20110520

माओवादी पहिले बन्दूक बिसाएर शान्ति प्रक्रियामा आएको हो तर अहिले त्यही बन्दूक समाएर जनता तर्साउन थालेको छ - कङ्ग्रेस सभापति

काङ्रेसले काठमाडौंमा जनसागर उतारेर माओवादी र एमालेको उछितो काढ्दै  गर्दा उता एमालेको अर्को आमसभामा  प्रधानमन्त्री खनालले आमसभामा सहभागीहरुलाई प्रश्न सोधे ‘यदि संविधान सभाको म्याद बढाउनुपर्छ भने गडगडाहट ताली बजाउनुस्।’ तर पनि सभा सून्य भयो, दुईचारवटा मात्रै ताली पिटिए, बाँकी चारैतिर हाँसो फैलियो !!!!
माओवादी नेताहरु आफ्नै कार्यकर्ताद्वारा असुरक्षित छन् - रामचन्द्र पौडेल
नेताहरु दलीय भागबण्डामा व्यस्त भएका कारण शान्ति र संविधान ओझेल - विजुक्छें
'सबैको सहमतिमा नगई दुई तिहाई रोजे दुर्घटना निम्तिने छ'- नेपाल
 लडाकु समायोजन सेनाले चाहेअनुसार हुनुपर्ने - शेरबहादुर देउवा
माओवादीलाई जङ्गलबाट सहर पसाए पनि लामो समयसम्म पनि नसुध्रिएको - कृष्ण सिटौला
आफ्नै पार्टीमा सहमति गराउन नसक्ने प्रधानमन्त्री झलनाथ खनालले कसरी राष्ट्रिय सहमति गराउन सक्छन् -चित्रलेखा यादव
पशुपति र सेनापति कब्जा गर्न नसक्नेले देशकब्जा गर्छु भन्ने धम्की नदिन माओवादीलाई चेतावनी
कङ्ग्रेस सभापति सुशील कोइरालाले माओवादीले जिम्मेवारी बुझेन र यसैगरी अघि बढिरह्यो भने उसको पतन निश्चित भएको बताएका छन्। उनले आफूलाई ठूलो पार्टी ठान्नेले जिम्मेवारी पनि त्यहीअनुसार पूरा गर्नुपर्छ। तानाशाही लाद्‍न खोजेको हो भने माओवादी पतन हुने उनले ठोकुवा गरे। कङ्ग्रेसद्वारा खुलामञ्चमा आयोजित आमसभामा उनले यस्तो बताएका हुन। उनले माओवादी पहिले बन्दूक बिसाएर शान्ति प्रक्रियामा आएको तर अहिले त्यही बन्दूक समाएर जनता तर्साउन थालेको पनि बताए। यसमा सुधार जरुरी भएको भनाइ पनि सभापति कोइरालाको थियो। यसअघि पूर्व प्रधान मन्त्री शेरबहादुर देउवाले माओवादीले कब्जा गरेको सम्पत्ति तत्काल फिर्ता गर्नुपर्ने बताए। उनले झलनाथ खनालले पहिले राष्ट्रिय सहमतिको नारा घन्काए पछि सत्तामा पुगेपछि त्यो बिर्सिए भने। देउवाले लडाकु समायोजन सेनाले चाहेअनुसार हुनुपर्ने भनाइ पनि राखे।
यसअघि कङ्ग्रेस नेता रामचन्द्र पौडेलले माओवादी नेताहरु आफ्नै कार्यकर्ताद्वारा असुरक्षित छन् भने उनीहरुले कसरी मुलुकको सुरक्षा गर्न सक्छन् भन्ने प्रश्‍न गरेका छन्। उनीहरु रातो झण्डा ओढेर सबै खत माफ गराउने अभियानमा लागेको पनि उनले बताए।  उनले भने- उनीहरु आफूहरु कानुनभन्दा माथि ठान्छन् र त्यस्तै गर्न खोजिरहेका छन्। कङ्ग्रेसले गणतन्त्र नमानेसम्म मुलुकमा गणतन्त्र आउन नसकेको बताउँदै उनले थपे- जबसम्म कङ्ग्रेसले संविधान चाहँदैन, तबसम्म संविधान बन्न सक्दैन।

पहिलेपहिले भएका सम्झौताहरुको कार्यान्वयन अहिलेको आवश्यकता हो भन्दै उनले लडाकुको हतियार सरकारलाई बुझाउनैपर्ने बताए। राजनीति हतियारका आधारमा नभई विचारका आधारमा हुनुपर्ने बताउँदै उनले भने- हतियारका भरमा अझै पनि राजनीति गर्न खोजे त्यो मूर्खतामात्र हुनेछ।

यसअघि कङ्ग्रेस नेता प्रकाशमान सिंहले आफ्नै पार्टीभित्रको विद्रोह सम्हाल्न नसक्ने माओवादीले कसरी जनविद्रोह गर्छ भन्ने प्रश्‍न गरेका थिए। उनले माओवादीको लहैलहैमा लागेर ल्याइने संविधान मान्न नसकिने पनि बताए। उनले माओवादी शिविरहरु तत्काल खाली हुनुपर्ने धारणा पनि राखे।  सिंहले भने- माओवादीको लहैलहैमा ल्याइने संविधानले अधिकार कटौती गर्छ। त्यस्तो संविधान मान्न सकिन्न। गणतन्त्र र लोकतन्त्र संस्थागत हुने अवस्थामा ल्याइएको संविधानमात्र कङ्ग्रेसलाई मान्य हुने पनि उनले बताए।

एमाले पार्टीलाई पार्टी भन्ने कि नभन्ने दोधार अवस्था सिर्जना भएको भन्दै उनले सुनाए- अध्यक्षले गरेको सात बुँदे सम्झौता पार्टीभित्रै थाहा हुन्न भने त्यो कसरी पार्टी भयो ?

यसअघि कङ्ग्रेस नेता कृष्ण सिटौलाले माओवादीलाई जङ्गलबाट सहर पसाए पनि लामो समयसम्म पनि नसुध्रिएको बताएका थिए। उनले भने- हामीलाई थाहा छ, जङ्गलबाट समाएर ल्याएकाले केही समय दु:ख दिन्छ। तर अब कहिलेसम्म सहने भन्ने प्रश्न उब्जिएको छ। उनले जबसम्म माओवादी निशस्त्र हुँदैन, तबसम्म उसलाई विश्वास गर्न नसकिने पनि बताए। त्यसैले जेठ १४ गते आउन केही दिन बाँकी हुँदै माओवादीले लडाकु समायोजनबारे प्रष्ट नीति ल्याउनु आवश्यक भएको पनि बताए।

यसअघि कङ्ग्रेस नेतृ चित्रलेखा यादवले आफ्नै पार्टीमा सहमति गराउन नसक्ने प्रधान मन्त्री झलनाथ खनालले कसरी राष्ट्रिय सहमति गराउन सक्छन् भन्ने प्रश्‍न गरेकी थिइन्। त्यसैले झलनाथ सरकारको कुनै काम नभएको पनि उनले बताइन्। अहिले सम्पूर्ण नेपालीको धनजनको सुरक्षा नेपाली कङ्ग्रेसले नगरिनहुने बेला आएको बताएकी छिन्। उनले शैलजा र सुजातालाई उपप्रधान मन्त्री बनाएर कङ्ग्रेसले महिलालाई उचित सम्मान गरिसकेको धारणा पनि राखिन्। उनको भनाइ थियो- कुनै अरु पार्टीले दुई दुई जना महिलालाई उपप्रधान मन्त्री जस्तो जिम्मेवारी दिएको छ ?

उनले प्रचण्ड र झलनाथ भन्ने दुई व्यक्तिबीच भएको सात बुँदे भन्ने सहमति, सम्झौता वा षडयन्त्र जे भनिए पनि त्यो सबैभन्दा पहिले खारेज हुनुपर्ने बताइन्। अनि भनिन्- प्रचण्डलाई सेनापति, पशुपति र राष्ट्रपतिले ठीक पारेका हुन।

यसअघि कङ्ग्रेस नेता विमलेन्द्र निधिले माओवादीलाई अब केका लागि हतियार चाहिएको हो भन्ने प्रश्‍न गरेका थिए। नत्र किन लडाकुको हतियार सरकारलाई बुझाउन उहाँहरुलाई गाह्रो पर्‍यो- उनले फेरि सोधेका थिए।  निधिले पहिले संविधानभन्दा पनि पहिले शान्ति प्रक्रिया जरुरी रहेको पनि बताए। शान्ति प्रक्रियालाई थाँती राखेर बनाइएको संविधानको कुनै अर्थ नभएको भनाइ पनि उनको थियो।

यसअघि कङ्ग्रेस नेता रामशरण महतले माओवादीले हिंसाको राजनीति नत्यागेसम्म मुलुकमा शान्ति स्थापना हुन नसक्ने बताएका थिए। माओवादी लडाकु शिविरहरु अहिले पनि राज्यभित्रका राज्यका रुपमा काम गरिरहेकाले शान्ति हुन नसकेको पनि उनले बताए। माओवादीले भन्ने गरेको अग्रगमन प्रतिगमन हो भन्दै उनले थपे- द्वैध शासन कायम रहुन्जेल मुलुक शान्त रहन सक्दैन।

यसअघि कङ्ग्रेस नेता नरहरि आचार्यले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधान मन्त्री झलनाथ खनालबीच भएको सात बुँदे सहमतिले संविधान सभाकै अपमान गरेको बताएका थिए। उनले यही कारण तत्काल सात बुँदे सम्झौता खारेजीको माग पनि गरे। उनले कङ्ग्रेसविना अहिले संविधान बन्नै नसक्ने कुरा बुझ्न पनि सत्तारुढ दलहरुलाई सम्झाएका थिए।

यसअघि कङ्ग्रेस नेता प्रकाशशरण महतले माओवादी र प्रधान मन्त्री झलनाथ खनाल मिलेर देशलाई बर्बादीतिर लगिरहेको बताएका थिए। उनको भनाइ थियो- यो अवस्थाबाट मुक्तिका लागि सबैभन्दा पहिले यो सरकार हट्नु आवश्यक छ।सात बुँदे सम्झौता गरिसकेकाले यो सरकारबाट शान्ति र संविधान बन्नै नसक्ने भनाइ पनि उनको थियो।

यसअघि कङ्ग्रेस नेतृ सुजाता कोइरालाले नेपाली कङ्ग्रेसको इतिहास समाप्त पार्छु भनेर कसैले नसोचे हुने बताएकी थिइन्। यस्तो सोच राख्‍नेहरु विफल हुने चेतावनी पनि उनले दिइन्। उनको भनाइ थियो- प्रचण्डले संविधान बनाएर नयाँ इतिहास बनाउने बेला आएको छ।

सुजाताले भनिन्- कङ्ग्रेसले प्रजातन्त्रका लागि धेरै लडाइँ लडेको छ, धेरै शहीद पनि भएका छन्। सकभर हामी रक्तपातपूर्ण घटना चाहन्नौं। त्यसैले माओवादीले यसलाई बुझ्नुपर्छ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधान मन्त्री झलनाथ खनालबीच भएको सात बुँदे सम्झौतासँगै यो सरकारको औचित्य सकिएको र यो फेल भइसकेको पनि बताइन्। अनि भनिन्- त्यसैले यो सरकारले राजिनामा दिनु मुलुकको हितका लागि हुनेछ।

यसअघि कङ्ग्रेस नेता मनमोहन भट्टराईले सिङ र पुच्छर भएको संविधान कङ्ग्रेसले नमान्ने बताएका थिए। उनले भनेका थिए- लोकतन्त्रका मान्यता भएका संविधानमात्र कङ्ग्रेसलाई स्वीकार्य हुन्छ। उनले नेपाली कङ्ग्रेस अब माओवादीसँग नैतिक, सिद्धान्त र आदर्शका आधारमा लड्ने पनि बताए। उनले कङ्ग्रेसले माओवादीविरुद्ध लड्ने लडाइँमा साथ दिन पनि सबैलाई आग्रह गरे। कङ्ग्रेस जुन सिद्धान्त र नीतिका आधारमा लड्छ, त्यसमा विजय पनि भइरहेको उनको भनाइ थियो।

यसअघि बारुदको थुप्रोमा राखेर बन्दूकले लेखिएको संविधान कङ्ग्रेसलाई सह्य नहुने कङ्ग्रेस युवा नेता गगन थापाले बताएका थिए। उनले पशुपति र सेनापति कब्जा गर्न नसक्ने नाथेले नेपाल कब्जा गर्न नसोचे पनि हुने चेतावनीसमेत दिए। मार्क्सवाद, लेनिनवाद र माओवादलाई स्वीकार नगर्नेहरु यो मुलुकबाट बढारिए भन्नेलाई आजको उपस्थित जनसमूहले उत्तर दिएको पनि उनले बताए। उनले माओवादी अध्यक्षले थुप्रै पटक थुप्रै प्रतिबद्धतामा सही गरे पनि त्यो लागू नगरेको बताउँदै भने- अब कङ्ग्रेस माओवादीसँग उधारोमा सम्झौता गर्न सक्दैन।

शत्रु खोज्ने बन्दूक पेरिसडाँडामै शत्रु खोज्न थालिसकेको भन्दै उनले बन्दूकको सहारा लिनु सही नभएको माओवादीलाई सम्झाए। विशाल सभाबीच उनले थपे- यो सभा कुनै पार्टीविरुद्ध हैन। मात्र शान्ति र संविधानका लागि हो। यसैगरी शान्ति प्रक्रिया टुङ्ग्याउन र संविधान बनाउन दबाब दिनुपर्ने पनि उनले बताए।

सभालाई कांग्रेस सभापति सुशील कोइराला,वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । खुलामंच कांग्रेसको झण्डा र ब्यानरले सजिएको छ। वैशाख ११ देखि जागर अभियान थालेको कांग्रेसले राजधानीबाहिर ६ वटा सभा गरेपछि राजधानीमा शक्ति प्रदर्शन गरेको हो।

संविधान सभाको म्याद थप्नुहुन्न भन्नेहरु अराष्ट्रिय तत्त्व : 

- प्रधानमन्त्री

प्रधानमन्त्री झलनाथ खनालले सरकारले सबै राजनीतिक दललाई सहमत गराएर संविधान सभाको म्याद बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। खनालले संविधान सभाको म्याद बढाउन हुन्न भन्नेहरु अराष्ट्रिय तत्त्व भएकोसमेत बताए।

‘शान्ति प्रक्रिया एउटामात्रै दल भएर टुङि्गदैन, त्यसमा सबैको साथ चाहिन्छ’- खनालले भने। ‘सरकारले त्यही सहमतिको प्रयास गरिरहेको छ, सबै राजनीतिक दलसँग सहमति गरेर संविधान सभाको म्याद केही समय बढाइन्छ’- उनले भने।

नेकपा एमालेले दाङले शुक्रवार तुलसीपुरमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधान मन्त्री खनालले यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रियासमेत अन्तिम चरणमा पुगिसकेको दावी गर्दै ती कामलाई सम्पन्न गर्नका लागि ‘केही’समय आवश्यक रहेको बताए।‘हामीले सबै काम लगभग सकिसकेका छौँ तर यो जटिल प्रक्रियालाई टुङ्ग्याउनका लागि हामीलाई केही समय चाहिएको छ, त्यसका लागि संविधान सभाको म्याद बढाउन आवश्यक छ’ उनले भने।

खनालले संविधान सभाको म्याद निशर्त बढ्नुपर्ने भन्दै म्याद बढाउनहुन्न भन्नेहरुलाई अराष्ट्रिय तत्वहरुसमेत भने।‘कसैले संविधानसभा बिघटन गर्न चाहन्छन् फेरि चुनावको माग गरिरहेका छन्’ खनालले भने ‘त्यस्ता तत्वहरुदेखि हामी सचेत हुनुपरेको छ, उनीहरुको प्रतिकार गर्नुपरेको छ।’ खनालले संविधान सभाको म्याद नथप्नका लागि भाँडभैलो मच्चाउनेहरुलाई नछोड्नसमेत सुरक्षाकर्मीलाई निर्देशन दिए।

खनालले माओवादी लडाकुहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक सबै काम गरिसकेको भन्दै अब दलीय सहमति मात्रै बाँकी रहेको जानकारी दिए।‘माओवादीले पनि नेपाली सेनाको प्रस्तावलाई नै स्वीकृति दिइसकेको छ’ खनालले भने ‘अब त्यो काम पनि चाँडै हुन्छ भन्ने विश्वास मलाई लागेको छ।’ उनले संविधान निर्माणका लागिसमेत खासै जटिल विवादहरु नरहेकोसमेत दावी गरे। शान्ति प्रक्रियाका अधिकांश मुद्दाहरुमा सहमतिसमेत भइसकेकाले अब संक्रमणकाल धेरै दिन नरहने दावीसमेत गरे। ‘खासै ठूला सैद्धान्तिक र नीतिगत समस्या अनि विवादहरु छैनन्’ उनले भने ‘केही व्यवहारिक समस्याहरु छन्, हामी तीनलाई पनि मिलाउँदैछौँ त्यसैका लागि हामीलाई केही समय चाहिएको हो।’ उनले देशको राजनीतिक घटनाक्रमले नै जेठ १४ पर्याप्त नभएको स्पष्ट पार्न खोजे। ‘देशको घटनाक्रमले नै हामीलाई जेठ १४को समय पर्याप्त थिएन’ उनले भने ‘अझैं हामीलाई केही समय लाग्नसक्छ, केही हप्ता अनि केही महिना लाग्नसक्छ।’

तर प्रधानमन्त्रीभन्दा अघि सभालाई सम्बोधन गर्दै एमाले सचिj शङ्कर पोख्रेलले भने विना विश्वासिलो आधार संविधान सभाको म्याद बढाउन नहुने धारणा रोखेका थिए। लगत्तै अर्का सचिव युवराज ज्ञवालीले भने संविधान सभाको म्याद बढाउनुको विकल्प नभएको भन्दै पोख्रेललको कुरा तत्काल काटेका थिए।

म्याद बढाउन भन्दा बजेन ताली :
सभालाई सम्बोधन गर्दा गर्दै प्रधान मन्त्री खनालले आमसभामा सहभागीहरुलाई प्रश्न सोधे- ‘संविधानसभाको म्याद बढाउनुपर्छ कि पर्दैन?’ उनले तीन पटकसम्म यो प्रश्न सोधे तर सभा चाँइचुँइ गरेन। चौथोपटक उनले भने- ‘यदि संविधान सभाको म्याद बढाउनुपर्छ भने गडगडाहट ताली बजाउनुस्।’ तर पनि सभा सून्य भयो, दुईचारवटा मात्रै ताली पिटिए, बाँकी चारैतिर हाँसो फैलियो। अनि प्रधान मन्त्रीले अलि सानो स्वरमा भने- ‘अब तपाईहरुकै आदेश लिएर ठोस आधार अनि कार्यतालिकासमेत दिएर हामीले संविधान सभाको म्याद बढाउँछौँ।’ सम्बोधनका क्रममा प्रधान मन्त्रीले अहिलेको समस्याको समाधानभन्दा पनि विगतदेखि अहिलेसम्मको देशको राजनीतिक अवस्थाको चर्चा बढी गरेका थिए।
 'सबैको सहमतिमा नगई दुई तिहाई रोजे दुर्घटना निम्तिने छ'- नेपाल
एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधान मन्त्री माधवकुमार नेपालले दुई तिहाईको बलमा संविधान सभाको म्याद थपे गम्भीर दुर्घटना निम्तिने बताएका छन्। नेपालले प्रधान मन्त्री खनालले दुई तिहाई बहुमत जुटाएर म्याद थप्न खोजिरहेको भन्दै त्यसो गरिए दुर्घटना हुने बताएका हुन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन।

कङ्ग्रेस, मधेसवादीलगायत् अन्य साना दलको समेत सहमतिमा संविधान सभाको म्याद थप्न सकिने तर्क गर्दै पूर्व प्रधानमन्त्री नेपालले दुई तिहाईको विकल्प खोज्न आग्रह गरे। 'सबैको सहमतिमा नगई दुई तिहाई रोजे दुर्घटना निम्तिने छ'- नेपालले भने।
अहिलेको सरकारले जनचाहनाअनुरुप काम गर्न नसकेको नेपालले बताए। तर यो समय सरकारको विकल्प खोज्ने बेला नभएको उनको भनाइ छ। 'अहिले सरकारको विकल्प खोज्नुभन्दा पनि शान्ति र संविधानतिर केन्द्रित हुने बेला हो'- उनले थपे।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले नेताहरु दलीय भागबण्डामा व्यस्त भएका कारण शान्ति र संविधान ओझेल परेको बताएका छन्। भक्तपुर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको तेस्रो राष्ट्रपति कप रनिङ्ग सिल्ड प्रतियोगिताको पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष बिजुक्छेले नेता देश र जनताको चाहना भन्दा पनि आ-आफ्ना दलगत स्वार्थमा लागेको बताए।
‘नेताहरुमा राजनितीक नैतिकता छैन र यिनीहरुलाइ देश र जनताको मतलव छैन', विजुक्छेले बताए। नेताहरुमा विश्वासको वातावरण नबनेसम्म देशमा केही उपलव्धि हासिल हुन नसक्ने उनले बताए। - नागरिक
 पशुपति र सेनापति कब्जा गर्न नसक्नेले देशकब्जा गर्छु भन्ने धम्की नदिन माओवादीलाई चेतावनी
नेपाली कांग्रेसका नेता गगन थापाले पशुपति र सेनापति कब्जा गर्न नसक्नेले देशकब्जा गर्छु भन्ने धम्की नदिन माओवादीलाई चेतावनी दिएका छन् ।राष्ट्रिय जागरण अभियान अन्तर्गत शुक्रबार राजधानीको खुलामञ्चमा आयोजित आमसभालाई सम्वोधन गर्ने क्रममा थापाले सो कुरा बताएका हुन् । उनले माओवादीले गृह मन्त्रालय पाउँदैमा देश कब्जा गर्छु भन्ने सोचेको भए मन्दिरहरु धाउँदै गरेका पूर्वराजालाई हेर्न सुझाव समेत दिए । थापाले माओवादी अध्यक्षले थुप्रै पटक थुप्रै प्रतिबद्धतामा सही गरे पनि त्यो लागू नगरेको बताउँदै अब काङ्ग्रेस माओवादीसँग उधारोमा सम्झौता गर्न नसक्ने बताए । अहिलेको मुल समस्या बन्दुक उठाउनेहरुसँग मात्र भएको भन्दै कांग्रेस नेता थापाले कांग्रेसले अघि सारेको अवधारणामा सहमति हुन हो भने मुलुकमा शान्ति र संविधान बन्ने दावी गरे । शत्रु खोज्ने बन्दूक पेरिसडाँडामै शत्रु खोज्न थालिसकेको भन्दै उनले बन्दूकको सहारा लिनु सही नभएको माओवादीलाई सम्झाए। विशाल सभाबीच उनले भने यो सभा कुनै पार्टीविरुद्ध हैन। मात्र शान्ति र संविधानका लागि हो। यसैगरी शान्ति प्रक्रिया टुङ्ग्याउन र संविधान बनाउन दबाब दिनुपर्ने पनि उनले बताए।

पार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ ! अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । - Ram Prasad Khanal - Realtor®, Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : rampdkhanal@gmail.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com/

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक