20110907

क्यानाडामा पनि स्थापना भयो अन्तर्राष्ट्रिय कलाकार मंचको शाखा, विश्व भर नै कलाकारको एउटा ठुलो सन्जाल बनाउने निती

विश्वका अन्य मुलुकका साथै अमेरिकाको बिभिन्न स्टेटमा समेत  शाखाहरु विस्तार गर्दै अगाडी बढी रहेको  अन्तर्राष्ट्रिय कलाकार मंचको शाखा अहिले क्यानाडामा पनि स्थापना भएको छ | सो शाखाको  अध्यक्ष्यमा चलचित्र नायक, निर्माता, कलाकार  इश्वर थापा, उपाध्यक्षमा कलाकार कमल थपलिया, सचिवमा गायिका तथा कवयत्री राधिका खरेल (वहा हाल एन आर एन क्यानाडाको कोषाधक्ष्य पनि हुनुहुन्छ) भने सदस्य हरुमा गायक रामकाजी मोक्तान,  तेन्जिंग भुटिया हुनुहुन्छ,. अन्य क्यानाडा बासी नेपाली कलाकार हरु पनि छिट्टै संस्थामा संलग्न  हुने क्रममा छन् भने सल्लाहकारहरुमा तेक्वान्दो खेलाडी तथा कलाकार राजकुमार राई, मन्च का केन्द्रिय
सदस्य हरि सिवाकोटी , एनआरएन क्यानाडाका अध्यक्ष्य डा. बिनोद के.सी हुनु हुन्छ | क्यानाडाकालागि नेपाली राजदुतलाई पनि बिशेष आमन्त्रित सल्लाहकारका रुपमा आमन्त्रण  गरिएको छ। अध्यक्ष्य थापाले केही समयभित्रै यसलाई अझ बिस्तार गरी क्यानाडाका सबै कलाकारहरुलाई समेटेर अगाडि बढीने बताउनुभयो । मँचको केन्द्रिय कार्य समितिका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले नब निर्बाचित क्यानाडा शाखाका सबै कलाकारहरुलाई बधाई दिदै गीत, संगीत, कला, सँस्क्रिती र कलाकारहरुको विश्वब्यापी सन्जाल बनाउने अभियानमा क्यानाडा शाखाले पनि महत्वपूर्ण भूमिका निर्बाह गर्ने विश्वाश ब्यक्त गर्नु भएको छ।  स्मरण रहोस् हाल सम्म संसार का बिभिन्न देश हरु र अमेरिका मा समेत गरी अन्तरराष्ट्रिय कलाकार मँचका १० वटा शाखा गठन एबम बिस्तार भैसकेका छन भने अन्य देश हरु, शहरहरुमा समेत यो मँच का शाखा हरु बिस्तार हुने क्रममा छन । 

  • मन्च ले आगामी दिनमा छुट भएका प्रतिष्ठित कलाकारहरुलाई समेट्दै हरेक देशमा सम्भब भए सम्म शाखा बिस्तार गर्दै जाने, त्यसै गरी अमेरिकाका ठुला शहर र स्टेटमा पनि शाखा, उपशाखा बिस्तार गर्दै जाने, विश्व भर नै कलाकार को एउटा ठुलो सन्जाल बनाउने निती लिएको छ ।  विश्वब्यापी रुपमा हरेक देशमा रहेका नेपाली वा बिदेशी कलाकारलाई देश वा शहर स्तरका शाखा गठनका लागि 703-419-0924 US वा iafamerica@gmail.com , info@nepalmother.com , rampdkhanal@gmail.com संपर्क गर्न पनि आव्हान गरेको छ। बिभिन्न देश तथा शहर हरुमा रहेका कलाकार सँग सम्बन्धित संघ संस्थाहरु लाई पनि अन्तराष्ट्रिय कलाकार मन्चले छाता संस्थाका रुपमा  समेट्दै जाने निती लिएकोले इच्छुक संघ संस्थाले संपर्क गरी मन्च सँग आबद्ध हुन पनि आग्रह गरेको छ। पहिलेनै स्थापित कला सँग सम्बन्धित संस्थाहरुलाई मन्च ले अलग्गै शाखा उपशाखाको रुपमा समेत मान्यता दिएर सहयोग गर्ने निती लिएको कुरा अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । खनाल का अनुसार अन्तराष्ट्रिय कलाकार मन्च नै अब संसार भरिका कलाकार हरुको छाता संगठनको रुपमा बिकास गर्दै लगिने छ।  मन्चका गतिबिधिका लागि नेपाल मदर डट कम, अन्य मिडियाहरु   वा www.iafusa.blogspot.com क्लिक गर्न पनि मन्चले सबैमा आग्रह गरेको छ ।   for more detail about International Artists Forum please visit this site too

http://iafusa.blogspot.com/

related another news link :

राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त कलाकार सम्मिलित 48 सदस्यीय नयाँ कार्यकारी समिती निर्माण गर्दै अन्तरास्ट्रिय कलाकार मँचको केन्द्रिय कार्य समिती पुनर्गठन


अन्तराष्ट्रिय कलाकार मँच,अमेरिकाको जरुरी सूचना !!!
गीत, संगीत, चलचित्र, नाटक, वा कुनै पनि क्षेत्रमा कला भएका कलाकार र तिनिहरु लाई माया गर्ने प्रबुद्ध बर्गको एकता एबम हक र अधिकारकालागि स्वतन्त्ररुपमा आवाज उठाउने, आपशी संपर्क, आपत बिपतमा सहयोग, कम्युनिटीका लागि मनोरन्जन प्रदान, बिदेशमा नेपाली कला को पहिचान गराउने लगायतका कला सँग सम्बन्धित रहने गरी अमेरिकामा स्थापित यस् अन्तरराष्ट्रिय कलाकार मँच लाई बिस्तार गरिदै छ । इच्छुक नेपाली कुनैपनी बिधाका कलाकारहरु लाई ईमेल वा फोन बाट संपर्क गर्न अनुरोध गरिन्छ । अमेरिकामा प्रधान कार्यालय रहने यस् मन्चको समितीमा जुन सुकै देशमा रहेका नेपाली वा अरुदेशका कलाकार ले सहभागि हुन सक्नेछन । सँख्या हेरी हरेक देशमा यस् मन्चका शाखाहरु पनि बिस्तार गरिदैछ र संख्या हेरी अमेरिका वा अन्य देश का बिभिन्न शहर हरुमा पनि थप् यस् मन्च का शाखा उप शाखा खोल्ने हाम्रो अभियान अहिले तिब्र पारेका छौं । कलाकार मित्रहरु ईमेल मार्फत तपाईंको विवरण ईमेल र फोन नम्बर हामीलाई पठाउनुश तुरुन्त हामी तपाईंलाई संपर्क गर्नेछौ ।
-अन्तराष्ट्रिय कलाकार मँच,अमेरिका
Email : internationalartistsforum@gmail.com, or rampdkhanal@gmail.com, Tel. 703-419-0924
http://www.iafusa.blogspot.com

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक