो। ट्रस्टले उनको स्वास्थ्य सुधार भइरहेको भन्दै १५ दिनमा आश्रम फर्काउन सकिने वक्तव्य केही दिनअघि निकालेको थियो। तर उपचारमा संलग्न श्री सत्य साई बाबा इन्स्टिच्युट अफ हाइअर मेडिकल साइन्सेजका निर्देशक ए एन सफायाले भने त्यस्तो वक्तव्य निकाल्नुअघि ट्रस्टले आफूसित सल्लाह नगरेको बताएका थिए। साई बाबाको जन्म सन् १९२६ को २३ नोभेम्बरका दिन पुट्टपर्तीमा सत्यनारायण राजुका रुपमा भएको थियो। १४ वर्षको उमेरमा उनले आफूलाई शिरडी साई बाबाको अवतार भएको घोषणा गरेका थिए। त्यतिबेलादेखि उनका विश्वभर लाखौँ भक्तहरु छन्। आफ्नै नाममा खोलिएको सत्य साई बाबा सुपर स्पेसियालिटी अस्पतालमा उपचार गराइरहेका साईको स्वास्थ्य बारे गएरातिको बुलेटिनमा उनको अवस्था एकदमै चिन्ताजनक भएको बताइएको थियो। साई बाबाको निधनको घोषणा भएपछि आज बिहानै त्यहाँका उद्योग मन्त्री गीता रेड्डीसहित वरिष्ठ सरकारी अधिकारीहरु अस्पताल पुगेका थिए। राज्य सरकारले त्यहाँको सुरक्षा कडा पारेको जनाएको छ। ६ हजारभन्दा बढी प्रहरी त्यहाँ आउने विशिष्ट अतिथिको सुरक्षाका लागि खटाइएको छ। सुरक्षाका अतिरिक्त सरकारलाई अर्बौँको सम्पति रहेको साई बाबाको ट्रस्टका उत्तराधिकारीका लागि समेत संघर्ष चर्किने भय छ।




( गजल)         
- आचार्य प्रभा

सबैको आध्यात्मिक आस्था थियौ शाई तिमी
प्रचण्ड ज्योति बन्यौ जगतमा आइे तिमी ।

धर्मको ज्योति फैलाइे दियौ तिम्ले चोखो प्रेम 
रहन्छौ सधैं भरी सबको मनमा छाइे तिमी ।

मृत्‍युको हुंकारलाई कस्ले जित्न सक्दोरैछ ?
धन्य नै बन्यौँ हामी यो जुनीमा पाइे तिमी ।


मनुष्य बनेर नै देवताको रूप लियौ
आजन्म मनमा रह्यौ सत्य बाचा खाइे तिमी ।

मेटिन्न तिम्रो शालीक भक्तरुपी मनबाट
बस्नेछौ अमीट् बन्दै हृदयमा स्थाइे तिमी ।     

(श्री सत्य शाईबाबाको निधनले भाव बिह्वल बनें । जीवनमा एक पटक भेटेर वहाँको दिब्य आशिष लिने धोको मनभित्र नै रह्यो तथापी वहाँका दिब्य उपदेश र आशिर्वाद हृदयमा आजन्म अमीट रहनेछ । वहाँको चिरआत्माको शान्तिको कामना गर्दै यो चोखो गजल वहाँमा समर्पित गर्दछु । ( रचना अप्रिल २४-२०११ )


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक