20110611

माओवादीको एजेण्डा बोकेर प्रधानमन्त्री झलनाथ खनाल भरिया बने, एमाले समाप्त हुने खतराछ : माधवकुमार नेपाल

"माओवादीले अपराधमा संलग्न आफ्ना कार्यकर्तालाई उन्मुक्ति दिनकै लागि गृहमन्त्रालय सम्हाले"
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीको एजेण्डा बोकेर प्रधानमन्त्री झलनाथ खनाल भरिया बनेको आरोप लगाएका छन् । एमाले भित्र माओवादीको चाकडी गर्ने प्रवृति हावी भएको भन्दै नेता नेपालले त्यस्तो प्रवृतिले एमाले समाप्त हुने खतरा औल्याए । राजधानीमा नारायणी अञ्चल सर्म्पर्क कमिटीद्धारा आयोजित कार्यक्रममा वोल्दै नेपालले माओवादी प्रति लचिलो भई उनीहरुका एजेण्डा बोके मुलुकै बर्बाद हुने दावी गरे । 'अझैपनि माओवादी बाट सचेत बनेनौ भने, खबरदारी गर्ने कुरा गरेनौ भने, अझैपनि माओवादीको चाकडी गर्ने थाल्यौ भने, माओवादीको एजेण्डा बोक्न थाल्यौ भने,माओवादीहरुको भरिया हुन थाल्यौ भने हामी आफु पनि डुव्छौ र देशलाई पनि डुवाउँछौ'-नेपालले भने -'माओवादीको सोच राख्ने हाम्रा साथीहरुलाई मेरो आग्रह के छ भने यो गलत प्रवृतिलाई कहिलेसम्म छुट दिईरहने ?'नेपालले शान्तिप्रक्रियामा आएका वाधा र अड्चन आएकाले संविधान र राष्ट्रिय सहमति जुट्न नसकेको उनको भनाइ थियो । पटक-पटक लिखित प्रतिवद्धता गर्ने तर कार्यान्वयन नगर्ने माओवादी चरित्र नै शान्तिप्रक्रियाको बाधक बनेको उनको भनाइ थियो । माओवादीले
अपराधमा संलग्न आफ्ना कार्यकर्तालाई उन्मुक्ति दिनकै लागि गृहमन्त्रालय सम्हालेको भन्दै नेपालले त्यसविरुद्ध खबरदारी गर्नुपर्ने उनले वताए ।

1 comment:

  1. एमाले भित्र एस्तो सक्ती छ झलनाथ, ओली र माधव कुमार ले पार्टी छोडे पनि नछोड्ने सक्ती छ देखेका छैनउ , ढुङो जस्तो जमेर रहेको सक्ती छ त्यो । त्यो सक्ती परीचालन् गर्न सकेनौ । स्वार्थी , आउरे बाहुरे मात्रै कार्यकर्ता देखेउ । हिजो घर घडेरी पाउछोउ देखाएर लात हानेका छोउ तीनै मान्छे कोही माओबाधी छन । आउने जाने खेला र खेलो बनायौ , सत्ता चाहियो । कार्यकर्तालाई तेसो भन्न आफ्नो अनुहार हेर्नु नीको होइन कम्रेड ? हीजो कहाँ थियौ ऐले कहाँ छोउ ? तेसो पो भन्छ भैरे ।

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक