20110831

अमेरिकाको फ्लोरिडामा देखिएको सानो नेपाल र यसपालिको तीज

* यस पालिको तीजमा अमेरिकाको भर्जिनिया मनाससमा आयोजित अत्यन्त बिशाल र भब्य एतिहासिक तीज महोत्सब हुरिकेन र स्टेट एमेर्जेन्सिका कारण रद्ध गर्नुपरेको पिँडालाई फ्लोरिडाबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले निकै हद सम्म कम गराइदिए । फ्लोरिडाको ओर्ल्यान्डोमा आयोजित तीज तथा मेरो साँस्कृतिक साँझ भब्यताका साथ सम्पन्न गर्ने अन्तराष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा शाखा, कृष्ण
श्रेष्ठ, समाजसेबी मित्रहरु क्रमस : पूर्व मिस नेपाल पुनम घिमिरे, बिमल नेपाल, धन थापा मगर, बिकास देबकोटा, चुडामणी खनाल, देब राइ, राजेन्द्र सिंह राउत लगायतका अन्य नेपाली पन र मन अनी समाजसेबी भावना बोकेका यि र यस्तै थुप्रै साथीहरुको सक्रियताले यो तीज बिशेष साँझ र "रामप्रसाद खनाल साँस्कृतिक साँझ" भब्य रुपमा सम्पन्न भएको थियो, यसका अलावा वहाँहरुले सामुहिक रुपमा मलाई गर्नुभएको अभिनन्दन र उक्त कार्यक्रमको आयोजना का लागि एक नेपाली साँस्कृतिक कर्मीका हिसाबले मुक्त कन्ठले प्रसँसा गर्दै आभार प्रकट गर्न चाहन्छु । * फ्लोरिडाको यो कार्यक्रमको क्रममा डिज्नी वर्ल्ड को भ्रमण मेरा लागि अर्को स्मरणिय बन्यो। अमेरिकामा नेपालको सगरमाथा, मन्दिर, पौवा, देबी देबताका मुर्ती, काली गण्डकी
नदी र र्याफ्टिङ, नेपालको पुरै तस्बिर त्यहा उतारिएको देख्दा मेरो नेपाली छाती अझ गौरबले फुलेर आयो, नेपालको यती राम्रो प्रोमोसन अमेरिकामा अन्यत्र मैले आज सम्म देखेको छैन, तल भिडियो र फोटोमा यसको सचित्र बर्णन हेर्न सक्नुहुन्छ। * मेरो फ्लोरिडा भ्रमणको चाँजो पाँजो मिलाउने र सम्पूर्ण ब्यबस्था गर्ने मित्र धन थापाजी, बिकासजी, साथ दिने केसी जी, सुभाश, सरस्वती, उनको आमा, अन्जना, अनिता भाउजु, आसिस, निशा, अन्य केही नेपाली दाजु भाई र दिदीबहिनिहरु लाई बिशेस धन्यवाद दिन चाहन्छु ।
- रामप्रसाद खनाल - अध्यक्ष, अन्तराष्ट्रिय कलाकार मँच     

All Photos and Videos By Dhan Thapa Magar / Nepalmother.com/Dhanphotos.com          














1 comment:

  1. Yo Florida ko kun thau ma chha? Can i please get the address? It's really nice place. :)

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक