20110616

अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन बैद्य किरण र डा. बाबुराम भट्टराईले एउटै मञ्चमा उभिएर पार्टी कुनै हालतमा नफुट्ने बताए !

देखावटी एकता : भित्र भित्रै बिबाद चरम चुलिमा ! बोलीचाली र पानी बाराबारको स्थिती कायमै, हाँस्दैनन् तिनै जना एक अर्का सँग   !!
एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले एउटै मञ्चमा उभिएर पार्टी कुनै हालतमा नफुट्ने बताएका छन् । युद्धकालमा मारिएका तत्कालिन केन्द्रीय सदस्य रीतबहादुर खड्काको नवौं स्मृति दिवसको अवसरमा बिहीबार रौतहटको गंगा पिपरामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन बैद किरण र डा. बाबुराम
भट्टराईले एउटै मञ्चमा उभिएर पार्टी कुनै हालतमा नफुट्ने बताएका हुन् । कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले सहिदहरुको सपना अनुसार क्रान्तिलाई पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो । उपाध्यक्ष मोहन बैद्यले पार्टीभित्र भएका छलफल तथा विचार विमर्शलाई अन्यथा रुपमा सकारात्मक रुपमा नै लिनु पर्ने बताउनु भयो । कार्यक्रममा अर्का उपाध्यक्ष डा. भट्टराईले क्रान्तिकारी पार्टीमा छलफल र विचार विमर्श हुनु स्वभाविक भएको बताउनु भयो । पार्टीभित्र भएको छलफललाई केहि तत्वले फुटको संज्ञा दिएको भन्दै उहाँले पार्टीलाई एक बनाएर लैजाने बताउनु भयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक