20110503

२१ मे २०११, २०६८ जेठ ७ गते शनिबार साँझ ६ बजे

Exclusive news.......!
अन्त्य हुँदैछ संसार !? अमेरिकामा सबैभन्दा बढी हल्ला !
२१ मे २०११ साँझ ६ बजे भित्र (वि.सं. २०६८/२/७ गते शनिबार) को दिन नेपाल, भारत, चीन, पाकिस्तान र अमेरिकामा राजनीतिक तथा प्राकृतिक ठूला घटना तथा दुर्घटना हुन सक्ने ज्योतिषीय अध्ययन अनुसन्धान र गणितीय हिसाबले देखिएको छ। ज्योतिषीय ग्रहहरूको गणनाअनुसार विश्वमा र नेपालमा ठूलो दैवीप्रकोप अथवा राजनैतिक घटना

 परिघटना हुने वा ठूला हस्ती मारिन सक्ने अनुसन्धानबाट देखिन्छ। कुनै प्रभावशाली नेताको निधन अथवा हत्या वा दुर्घटनाबाट मृत्युको
योग पनि परेको देखिन्छ। २१ मे २०११ साँझ ६ बजेको कुण्डली :तुला लग्नको स्वामी शुक्र सातौं भावमा पीडित भई बसेकाले नेपालको स्वतन्त्र अधिकारमा अरुले हस्तक्षेप गर्ने देखिन्छ तर लग्नमा परेको स्वगृही दृष्टिले तथा बुध, बृहस्पति र मंगलको पूर्णदृष्टिले राष्ट्रिय पहिचानमा विवेकीहरू, बुद्धिजीविहरू, कलाकारहरू र सैनिकहरू जागरुक हुनेछन् साथै सफल पनि हुनेछन्। आठौं भावमा शत्रुक्षेत्री सूर्य पीडित भई बसेको छ तथा अष्टमेश शुक्र सातौं भावमा पीडित भई बसेको छ, जसको प्रभावले शासकीय स्वरूपमा परिवर्तन आउने देखिन्छ भने धर्मभावमा बसेको केतुको प्रभावले धार्मिक संगठनबीच दंगा हुने र अन्तिममा सनातन धर्मावलम्बीले जित्ने देखिन्छ। राहु र चन्द्रमाको तृतीय भावमा परेको विषयोगले कुलतीहरूको व्यापार व्यवसाय गुप्त रूपमा फस्टाउने देखिन्छ। झलनाथ खनालको सरकार बाह्रांै भावको शनिले र तेस्रो भावको चन्द्रमाले डग्मगाउने देखिन्छ। त्यसैले राष्ट्रको दिगो शान्तिको लागि शनि, राहु र सूर्य तथा चन्द्रमाको जय–हवन सरकारको तर्फबाट हुनु आवश्यक छ। होइन भने सोही ग्रहको प्रभावले नेपालको राजनीतिक धरातलमा जो कोही हस्तीको अवसान गर्ने गराउने कामसमेत नहोला भन्न सकिन्न। नेपालमा राजनीतिक उथलपुथल मच्चिन्छ। राष्ट्रिय एकतामा आँच आउने एवं राष्ट्रिय अखण्डतालाई टुक्राउने तत्वहरू सक्रिय हुनेछन् तर त्यसको मुकाविला राष्ट्रवादी शक्ति र नेपाली सेनाले गर्ने हुँदा केही रक्तपातको स्थिति पनि नआउला भन्न सकिँदैन। जसमा राष्ट्रवादी शक्ति (सेनाको विजय हुने योग देखिन्छ। ठाउँ ठाउँमा साम्प्रदायिक दंगा, धार्मिक आतंकवाद र आपराधिक गिरोहहरूले उद्दण्डता मच्चाउने प्रबल योग देखिन्छ। प्रहरी प्रशासनमा भ्रष्टाचार व्याप्त हुने र केही प्रहरीका उच्च अधिकृतहरू कानुनी दायरामा पर्ने योग परेको छ। भारतमा अष्टमा सूर्यको प्रभावले जुनसुकै क्षेत्रमा पनि ठूला ठूला आगजनी र चन्द्रमाको प्रभावले सामुद्रिक आँधीबाट जनधनको क्षति हुने देखिन्छ। केन्द्रमा बसेको शुक्र र मंगलको विरोधपूर्ण योगले भारतको नयाँ दिल्लीमा आतंकवादी हमला हुने देखिन्छ। धार्मिक, साम्प्रदायिक ठूला घटना घट्नेछन् जसको प्रभाव नेपालमा समेत पर्नेछ। जापानमा भने राहुसँग बसेको चन्द्रमाको प्रभावले फेरि पनि सुनामी र भुईंचालोको सम्भावना देखाउँछ। उत्तरी छिमेकी राष्ट्र चीनमा पनि साम्प्रदायिक दंगा र तिब्बतको विषयलाई लिएर युद्ध भड्किने तथा प्राकृतिक प्रकोपका घटना हुनसक्ने प्रबल योग ग्रह गोचरबाट देखिन्छ। पाकिस्तानमा आतंकवादी तत्वहरू सक्रिय हुने धेरै धनजनको क्षति हुने र हिंसा भड्किने, राजनीतिक उथलपुथल हुने योग देखिन्छ। अमेरिकामा पनि आतंकवादी हमला हुनसक्ने र ठूलो दैवी प्रकोपको घटना हुनसक्ने योग देखिन्छ।

आश्चर्यजनक कुरो के छ भने जेठ ७ गतेको कुण्डली उपर्युक्त राष्ट्रहरूको एउटै पर्न गएको छ। त्यसैले विश्वमा देखिने घटनाक्रम पनि पालैसँग थोरै प्रकृतिको हुनसक्ने योग देखिन्छ। हुन त त्यसदिन विश्वमै महाप्रलय हुने भन्ने भारत र अमेरिकाका कतिपय ज्योतिष र भूगर्भविद्हरूले दावी गर्दै आए तापनि महाप्रलय नै हुने देखिदैन। नेपालको हकमा उक्त दिनदेखि पछाडि नेता र राजनीतिक दलहरूप्रति जनतामा वितृष्णा फैलिने र घृणा जाग्ने हुँदा अर्को नयाँ परिवर्तनको चाहना शान्ति र समृद्धिका लागि तीव्र हुनेछ। जनतामा धार्मिक र आध्यात्मिक चेतनाको खोजी सशक्त रूपमा बढेर जानेछ कुण्डलीको ग्रहस्थिति हेर्दा नेपालको पूर्वी तराई र राजधानीमा विस्फोटन, आपराधिक गतिविधि तीव्र हुनेछ भने प्रहरी प्रशासन कमजोर र निरीह बन्नेछ। त्यस अवस्थामा सेना शान्तिका लागि सक्रिय बन्नेछ।

२१ मे २०११, २०६८ जेठ ७ गते शनिबार साँझ ६ बजेदेखि नेपाललगायत छिमेकी राष्ट्रहरू र विश्वमा हुने घटनाक्रमलाई हेर्न बाँकी नै छ, त्यसपछिको घटनालाई ग्रहहरूको योगको आधारमा थप भविष्यवाणी गर्नु उपयुक्त हुन्छ।- ज्योतिषाचार्य शालिग्राम ढकाल










सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com



अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

1 comment:

  1. This site is very useful and helpful for nepalese people but all letters and background are different colour. This types of colour are very harmful for our eyes could you please change the colour of letters(red, yellow, blue etc). Black and white will be good for eyes.

    Thank you for cosideration

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक