20110516

नेपाल पर्यटन वर्ष २०११ को अवसरमा नेपाली राजदूतावास वाशिङ्टन डिसीद्वारा संस्कृति, पर्यटन, नेपाली खानेकुरा, व्यापार प्रवर्धन सम्बन्धी कार्यक्रम !

नेपाल पर्यटन वर्ष २०११ को अवसरमा नेपाली राजदूतावास वाशिङ्टन डिसी द्वारा मे १४ मा नेपालको संस्कृति पर्यटन नेपाली खानेकुरा एवं व्यापार प्रवर्धन सम्बन्धी कार्यक्रम आयोजना गरियो । एम्बेसी ओपन हाउस
नामको कार्यक्रम राजदूत निवासमा आयोजना गरिएको थियो । राजदूतावासमा आई नेपालको कला संस्कृति पर्यटन शिक्षा ब्यापार लगायत अन्य विषयमा जानकारी प्राप्त गर्न चाहने स्थानीय अमेरिकनहरुलाई जानकारी दिनका लागि यो कार्यक्रमको आयेजना गरिको हो । पर्यटन प्रवर्धन नेपाली हस्तकलाका सामाग्रीहरुको प्रदर्शन नेपाली खानेकुराको प्रर्दशन आदि विषयमा जानकारी दिनकालागि राजदूत निवासको पहिलो तलामा र प्रांगनमा छुट्टा छुट्टै स्थानमा स्टलहरु खडागरी गरिएका थिए । आगन्तुकहरुलाई नेपालको पर्यटनको वारेमा जानकारी दिनका लागि प्रचार प्रसारका सामग्रीहरु वितरण गर्नुका साथै पर्यटन सम्बन्धी विभिन्न विषयमा उनीहरुका विभिन्न प्रश्नहरुको जवाफ दिनुको साथै आकर्षक एवं प्रमुख पर्यटक गन्तव्यस्थलहरुको अडियो भिजूअल तयार गरी प्रदर्शन गरिएको थियो ।

त्यसैगरी नेपाली हस्तकला चित्रकला पश्मिना लगायत ऐतिहासिक तथा सांस्कृतिक महत्वका विभिन्न सामग्रीहरु प्रदर्शन गरिएको थियो । आगन्तुहरुले ठूलो अभिरुचीकासाथ यस्ता वस्तुहरुको वारेमा जानकारी लिएका थिए । केही मौलिक नेपाली खानेकुराहरु परिचय गराउने उद्देश्यले खानेकुराहरुको स्टलहरु राखी आगन्तुकहरुलाई नेपाली खानेकुराहरु खान दिइएको थियो । नेपाली खानेकुराको स्वादको प्रशंसा गर्दै उनीहरुले मीठो मानेर खाएको थिए । कतिपय आगन्तुकहरुले खानेकुरा वनाउने विधि तथा खानेकुरा पाईने स्थानको वारेमा जिज्ञासा पनि राखेका थिए ।

उपयुत्र्तु सवै स्टलहरुमा आगन्तुकहरुको प्रश्नको जवाफ दिनका लागि स्वयंमसेवकहरुको व्यवस्था गरिएको थियो । अडियो भिजूअल प्रदर्शनकोकोलागि सगरमाथा टेलीभिजनका प्रड्युसर राम खरेलले संयोजन गर्नु भएको थियो भने नेपाली हस्तकला चित्रकला पश्मिना लगायत ऐतिहासिक तथा सांस्कृतिक महत्वका विभिन्न सामान प्रदर्शनको संयोजन नेवा अर्गनाइजेसन अफ अमेरिका एनओए का अध्यक्ष्य राजेश श्रेष्ठले गर्नुभएको थियो । घरए कबाब सांगि्रला द हिमालयन हेरिटेज काठमाण्डु किचन लुम्बिनी माउण्ट एभ्रेष्ट राजाजी आदि नेपाली रेष्टुरण्ट हरुको संयोजनमा नेपाली खानेकुराहरुको प्रवर्धन गरिएको थियो । नेपाल पासापुच अमेरिकायर् ारा प्रांगणमा स्टल तयार गर्न पाल उपलव्ध गराएईको थियो भने अमेरिका नेपाल सोसाईटीले आगन्तुकहरुलाई खानेपानीको व्यवस्था गरेको थियो ।
उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिकाको वािसंगटन डि।सी। र आसपासका राज्यहरुबाट करिब २५०० आगन्तुकहरुले राजदूतावासको भ्रमण गरेका थिए । गत वर्षा आयोजना गरिएको यस्तै कार्यक्रममा २००० आगन्तुकहरुको सहभागिता रहेको थियो । नेपालको परम्परागत तथा विभिन्न जनजातिका भेष भूषामा सजिसजाउ भई आएका नेपाली तथा नेपाली मूलका अमेरिकनहरुको संख्या पनि उल्लेखनीय रह्यो ।

  नेपाल पर्यटन वर्ष २०११ को अवसरमा स्थानीय अमेरिकनहरुलाई नेपालको पर्यटन एवं संस्कृतिको जानकारी गराउने उद्देश्यले मे १५ २०११ मा नेपाली राजदूतावास वािसंगटन डि।सी र् ारा एक सांस्कृतिक कार्यक्रमको आयेजना गरियो । कार्यक्रको प्रारम्भमा राजदुत डा। शंकर प्रसाद शर्माले सहभागी दर्शकहरुलाई स्वागत गर्दै नेपालको पर्यटन एवं संकृतिको वारेमा जानकारी गराउनु भयो । सो अवसरमा कल्चरल टुरिज्म डि। सी। का कार्यकारी निर्देशक लिण्डा हार्परले राजदुतावासले नेपालको पर्यटन एवं संस्कृतिको प्रवर्धन कार्यमा गरेको कामको प्रशंसा गर्दै राजदूतावासका यस्ता कार्यमा आफ्नो संस्थाको तर्फबाट सहयोग रहने कुरा वताउनु भयो ।
नेपाल पर्यटन वर्ष २०११ को अवसरमा आयोजना गरिएको यस कार्यक्रममा माजुश्री कुमारी भैरवकाली जस्ता नेपालका मौलिक एवं शास्त्रीय नृत्य एवं तामाङसेलो भोजपुरी नेवारी मगर लगायत नेपालका विभिन्न जनजाति तथा क्षेत्रका नृत्यहरु एवं आकर्षक मयूर नृत्य प्रदर्शन गरिएका थिए । स्थानीय अमेरिकनहरुकोलागि वािसंगटनस्थित अमेरिकन युनिभसर्िटीको गि्रनवर्ग थियटरमा आयोजना गरिएको उक्त सांस्कृतिक कार्यक्रममा स्टेट डिपार्टमन्ट र वल्र्ड बैकका कर्मचारीहरु वािसंगटनस्थित विभिन्न राजदूतावासका कर्मचारीहरु अन्तराष्टिरय संघ संस्थामा कार्यरत कर्मचारीहरु विभिन्न विश्वविद्यालयका प्राध्यापक शिक्षक तथा विद्यार्थी लगायत ठूलो संख्यामा स्थानीय अमेरिकनहरु उपस्थित थिए । नेपालीहरु एवं नेपाली मूलका अमेरिकनर् ारा संचालित टेलीभिजन रेडियो लगायत अनलाईन तथा पि्रन्ट मिडिया एवं स्थानीय अमेरिकन पत्रकारहरुले नेपाली नृत्य र भेष भूषामा अभिरुची देखाउदै उक्त कार्यक्रमको समाचार संकलन गरेका थिए ।
नेपालका ख्यातिप्राप्त एवं वरिष्ट कलाकारहरु श्याम प्रसाद खड्गी यज्ञमान शाक्य अनुपमा प्रसाई लगायत अन्य उत्कृष्ट कलाकारहरुको सहभागिता रहेको सांस्कृतिक कार्यक्रमलाई स्थानीय अमेरिकनहरुले रुचीपूर्ण अवलोकन गरी प्रशंशा गरेका थिए । कार्यक्रमको अन्तमा महामहिम राजदूत डा। शंकर प्रसाद शर्माले कलाकारहरुको साथै नेपाको हित प्रवर्धन गर्न राजदूतावासको कार्यमा सहयोग गर्ने तथा नेपालीसमुदायको हितकोलागि काम गर्ने संघ संस्था साचार माध्यम एवं नेपाली रेष्टुरण्टहरुलाई प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।- Photo by Biswaraj thapa/DCNepal





2 comments:

  1. euta jaabo White house visit farm sarba sadaran ko lagi rakhnna sakdainna.ke help garlla testo dutabas le

    ReplyDelete
  2. Last time i email the embassythey didn't response my email.I think they are here to help people here.I think they think they are here for their benifit

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक