20110621

जब अमेरिकामा बजे शँख घन्ट र चल्यो सत्यनारायण पूजा !

 हामीले पूजा गरेको, हाम्रो पूजा गराइ र परम्परा एबम टुप्पी धारी पण्डित, जब हाम्रा साथीहरु भजन क्रितनमा मस्त हुन थाले, हाम्रो अलग शैली पनि उनिहरुलाई थप  आकर्सण नहुने कुरै भएन ! सबै देखेर अमेरिकि मेरा छिमेकी र साथीहरु दँग मात्र परेनन हाम्रो मिलेर काम गर्ने शैली र उदारताबाट पनी उनिहरु तिनछक परे !     

अमेरिकाको भर्जिनिया मनासस स्थित मेरो निवासमा गरिएको सत्य नारायण भगवानको बिशेष पूजा तथा रुद्रीमा मेरा सम्पूर्ण यहाँ भएका मित्रहरु, दिदी बहिनी, दाजुभाइहरुले जसरी खाइ नखाइ अहोरात्र खटेर दु:ख कस्टका साथ अत्यन्त राम्रो सँग सम्पन्न गर्न सहयोग गर्नुभयो, सबै प्रती हार्दिक आभार प्रकट गर्दछु । हिन्दू धर्मका एक उच्च नायक, बिस्वभरका हिन्दूहरुका जगद गुरु नेपाली बाबा, पण्डितजीहरु लक्ष्मण भण्डारी, राजेन्द्र खनाल,मुकुन्द अधिकारी, अमेरिकाकालागी नेपाली राजदुत डा शंकर शर्मा सहित सबै उपस्थित र पूजामा संलग्न सबै प्रती म नतमस्तक छु । मैले केबल आयोजना मात्र गरेको हुं यो बिशेष पूजाको । सम्पन्न गर्न सबै इस्टमित्र हरुको हात छ । यसको सम्पूर्ण श्रेय पनि मैले पूजाको लागि मरिमेट्ने सबै साथीहरुलाई दिन चाहन्छु । गर्मी याम, चुलो को तातो राप सँग पैंठे जोरी खेल्दै नेपालकै गाउँ घरको याद गराउँदै थुप्रै दिदी बहिनीहरु सेलरोटी पकाउन कस्सिए, दाजुभाइहरु साथीहरु प्रसाद र खाना पकाउन जूटे, निजी निवासमा बर्षायाम र गर्मी दुबै सँगै लड्दै, अमेरिकी छिमेकीहरु को डर मान्दै, काउन्टी र प्रहरी अनी सडकमा पार्किङको समस्यासँग जुद्धै र डराउंदै करिब सातसय नेपाली, अमेरिकन इस्टमित्र हरुलाई निम्त्याइएको र लगभग सबै उपस्थिती रहेको यो धार्मिक कार्यलाई सम्पन्न गराउन सहयोग गर्ने सबै सहयोगी हातहरु लाई हामी कहिलै भुल्ने छैनौं । यो पूजाले मलाई नेपालको झझल्को दिलाएको छ र म, मेरो परिवार सबै हर्सित छ । फेरी पनि सबैलाई आभार र धन्यबाद प्रकट गर्दै स्थान अभाब, अन्य कठिनाई, बाध्यताले मैले डिसी क्षेत्रमा बस्ने मेरा हज्जारौं मित्रहरुलाई पूजामा निम्त्याउन चाहेर पनि निम्त्याउन नसकेकोमा, छुट भएकोमा हात जोडी माफी माग्नुको बिकल्प छैन । पूजा मण्डप सौजन्य गर्ने डिसी नेपाली समाजलाई पनि धेरै धेरै धन्यवाद ! भगवानले हामी सबैको कल्याण गरुन, धन्यवाद !    
- रामप्रसाद खनाल
हेर्नुस् फोटोहरु स्लाइड सो एल्बममा  


for more photos please see these face link








हेर्नुस् भिडियोहरु




























- Photo/Video By Uttam Sapkota, Kamal Bhattarai and Gyanan Khanal




अमेरिकामा घर जग्गा किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि  !
 जिन्दगीमा घर धेरै पटक किनबेच गरिदैन,
 त्यो पनि अझ अमेरिकामा, घर किनबेच गर्दा सहि रियल्टर र कम्पनी छान्नु भएन भने पछी तपाईंले धेरै दु:ख र झन्झट पनि बेहोर्नुपर्ने मात्र होइन घर त्यसै छाड्नुपर्ने पनि हुनसक्छ पछी, तसर्थ परिपक्व, चिनेको र बिस्वासिलो रियल्टर र कम्पनी सँग घर किनबेच गर्नु तपाईंको लागि राम्रो हुन्छ ।   अमेरिकामा ३० बर्ष मा सबैभन्दा कम interest Rate छ अहिले, मात्र 4.5 % वार्षिक । यो बेला घर किन्ने बेला हो । घर भएकाले दोस्रो घर किनेर राख्ने बेला हो । लगानी गरेर प्रतिफल कमाउने बेला हो । अमेरिकामा घर जग्गाको को भाउ बिस्तारै माथि जादै गरेकोले लगानी गर्नेहरुले प्रतिफल पाउने राम्रो अबसर छ, तपाईं ले पनि बिचार गर्ने कि ?? घर किन्न बेच्न र यस सम्बन्धी कार्यका लागि म तपाईंलाई सहयोग गर्न तयार छु संपर्क गर्न सक्नुहुन्छ ।
If you want to Buy, Sale Home and Property in United States of America !  I can Help you !
- Ram Prasad Khanal - Realtor®
 Long and Foster
(Leading Real Estate company in the World)
Cell - 703-419-0924
Email : rampdkhanal@gmail.com
 "Note : This Advertisement is only for Those People Who Legally Live and Work in United State of America"  

For More Detail please visit : http://ramkhanal.lnfre.com/

 

अपार्टमेन्टमा किन बस्नुहुन्छ ? तपाईंले 5/6 हजार डलरले 2 लाखको घर किन्न सक्नुहुन्छ, ढिलाई किन ! अमेरिकामा बस्ने, काम गर्ने हरेक नेपालीको घर होस् भन्ने हाम्रो चाहना छ र त्यो सम्भब छ ! अमेरिकामा घरको मुल्यको मात्र 2% Down Payment मा घर किन्न पाईन्छ अहिले, यदी तपाईं सँग क्रेडिट स्कोर राम्रो छ र २ बर्ष यहाँ काम गरेको छ भने* तपाईंले घर किन्न पाउनुहुन्छ । घरको महिनामारी किस्ता (मोर्गेज) पनि जम्मा 4.5% ब्याजमा तपाईंले अपार्टमेन्टमा तिर्ने भाडा भन्दा पनि कमले तिर्न पुग्छ । भाडा तिर्ने पैसाले आफ्नै घर किनेर बस्नुस्, भबिस्य हेर्नुस् । थप जानकारीका लागि र तपाईंलाई घर किन्न बेच्न परे तपाईंहरुकै चिर परिचित रियल्टर रामप्रसाद खनाललाई सम्झन सक्नुहुन्छ । - Ram Prasad Khanal - Notary Public/Realtor® - Long and Foster Real Estate. Inc ( Buying, Selling specialist ) Tel - 703-419-0924, Email : Ram.Khanal@LongandFoster.com, visit http://ramkhanal.lnfre.com/ , http://www.ramkhanal.com (This Advertise is only for those people who live and work in US)

2 comments:

  1. well done bro,I feel as I am at Nepal now,Great job well done marvolous.

    ReplyDelete
  2. well done ram dai but ghada tkra puja hudyanki just lagchh

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक