20110521

अमेरिकाको राजधानी वासिङ्टन डिसीमा ह्वाइट हाउस र सँसद भवन कै नजिक एसिया का २९ देशको सहभागितामा सडक महोत्सव, गीत नाच र झाँकी प्रस्तुत

अमेरिकामा नेपाली गीत घन्किए पछी र नेपाली नाच चम्किए पछी !
- शकुल कोइराला -   
अमेरिकाको राजधानी वासिङ्टन डिसीमा ह्वाइट हाउस र सँसद  भवन कै नजिक सडक को दुबै पट्टी हजारौं मानिस खचाखच भरिएका थिए । एसिया का २९ देशको सहभागिता, खाना र देश चिनाउने स्टल, बिभिन्न पहिरन मा सिँगारिएका कलाकार, पालैपालो २९ देश का कलाकारले आ आफ्ना देशका गीत नाच र झाँकी प्रस्तुत गरिरहेका थिए, देख्दा लाग्थ्यो अमेरिकामा एसिया का मानिस को बाहुल्यता छ, त्यसैमा मिसिएका थिए अमेरिकन, अफ्रिकन र संसार भर का मानिस । यसैले पो भनिएको रहेछ United State of America जस्तो भान हुन्थ्यो । नेशनल एसियन हेरिटेज फेस्टिवल-फिएस्टा एसिया स्ट्रीट फेयर’ का नामबाट सडक महोत्सव आयोजना गरिएको थियो त्यहाँ ।  अमेरिकाका लागि नेपाली राजदुत डा शंकर शर्मा, प्रथम सचिब आनन्द शर्मा सहित सम्पूर्ण
      अरु थुप्रै फोटो र भिडियोका लागि यहाँ Read more »मा क्लिक गर्नुस् र भित्र जानुस्
दुताबास परिवार नेपालको पर्यटन प्रबर्धन ब्यस्त, थुप्रै देशको प्रस्तुती पछी पालो आयो नेपालको । नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै लोक दोहोरी गायक एबम अन्तराष्ट्रिय कलाकार मंचका अध्यक्ष्य राम प्रसाद खनालले मंचमा "रेसम फिरिरी" र "आमा आमा भनी बोलाउन पाइन" गीत गाइसके पछी यज्ञमान शाक्यको कस्यप न्रित्य र श्याम खड्की तथा गीता सुबेदीको टप्पा न्रित्य  को प्रस्तुती ले कार्यक्रम रोमान्चित भैरहेको थियो । यसै गरी अन्य २९ देशका कलाकार को प्रस्तुतिले पनि । हेरौँ यो एतिहासिक कार्यक्रमको  भिडियो र फोटोहरु जस्ताको तस्तै :
कार्यक्रमको पुरै फोटो एल्बम हेर्नुस् स्लाइड शोमा....

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक