20110523

६०१ नालायकको बपौती मात्र हो र नेपाल ?? सर्बोच्च अदालत देखी सबैतिर यही वाहियात बहस !

यी बाँदर र नेपालका नेता, सभासदमा कुनै भिन्नता देख्नुहुन्छ तपाईं ? हाम्रो देश पनि यसरीनै लुटिदैछ छिया छिया पारिदैछ, यिनै नालायक बाँदरहरुको नाटकमा मस्त छौं हामी नेपाली जनता । दिनमा १८ घण्टा लोडसेडिङ, आकासिदो महँगी, मट्टितेल, डिजेल, पेट्रोलको हाहाँकार, हत्या हिंसा, आतंक, लुटपाट, अपहरण, नेपाल बन्द, भ्रस्टाचार, माओवादी अत्याचार, ६०१ ठगहरुले बारम्बार म्याद थप्दै संबिधान र शान्तिका नाममा देश चिथोरिरहँदा टुलु टुलु हेरेर बस्ने हामी जनतालाई पनि धिक्कार छ ! घोरिएर हेर्नुस् हिडिरहेको कार रोकेर बाँदरका हूलले कारमा गएर र माथि रहेको डिक्की फोडेर, डिक्कीमा रहेका सरसामान लत्ता कपडा जसरी लथालिँग र भताभुँग पारेका छन, हाम्रो देशका नेताहरु सम्झिनुस् , अनी यो कार भित्रबाट दशा हेरिरहेकी महिलाको ठाउँमा आफुलाई र सोझा नेपाली जनतालाई सम्झिनुस् , तपाईं आफूलाई कहाँ पाउनुहुन्छ कुन्नी ?
लथालिंग देशको भताभुँग चाला : संबिधान बनाउने, शान्ती कायम गर्ने होइन कि कसरी तलब भत्ता खाने, कसरी लुट्ने देश ? सबै तिर यस्तै देखिदैछ, हेर्नुस् त यो गाइजात्रा !
संविधानसभाको अवधि बढाउन सकिन्छ कि सकिँदैन भन्नेबारेमा आइतबार सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच व्यापक छलफल भएको छ। प्रधान न्यायाधीश खिलराज रेग्मी र न्यायाधीशहरू दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ र ताहिर अली अन्सारीको विशेष इजलासमा संविधानसभाको अवधि के कारणले बढाउन सकिँदैन र विघटन गरियो भने विकल्प के हुने भन्नेजस्ता प्रश्नमा व्यापक छलफल भएको थियो। प्रधान न्यायाधीश रेग्मीले इजलासबाट प्रश्न गर्नुभयो- र्ँवर्तमान संविधानसभालाई विघटन गराएर चुनाव गर्राई अर्को संविधानसभा ल्याएर पनि संविधान बनाउन सकेन भने यही प्रक्रिया दोहोर्याइरहने ? कानुनविद्हरूको जवाफ थियो- ँप|mेस व्यक्तिले राम्रो काम गर्न सक्छन् भन्ने विश्वास छ।’ कानुनविद्हरूले गएको वर्षसंविधानसभाको म्याद थपिएको कार्यसमेत असंवैधानिक भएको दाबी गरेका थिए। गत वर्षव्यवस्थापिका संसद्ले संविधान संशोधन गर्नुपर्नेमा संविधानसभाले गरेको र राति १ बजेपछि संशोधन गरी संविधानसभाको म्याद थप्ने कार्य गर्नु असंवैधानिक भएको दाबी गर्दै बानेश्वरका भरतमणि जंगमले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। आइतबार रिट निवेदकका कानुन व्यवसायीले ती कार्य संविधानसभाले स्वेच्छाचारी तबरले गरेको आरोप लगाएका थिए। अधिवक्ता पवनकुमार ओझाले व्यवस्थापिका संसद्ले गर्नुपर्ने कार्य संविधानसभाले गरेको भनी राजपत्रमा निकालिनु संविधानविपरीत भएको बताउनुभएको थियो। अधिवक्ता बालकृष्ण न्यौपानेले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ संशोधन गर्न नपाइने बताउनुभयो। इजलासबाट न्यायाधीश शर्माले धारा ६४ लाई असंशोधनीय भनी कतै उल्लेख नगरेको अवस्थामा पनि संशोधन गर्न मिल्दैन र - भनी प्रश्न गर्नुभएको थियो। जवाफमा अधिवक्ता न्यौपानेले संविधानसभाको आयु पहिले नै तोकिसकेको अवस्थामा त्यसलाई संशोधन गर्न मिल्दैन भन्नुभयो। न्यायाधीश शर्मा र श्रेष्ठको एकै प्रश्न थियो- ँसंविधानसभा विघटन गरेर रिक्तता भयो भने के गर्ने ?’
उपराष्ट्रपति परमानन्द झाले मुलुक मुठभेडमा जाने चेतावनी दिएका छन् । आज विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिको सम्मानमा मातृभूमि महिला समाजले आयोजना गरेको कार्यक्रममा उनले मुठभेडको अवस्था आए देशले ठूलो मूल्य चुकाउनुपर्ने बताए । मुलुकलाई मुठभेडबाट बचाउन दलीय सहमतिमा संविधान सभाको म्याद थप्नुको विकल्प नरहेको उनको भनाइ छ । दलहरूसँग अहिले म्याद थप्ने वा नथपेर मुलुकलाई द्वन्दमा लैजाने भन्नेबाहेक अर्को विकल्प नभएको उनले प्रष्ट पारे । कार्यक्रममा उनले कलाकारहरू सुनिल थापा, श्रीकृष्ण श्रेष्ठ, समाजसेवी बिन्दु पहाडी, शान्ता मानन्धर, पिताम्बर बास्कोटा, कविरत्न शाक्य, चिकित्सक चन्द्रबहादुर विष्ट र भोला रिजाललगायतका व्यक्तिहरूलाई सम्मान गरेका थिए ।
सोमवार नेपाली कांग्रेस संसदीय दलको कार्यलयमा भएको विपक्षी दलहरुको बैठकमा संयुक्त मधेशी मोर्चाका तिन घटक, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल राष्ट्रिय जनशक्ति लगायत अन्य विपक्षी दलहरुले कांग्रेसको १० बुँदे माग पत्रमा सहमति जनाएका हुन् । माओवादीले हतियार बुझाउनु पर्ने शिविरलाई विषेश समितीमा ल्याइने कुराको ब्यवहारीक कार्यन्यन हुर्नुपर्ने, कब्जा गरिएको सम्पती र यस अघि भएका सहमतिको व्यवहारीक कार्यन्वयन नभएसम्म म्याद थपको प्रस्तावमा सहमती गर्न नसकिने निश्कर्ष निकालेका छन् ।

माओवादीका अध्यक्ष प्रचण्डसँग आइन्दा सैद्धान्तिक एवं व्यवहारिक रुपमा सँगै जान नसकिने निर्णय गरेको मोहन वैद्य पक्षले कहिले, कसरी सम्बन्ध विच्छेद गर्ने भन्नेबारेमा शीर्षतहमा गम्भीर रुपमा विचार विमर्श गरिरहेको सम्वद्ध सूत्रले बताएको छ। प्रचण्डसँग सम्बन्ध विच्छेदको सवालमा वैद्य पक्षका शीर्ष नेतृत्वबीचमा एकमत भने छैन। सीपी गजुरेल, देव गुरुङ तुरुन्त सम्बन्ध विच्छेद गर्नुपर्ने पक्षमा रहेका छन्। उता विप्लव भने बाबुरामसँग मिलेर प्रचण्डलाई एउटा पाठ पढाएपछि (कारबाही गरेपछि) सम्बन्ध विच्छेद गर्ने पक्षमा रहेको सूत्रले बताएको छ। प्रचण्ड स्वयंले महाधिवेशनको प्रस्ताव गरेमा विद्रोहको झण्डा उचाल्न महाधिवेशनसम्म पर्खिने वा नपर्खिने भन्नेबारेमा पनि वैद्य पक्षका शीर्षनेताहरुबीच छलफल भएको बताइएको छ। उता प्रचण्डसँग सम्वद्ध विच्छेदको लागि आधारभूत तयारी गरेको बाबुराम पक्षले भने महाधिवेशनको माग गरेको छ। बाबुराम पक्षको माग अनुसार प्रचण्डले पार्टी महाधिवेशनको प्रस्ताव गरेमा महाधिवेशनअघि नै मोहन वैद्य पक्षधरलाई सम्बन्ध विच्छेद गर्न त्यति सहज नहुने सूत्र बताउँछ। जे भए पनि एमाओवादीभित्रको विवाद र सम्बन्ध विच्छेदको छिनोफानो जेठ महिनाभित्रै हुने र जेठ महिना एमाओवादीका लागि निर्णायक महिना बन्ने विश्लेषण गर्न थालिएको छ।
नेपाली कांग्रेस नेत्री सुजाता कोइरालाले दुई दिन भित्र प्रधानमन्त्रीले राजीनामा दिएमात्रै संविधानसभाको म्याद थप्न कांग्रेस तयार हुने बताएकी छन् । सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले २ दिन भित्र प्रधानमन्त्रीले राजीनामा दिए र १० बुँदे माग संबोधनमा सत्तारुढ दलहरु तयार भए मात्र संविधानसभाको म्याद थप्न कांग्रेस तयार हुने बताइन् । नेत्री कोइरालाले संविधानसभा विघटन हुँदैमा मुलुकमा कुनै संकट नहुने बताउँदै संविधानसभा विघटन भएपछि सानो सर्वदलिय कमिटी गठन गरी संविधान निर्माण गर्नु पर्ने बताइन् ।

संविधानसभाको म्याद थप गर्ने या नगर्ने भन्ने विवाद रहेकै बेला आइतबारबाट प्रारम्भ भएको प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा प्रधानमन्त्री एवम् पार्टीध्यक्ष झलनाथ खनालको आलोचना भएको छ। बैठकको पहिलो दिन नै अध्यक्ष खनाल स्वयम् पार्टी अनुशासन र विधिविपरीत चल्ने हो भने कसलाई कसले अनुशासनको पालना गराउने भन्ने गम्भीर प्रश्न सदस्यहरूले उठाएका छन्। पोलिटब्युरो सदस्य वेदुराम भुसाल र पृथ्वी सुब्बा गुरुङले पार्टीध्यक्ष खनाल माओवादीको पुच्छर भएर कहिलेसम्म हिँड्ने भनी प्रश्नसमेत गर्नुभएको थियो। ँपार्टी एउटा निर्णयगर्ने, अध्यक्षले त्यसको उल्लंघन गरेर मनोमानी र अराजक ढंगले अर्कै निर्णयगर्दै जाने हो भने पार्टीे भविष्य के हुने -’ -गुरुङ र भुसालको प्रश्न थियो । ँगृह मन्त्रालय माओवादीलाई नदिई एमालेकै विष्णु पौडेललाई दिने भनी पार्टी गरेको निर्णय के भयो- र माओवादीले मागेअनुसार गृह मन्त्रालय किन दिइयो - यसको जवाफ अध्यक्ष खनालले के दिनुहुन्छ- पार्टीनुशासन उल्लंघन गरेको र्ठहर्छ कि ठहर्दैन -’ -पोलिटब्युरो सदस्यहरूले प्रश्न गरेका थिए। पार्टीध्यक्ष एवम् प्रधानमन्त्री खनालको अध्यक्षतामा भएको बैठकमा महासचिवर् इश्वर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति, केन्द्रीय कमिटीको बैठक, नीति र कार्यसूचीको सातौं बैठकको एजेन्डा तथा शान्तिप्रक्रिया, संविधान निर्माण र राष्ट्रिय सहमतिका बारेमा छलफल गरिने एजेन्डा प्रस्तुत गर्नुभएको थियो। उहाँले शान्तिप्रक्रियालाई व्यावहारिक रूपमा निष्कर्षा पुर्याउने, माओवादीले जनताले पत्याउने गरी ठोस प्रतिबद्धता जनाउने र संविधान बन्ने ग्यारेन्टी गरिएमा संविधानसभाको म्याद थप गर्नुको औचित्य हुने, अन्यथा यही अवस्थामा थप गर्ने/नगर्ने भन्ने कुरा पार्टी सोच्नर्ैपर्छ भन्ने धारणा राख्नुभएको बताइएको छ।

दलहरूबीच व्याप्त संविधानसभाको म्याद थपसम्बन्धी विवाद औपचारिक रूपमै संसद्मा प्रवेश गरेको छ। सरकारको संविधानसभाको म्याद थप गर्ने संविधान संशोधन विधेयक आइतबारको संसद् बैठकमा टेबुल गर्ने कार्यक्रम अवरुद्ध भएको छ। अपरा³न ३ बजे बस्ने भनिएको संसद्को बैठक साँझ साढे ६ बजेसम्म बस्न नसकेपछि आज सोमबार ३ बजेसम्मका लागि सूचना टाँस गरेर बैठक स्थगित गरिएको छ। नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले संविधानसभाको म्याद थप विधेयकको प्रक्रिया अगाडि बढाउनुअघि सहमति कायम गरिनुपर्छ, अन्यथा अगाडि बढाउन नपाइने अडान राखेपछि आइतबारको बैठक अवरुद्ध भएको हो। प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुपर्ने, शान्तिप्रक्रियासम्बन्धी आफूहरूले राखेका र्सत पूरा गर्नुपर्ने, अन्यथा संविधान संशोधन अगाडि बढ्न नदिने कांग्रेससहितका दलले चेतावनी दिएपछि बैठक सञ्चालन हुन सकेन। प्रधानमन्त्री खनाल र कांग्रेस तथा माओवादीका नेताहरूबीच संसद्भवन नयाँ बानेश्वरमा कुराकानी भए पनि सहमति हुन सकेन।
मधेसी जनअधिकार फोरम नेपाल तेस्रो पटक विभाजित भएको छ। फोरमका सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताको अध्यक्षतामा मधेसी जनअधिकार फोरम गणतान्त्रिक नामक नयाँ पार्टी संविधानसभामा दर्ता भएको छ । २२ सभासद रहेको फोरमका १३ सभासदको हस्ताक्षरसहित गुप्ताले नयाँ पार्टीको मान्यता दिनका लागि सभामुख सुवासचन्द्र नेम्वाङ समक्ष पत्र बुझाएका छन् । पछिल्लो पटक एमाले–माओवादीको गठबन्धन सरकारमा अध्यक्ष उपेन्द्र यादवसहितले सहभागिता जनाएपछि गुप्ताले अर्को पार्टी गठन गरेका हुन् । संविधानसभामा ५२ स्थानसहित संसदको चौथो शक्तिका रुपमा स्थापित फोरम यसअघि माधव नेपाल नेतृत्वको सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा विवाद हुँदा पहिलो पटक विभाजित भएको थियो । सभामुख सुभाष नेम्वाङ्को कार्यकक्षमा पुगेर नयाँ पार्टी गठन गरेको जानकारी दिदैं सनाखतमा गर्नेमा जेपी गुप्ताका साथै विश्वानाथ प्रसाद यादव, अक्वाल अहमत साह, राजवल यादव, नन्दन कुमार दत्त, सविता देवी यादव, राजकिशोर यादव, सुरिता कुमारी साह, सल्मा खातुन मिकरानी, आत्मराम प्रसाद साह, ओमप्रकाश यादव, चन्द्रीका प्रसाद यादव, र सन्ध्या देवी रहेका छन् । फोरमको कुल २५ जना सभासद् मध्ये गुप्ताले गठन गरेको नयाँ पार्टीमा बहुमत सदस्य पुगेको छ । यो पार्टी मधेसको दोस्रो ठूलो पार्टी बनेको छ ।

सभासद्का कुरा

- by Prem oli
         पढेलेखेका जोसिला युवा जगत बिरोजगार भएर भौतारिरहेको बेला सडेगलेका चोर चन्डाल देखी औठा छापसम्म ब्यक्तिलाई लोकतन्त्रले जनतालाई लोप्पा खुवाउदै संबिधान स नजान्नेलाई सभासद बनायो। खान नपाउनेलेबोक्रासम्म के बाकिराख्थे र? ढल देखी मलसम्ममा कमिसन खाने  । रातो पासपोर्ट देखी सभासद्को कोर्टसम्म बेची नोट खाने सभासदले मासिक पचास हजार आउने जागिर कसरी छोड्थे।

अब आउने १४ गते पनि त्यही हुने जो पहेले भएको थियो। त्यसैले अब के होला भएर हामीले टाउको दुखाउने आबश्यकछैन। बरु अब  सबै जनताले एक जुट भएर यदी सभासदको म्याद थपिने हो भने अब पछीको तलब खान दिनु हुँदैन। काम नगेर दाम पाइने भए सबै बेरोजगार युवाबर्गले पनि दाम पाउनुपर्छ।
अब युवा जाग, बिएरोजगारी भत्ता माग। नत्र सित्तैमा चलाई दिन्छौ भनी सत्ता समाल्नतिर लाग। देस र नेता यस्तै हुन भनी बिदेश तिर नभाग।

बिगत तीन बर्षमा अरबौ रुपैया झ्वाम्म पारेर यी सभासद के के गरे भन्ने सबैलाई छर्लङ्ग छ।यदी सभासदलाई राजधानी बस्न गर्हो हुन्छ भने गाउतिर बाख्रा चराउन, भैंसी दुन ,तरकारी खेती गर्न गए पनि हुन्छ। आखिर उनिहरुले यहाँ बसेर के लछारो लाउने हुन र? बरु गाउघर जनतासँग बसे पछीको चुनावलाई सजिलो पनि हुने। देशलाई पनि आर्थिक भार नहुने। संबिधान लेख्ने पनि कानुन बिदले नै हो।सहीछाप त गर्ने हो उनिहरुले।त्यो कुनै एक दिन आएर गर्दा भो। यसो गरे कसो होला।मेरो कुरो ठीक लागे जेठ १४ गते सभासदलाई तलब नखाने कुरोमा  सहीछाप गराउने आन्दोलनमा नयाँ बानेश्वोर आउनु  होला। आउन नसक्ने भए पत्र पठाउन होला।

अपार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ ! 
 अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । - Ram Prasad Khanal - Notary Public/Realtor® - Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : Ram.Khanal@LongandFoster.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com (This Advertise is only for those people who live and work in US)

अन्तराष्ट्रिय कलाकार मँच, अमेरिकाको सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, नेपाली कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देश मा यस् मन्च का शाखाहरु पनि बिस्तार गरिनेछ । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण पठाउनुश हामी तपाईंलाई संपर्क गर्नेछौ ।

- अन्तरराष्ट्रिय कलाकार मँच, अमेरिका
President - Ram Prasad Khanal
Email : internationalartistsforum@gmail.com , rampdkhanal@gmail.com
www.iafamerica.blogspot.com

सम्बाददाताको आवश्यकता !

छोटै समयमा विश्वभर छरिएर रहेका नेपालीका बिच लोकप्रिय बन्न सफल अमेरिकाबाट प्रकासित, Nepali community based www.NepalMother.com लाई हामी अन्तरराष्ट्रिय स्तरको News, Views, Entertainment Website का रुपमा बिकास गर्दै गैरहेका छौं , बिभिन्न देश तथा अमेरिकाका बिभिन्न स्टेट तथा शहरहरुमा नेपाल मदर डट कम का लागि सम्बाददाताहरुको आवश्यकता छ । आफ्नो बायोडाटा र एक प्रती फोटो सहित ईमेल info@nepalmother.com मा आबेदन पठाउनुहोला । समाचार लेख्न जान्ने, नेपाली टाइप गर्न जान्ने, फोटो र भिडियोको समेत नलेज भएकालाई बिशेष प्राथमिकता । हाललाई सम्बाददाताहरुले Volunteer का रुपमा सेवा गर्नु पर्नेछ ।
हामी तपाईंलाई पैसा दिन सक्दैनौ तर सम्मान र इज्यत अबस्य दिन्छौं, र हामी पनि नेपाल र नेपालीका लागि, Nepali Community का लागि निशुल्क काम गर्छौँ ।
- Editor in Chief, www.Nepalmother.com


अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

1 comment:

  1. yo drishya ra hamra nepalko netaharuko milan garaunu parla. yeso gare kaso hola eyota ta theyakai oli ji jastai rahecha ni.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक