20110824

नेपाली जनसंपर्क समिती भर्जिनिया च्याप्टर द्वारा बिपी जयन्तिका अबसरमा आयोजित कार्यक्रम

- Shristi Humagai 
नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया च्याप्टर को आयोजना मा यही सेप्टेम्बर १० तारिख का दिन जननायक स्व बि पि कोइराला को  जन्म जयन्ती भब्य रूप मा मनाइयो । सो अवसर मा आयोजित प्रबचन तथा साहित्यिक कार्यक्रम का प्रमुख अतिथी एबम सयुक्त राज्य अमेरिका का लागि नेपाली राजदूत डा शंकर प्रशाद शर्मा ले स्व कोइराला ले परिकल्पना गर्नु भएको राजनीतिक र आर्थिक अबधारणा को बिस्लेषण गर्नुहुँदै उहाँ नेपाल को मात्रै नभएर अन्तरराष्ट्रिय स्तर को ब्यक्तित्व हुनुहुन्थ्यो भन्नु भयो । उक्त अवसर मा महामहिम राजदूत शर्मा ले वाशिङ्टन डि सि यरिया मा पहिलोपटक नेपाली जनसंपर्क समिती द्वारा आयोजित रक्तदान कार्यक्रम मा सहभागि रक्तदाता हरुलाई प्रशंशा-पत्र बितरण पनि गर्नु भएको थियो ।
 उक्त प्रवचन् तथा साहित्यिक कार्यक्रम मा डा सुकदेव शाह ले बि पि कोइराला को राजनीतिक जीवन र साहित्यकार होमनाथ सुबेदी ले स्व कोइराला का साहित्यिक सिर्जना हरु को बिश्लेषण गर्नुभएको थियो ।            
   च्याप्टर का सभापति केशव बराल को सभापतित्व मा सम्पन्न कार्यक्रम मा साहित्यकार सिता पाण्डे,अमेरिका नेपाल समाज का उपाध्यक्ष सागर कंडेल,नेपाली कङ्रेस का विश्व बन्धु प्रसाई,बिनय अर्याल,चौपारी समाज का राम चन्द्र भट्टराई र नेपाली जनसंपर्क समिती मेरिल्यान्ड च्याप्टर का सभापति सुभाष घिमिरे ले आ-आफ्नो मन्तब्य सहित महामानव श्री कोइराला प्रती श्रद्धा सुमन ब्यक्त गर्नु भएको थियो भने साहित्यिकारहरु प्रेम संग्रौला,गोपाल रेग्मी,सुदीप भद्र खनाल,डिग बहादुर तामांग,सृस्‍टि हुमागाई,प्रकाश नेपाल राम प्रसाद खनाल,राम शरण हुमागाई लगायत ले कविता बाचन गर्नु भएको थियो । च्याप्टर का उपसभापती राम शरण हुमागाई ले सन्चालन गर्नुभएको उक्त कार्यक्रम मा सदस्य यम कोइराला ले स्वागत मन्तब्य दिनुभएको थियो ।
सोही दिन बिहान आयोजित रक्तदान कार्यक्रम मा सागर कंडेल,श्रीकृष्ण भट्टराई, टंक दाहाल,मोहन घिमिरे ,आनन्द घिमिरे , सुभाष घिमिरे,मनिन्द्र राज जोशी ,रूप कार्की,ॠषिकेश सिलवाल,यम कोइराला लगायत ले अमेरिकन रेडक्रस लाई रक्तदान गर्नु भएको कार्यक्रम को शुभारम्भ नेपाली दूतावास का उप नियोग प्रमूख अर्जुन कान्त मैनाली ले गर्नु भएको थियो ।
On the special occasion of BP Koirala's birthday (09.08.1914), Nepali Janasamparka Samiti, VA Chapter organized a Kabita Gosthi, hosted by Mr. Ramsharan Humagai, Vice-President of Nepali Janasamparka Samiti, VA Chapter. Chief guests were US-Nepal Ambassador Dr. Shankar Sharma, Dr. Shukdev Shah who personally knew BP, President of Nepali Jana Samparka Samiti, VA Chapter Mr. Keshab Baral and Mr. Hom... Nath Subedi, Chairman of Board of Trustees (International Nepal Literary Society). Poems and speeches were presented by some of the very well known contemporary poets such as Mr. Gopal Regmi, Mr. Prakash Nepal, Mr. Sudeep Bhadra khanal, Mr. Ram Prasad Khanal, Mr. Prem Sangraula. Audience was joined by a highly admired, respected literary figure Mr. Shiv Satyal Peeth. we acknowledge and appreciate a political organization such as Nepali Janasamparka Samiti, taking an initiative to organize a solely literature based event in dedication to one of the greatest personalities in Nepali Literature, Late Mr.Bisheshwor Prasad Koirala.







 

















for more photo please click this Link

http://www.facebook.com/profile.php?id=500382944#%21/media/set/?set=a.10150309348174961.347413.602004960&type=1


http://www.facebook.com/photo.php?fbid=2205966321035&set=a.2203046728047.2119530.1603728617&type=1#%21/media/set/?set=a.283909428301276.90093.100000466622569&type=1

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक