20110831


मदन पुरस्कार गुठीलाई माथ गर्‍यो हेम सरिता पाठक प्रतिस्ठानले

लोकप्रिय गायक प्रेमराजा महत, जीबन शर्मा, गायिका सपना श्री, बरिस्ठ पत्रकारहरु  तीर्थ कोइराला, राजेश्वर नेपाली र लिला बराललाई हेम सरिता पाठक प्रतिस्ठानद्वारा ठुलो धन राशीको पुरस्कारको घोषणा ! 
कुनै बेला नेपालमा मदन पुरस्कार गुठी ठुलो र महत्वपूर्ण मानिन्थ्यो, अझै पनि त्यसको त्यत्तिकै महत्व छ , तर अहिले मदन पुरस्कारलाई पनि माथ गर्दै हेम सरिता पाठक प्रतिस्ठानले वार्षिक करिब दश लाख रुपैयाका बिभिन्न पुरस्कार दिदै नेपाली समाजमा एउटा अत्यन्त राम्रो काम को शुरुवात गरेको छ । गीत ,संगीत , कला , साहित्य, पत्रकारिताका क्षेत्रमा हेम सरिता पाठक प्रतिस्ठानको यो कदम नेपाली इतिहासमा सधैं स्वर्ण अक्ष्यरले लेखिने छ । टेक्सस अमेरिकामा बसेर एउटा सफल नेपाली ब्यबसायी  गतिलो छबी बनाएका हेम पाठक र वहाँकी धर्म पत्नी सरिता पाठकका नामबाट स्थापित यो प्रतिस्ठानले गत बर्ष देखिनै यो उदाहरणिय काम शुरुगरेको हो । दुई छोरी जेनी र सोनीका आमाबाबु हेम र सरिता बस्तबमै नेपाल र नेपाली लाई माया गर्ने, गीत संगीत कला, साहित्य, पत्रकारिता लाई माया गर्ने मात्र होइनन कि अमेरिकामा बसे पनि नेपाली मन र पन
( हेम सरिता पाठक छोरीहरु जेनी र सोनिका साथमा ।  )
भएका सबैका उदाहरणिय पात्रहरुको रुपमा प्रसिद्धी पाएका छन। प्रतिस्ठान कि अध्यक्ष्य जेनी पाठक भन्छिन "हाम्रा माता पिता ले जस्तै नेपाल र नेपालीको लागि सोच्ने, केही गरौँ भन्ने मान्छे अरु पनि भैदिए कस्तो हुँदो हो, म र मेरी बहिनी सोनी पनि माता पिता सँगै समाज सेवामा लाग्ने अठोट का साथ अघी बढेका छौं, हाम्रो अध्ययन पुरा हुना साथ हामी हाम्रो लागि होइनकी समाजका लागि काम गर्ने छौं माता पिता सँगै " उनकी बहिनी सोनी को पनि भनाइ ठ्याकै दिदी जेनिको जस्तै छ। हेम पाठक नेपालको पत्रकारिता मा लामो समय बिताएका मात्र छैनन, उनले बिसौं लाख गुमाएर नेपाली पत्रकारितालाई टेवा  दिएको हामी साक्ष्यी छौं । हेम अमेरिका आउनु अघी पनि नेपालमा कुशल उद्योगी, ब्यबसायी, पत्रकार , समाजसेबीको गतिलो उदाहरण बनेका थिए भने सरिता जस्तो श्रीमान को उस्तै श्रीमती छिन। सम्भवत यो जोडीलाई भगवानको बरदान नै हुनुपर्छ । श्रीमान र श्रीमती त थिए थिए दुबै छोरी हरु जेनी र सोनी देख्दा पो अचम्म लाग्छ । नयाँ जेनेरेसन का यि छोरी हरुको समाजसेवा को लक्ष्य सुन्दा जो कोही पनि दँग हुन्छन । नेपालको दोस्रो मदन पुरस्कार गुठी र मदन पुरस्कार को रुपमा अगाडि आएको हेम सरिता पाठक प्रतिस्ठान स्थापक हेम सरिता पाठक लाई नेपाल मदर डट कम् र अन्तराष्ट्रिय कलाकार मन्च का तर्फबाट हामी हार्दिक धन्यवाद आभार प्रकट गर्दै हामी वहाँहरुको समाजसेवा अभियानमा सधै साथ हुने बाचा गर्दछौं । यसै बिच हेम सरिता पाठक प्रतिस्ठान ले यस बर्ष एउटा स्वतन्त्र मुल्याङ्कन समिती बरिस्ठ पत्रकार गोकुल पोखरेलको अध्यक्ष्यता मा बनाइ मुल्याङ्कन गरी केही पत्रकारहरु, कलाकारहरु लाई ठुलो धन राशिका साथ पुरस्क्रित गर्दैछ ,           

टङ्कप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार सञ्चारकर्मीमध्येबाट तीर्थ कोइरालालाई दिइने भएको छ । पुरस्कार राशी २ हजार अमेरिकी डलर रहेको छ । यस्तै ५०० डलरको टङ्कप्रसाद रमादेवी पाठक पत्रकारिता साधना पुरस्कार जनकपुरका पत्रकार राजेश्वर नेपाली तथा पत्रकार लिला बराललाई टङ्कप्रसाद रमादेवी पाठक प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी गीत सङ्गीतको क्षेत्रमा ख्याती कमाएका जीवन शर्मालाई हेम सरिता पाठक सङ्गीत पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कार एक हजार डलरको छ । नेपालको लोक गीत को क्षेत्र मा लामो समय सम्म कृयासिल, सयौँ लोक र दोहोरी गीत का गायक, लोकप्रिय कलाकार, अमेरिकाको म्यारिल्यान्ड र पेन्सलभेनिया का लागि अबैतनिक बाणिज्यदुत  प्रेमराजा महतलाई एक हजार अमेरिकी डलर र लोक गायिका सपना श्रीलाई ५०० अमेरिकी डलरको हेम सरिता पाठक  गीत सङ्गीत पुरस्कार प्रदान गरिने भएको छ । यि पुरस्कारहरु नेपालमा भएका पत्रकार र कलाकारहरुलाई बडा दसैं अघी नेपालमै आयोजिट कार्यक्रममा र अमेरिकामा भएका कलाकार हरुलाई अमेरिकाको अस्टिन टेक्ससमा नेपाली नयाँ बर्ष का अबसरमा भब्य कार्यक्रमको आयोजना गरी प्रदान  गरिने प्रतिस्ठानले एक प्रेस रिलिज मार्फत जनाएको छ । पुरस्कार प्राप्त गर्ने हाम्रा पत्रकार साथीहरु र कलाकार साथीहरुलाई हार्दिक बधाई र हेम सरिता पाठक प्रतिस्ठान लाई यो प्रसँसनिय कार्यका लागि फेरी पनि बधाई । पुरस्कार का लागि कलाकार छनौटमा अन्तराष्ट्रिय कलाकार मन्चलाई पनि सहभागी गराउने हेम सरिता पाठक प्रतिस्ठान लाई मन्चको तर्फबाट पनि धन्यवाद ।    


1 comment:

  1. congraluation all winners and more congraluation hemsarita pathak,who effort like this bigest awared donate to artist,sahityeek and more,

    hari siwakoti
    www.dkcreation.com.np
    canada

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक