संसार भरी छरिएर रहेका नेपालीहरुको साझा मुखपत्र /अनलाइन पत्रिका नेपाल मदर डट कम www.NepalMother.com , जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं - Email : Info@Nepalmother.com

20110628

त्रिशूली नदीमा खस्दा तुइनमा चढेका १० मध्ये ५ बेपत्ता भए !

 सुतिरहेको बेलामा गोली प्रहार गरी एक वृद्धको हत्या !
गोरखाको घ्याल्चोक गाविसको चाइनाघाट र धादिङको बेनीघाट गाविसको भैसेगांैडालाई जोड्ने पृथ्वीराजमार्ग नजिकको तुइन सोमबार बिहान त्रिशूली नदीमा खस्दा तुइनमा चढेका १० मध्ये ५ बेपत्ता भएका छन्। तुइन नदीमा खस्दा गोरखाको घ्याल्चोक गाविसका ३५ वषीय मिश्रा श्रेष्ठ, ४० वषीय जगनारायण श्रेष्ठ, ३६ वषीय रञ्जित नेपाली (गैरे), ३६ वषीय अमृतलाल श्रेष्ठ र चितवनका ४० वषीय राजु सिलवाल बेपत्ता भएका तुइन खसेपछि पौडेर बाँच्न सफल सुरज खड्काले जानकारी दिए। तुइन खसेपछि पौडेर गोरखा घ्याल्चोकका टंक भन्ने ३१ वषर्ीय सुरज खड्का, उनकी श्रीमती ३० वषर्ीय हीरा खड्का, १२ वषीय सुरज
थापा, १२ वषर्ीय रमेश रेग्मी र बेनीघाटका प्रेम शाह बाँच्न सफल भएका छन्। तुइनमा क्षमताभन्दा बढी यात्रु एकै पटक चढेर नदी पार गर्न खोज्दा चुँडिएको प्रत्यक्षदर्शीले बताएएका छन्। एकपटकमा ३, ४ जना मात्र चढ्नुपर्नेमा १० जना चढेको र तरकारीको ५ ओटा भारीसमेत भएकाले तुइनले धान्न नसकेर नदीमा लत्रिएको थियो। तुइन नदीको बीच भागमा पुगेर लच्किँदा तुइनमा रहेका ५ जना मानिस नदीमा बगेपछि तुइन माथि उठेको थियो। नदीमा परी बेपत्ता हुनेहरूको पहिचान भए पनि नदीले बगाएकाले उद्धार हुन नसकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक दलबहादुर बोगटीले जानकारी दिनुभयो। गोरखाको घ्याल्चोक गाविसबाट तरकारी लिएर बेनीघाट गाविसको भैंसीगौडातर्फआउनका लागि त्रिशूली नदीमा रहेको तुइन तर्ने क्रममा घ्याल्चोकतर्फरहेको तुइनको काठको खम्बा चिरिन गई तुइन लठ्ठासहित नदीमा खसेको दर्ुघटनामा बाँच्न सफल सुरज खड्काको भनाइ छ। २०२५ सालमा बनेको सो तुइनको लठ्ठा खिया लागेर जर्ीण्ा बनेको र एक महिनाअघि मात्र पनि स्थानीय बासिन्दारुहरू सदरमुकाम आएर तुइन मर्मत गरिदिन जिल्ला विकास समिति गोरखासहित राजनीतिक दलहरूसँग समेत आग्रह गरेको तर सम्बन्धित निकायबाट बनाइने आश्वासन दिए पनि कार्यान्वयन नगर्दा गाउँलेले यो दर्ुघटना खेप्नुपरेको हो।

तुइन खसेर ५ जना बेपत्ता भएको घटनाको विरोधमा तुइनको स्थानमा पुल निर्माण हुनुपर्ने र बेपत्ता भएकाको परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले मुग्लिङ नौविसे खण्डमा पर्ने चरौदीको भंैसीगौडा चाइनाघाटमा झन्डै ४ घण्टा चक्काजाम गरेका थिए।

गोरखाका राजनीतिक दल, जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरूसँगको छलफलमा तुइन भएको स्थानमा पुल निर्माण, बेपत्ता खोजी कार्य तीव्र, तुइन दर्ुघटनामा घाइते उपचार र घ्याल्चोकको बर्खेघाट चाइनाघाट हुँदै धवादीघाटसम्मको बाटो निर्माणका लागि तत्काल र्सभे थालिने सहमतिपछि साँझबाट बाटो खुलेको छ।
पर्सा गम्हरियामा आइतबार राति अज्ञात समूहले चलाएको गोली लागि एक वृद्धको मृत्यु भएको छ।
पर्सर्ााे गम्हरिया गाविस-३ का ६० वषर्ीय शहीद देवानलाई आŠनै गाईबस्तुको गोठमा सुतिरहेको बेलामा राति अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो। घरनजिकैको गोठमा सुतिरहेका बेला अपरिचित व्यक्तिहरूको एक समूहले देवानको टाउकोमा गोली हानी हत्या गरेका थिए। कन्चटमा गोली लागेका देवानको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
 

0 comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक

________________________________________
यो मुख्य पृष्‍ठ हो, यस् भन्दा अगाडिका समाचारहरु हेर्न यसको ठीक माथि दाहिने पट्टी रहेको
Older Posts>> मा क्लिक गर्नुस् , फेरी फर्केर मुख्य पृष्‍ठमा जान माथि रहेको नेपाल मदर डट कम को लोगो मा क्लिक गर्नुहोला वा Back मा क्लिक गर्नुहोला : सम्पादक
________________________________________