20110914

प्रचण्ड दुनियाँलाई छलेर र ढाँटेर कहाँ हराएका रहेछन् गत हप्ता ल हेर्नुस् पोल यसरी खुल्दै छ ! हो कि होइन प्रचण्ड महाशय !

उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीले उमेदवार बनाएपनि प्रधानमन्त्री भने भारतबाट नियुक्त भएको माओवादी सचिबको आरोप
माओवादी नेतालाई माओवादीले नै देखाए कालो झण्डा !
रहस्यमयी र अनपेक्षित व्यवहार दर्शाएर चर्चामा आउन मन पराउनुहुने माओवादी अध्यक्ष प्रचण्ड गत साताको शुक्रबार अचानक हराउनुभयो। उहाँ किन र कहाँ हराउनुभएको थियो भन्ने कुराको जानकारी हामीलाई प्राप्त भएको छ। त्यस दिन (भदौ २३ गते) गोरखामा आयोजित एक कार्यक्रममा भाग लिएर काठमाडौं आउनुभएका प्रचण्ड आफ्नो परिवारका सदस्यहरूका साथ विराटनगर जाने विमानमा लुसुक्क चढ्नुभएको थियो। अङ्गरक्षकबिना नै विराटनगर पुग्नुभएका प्रचण्डलाई पार्टीभित्र उहाँको सर्वाधिक विश्वासप्राप्त मानिएका हरिबोल गजुरेल एक्लैले स्वागत गर्नुभएको थियो। भीआईपी प्रस्थान कक्षबाट नभई साधारण कक्षबाट बाहिरिनुभएका प्रचण्डका निम्ति बाहिर
एउटा जीप राखिएको र सोही जीपमा चढेर प्रचण्ड आफ्नी पत्नी सीता दाहालसहित इटहरी हुँदै पहिले झापा र त्यसपछि भारतको सिलिगुडीतर्फ लाग्नुभएको थियो। झापाको कुन स्थानमा पुगेपछि गाडी परिवर्तन गरेर प्रचण्ड भारतीय नम्बरप्लेटको गाडीमा हुइँकिनुभएको थियो भन्ने कसैले पनि थाहा पाउन सकेनन्। अङ्गरक्षकबिना नै 'सवारी चलाइएको' हुँदा गोपनीयतामा विशेष ध्यान दिइएको बताइन्छ। प्रचण्ड विराटनगर विमानस्थलदेखि सिलिगुडीसम्म पुग्दा पनि नेपालको प्रहरी–प्रशासनले चाल नपाउनुले हाम्रा सुरक्षा निकायहरूको क्षमता उजागर गरेको ठानिएको छ।

प्रचण्डले आफ्नो गुप्त भ्रमणलाई निजी, पारिवारिक र अनौपचारिक भएको देखाउन पत्नी सीतालाई समेत सामेल गर्नुभएको भए पनि भ्रमण निजी नभई विशुद्ध राजनीतिक उद्देश्यबाट भएको जानकारी प्राप्त भएको छ। प्रचण्ड सिलिगुडीस्थित भारतीय गुप्तचर संस्था 'रअ'को अतिथिगृहमा पाहुना भएर बस्नुभएको र त्यहीँ भारतीय अधिकारीहरूसँग वार्तालाप भएको विश्वस्त सूत्रहरूले जनाएका छन्। सोही स्थानमा ०६२/०६३ यता प्रचण्डको भारतीय

अधिकारीहरूसँग पटकपटक सम्पर्क र संवाद हुने गरेको पनि समाचार सूत्रहरूको भनाइ छ।

आफू शान्ति र संविधानको पक्षमा भएर पनि सोही नीतिको कार्यान्वयन गर्न डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभएको यथार्थलाई सहज ग्रहण गर्न प्रचण्डले सकिरहनुभएको छैन। शान्तिप्रक्रिया पूरा गर्ने हो भने त्यसको सम्पूर्ण जस (यश) आफूले पाउनुपर्ने धारणा प्रचण्डले विभिन्न 'महत्त्वपूर्ण' व्यक्तिहरूसमक्ष प्रकट गर्ने गर्नुभएको र उहाँले भारतीय अधिकारीहरूसँगको गुप्त बैठकमा पनि 'आफू शान्तिप्रक्रिया पूरा गर्न तत्पर रहेको तर त्यसको जस (यश) पनि आफैंले पाउनुपर्ने 'माग' राख्नुभएको बताइन्छ। काठमाडौंस्थित भारतीय सम्पर्क सूत्रहरूसँग प्रचण्डले शान्तिप्रक्रिया टुङ्ग्याएको जस (यश) आफूले पाउनुपर्ने भनी पटकपटक भन्ने गरेका कारण सूत्रधारहरूमार्फत नै सिलिगुडीमा बैठक राखिएको र बैठकमा प्रचण्डले पूर्ण आश्वासन पाउनुभएको बताइन्छ। बैठकमा माओवादी लडाकु व्यवस्थापन, शान्तिप्रक्रिया र नयाँ संविधान निर्माणलगायतका विषयमा छलफल भएको बताइन्छ। बैठकमा प्रचण्डले पाँच हजार लडाकुलाई सेनामा समावेश गरिदिए शान्तिप्रक्रियाले पूर्णता प्राप्त गर्ने भनी अधिकारीहरूलाई विश्वस्त तुल्याउनुभएको पनि बुझिएको छ। प्रचण्डले आफ्नो भ्रमणबारे काङ्गे्रस महामन्त्री कृष्ण सिटौलालाई जानकारी भएको सार्वजनिक रूपमै बताउनुभएको छ।

यस कुराले पनि भ्रमण र गुप्तवार्ताका निम्ति सूत्रधारको भूमिका सिटौलाले निर्वाह गर्नुभएको स्पष्ट सङ्केत गर्दछ। भनिन्छ, प्रचण्डले सिटौलासँग शान्तिप्रक्रियाको 'क्रेडिट' आफूले पाउनुपर्ने भन्दै बाबुरामलाई हिरो बनाउन आफू किन सक्रिय हुने भन्ने धारणा प्रश्नका रूपमा राख्दै आउनुभएको थियो। प्रचण्डका विशेष हितैषीका रूपमा समेत चिनिएका सिटौलाले प्रचण्डलाई जस (यश) दिलाउन आफूले सहयोग गर्ने वचन दिँदै आउनुभएको छ। जब कि जस (यश) पाउन प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने हुन्छ। सिलगुडी भ्रमणपश्चात् उहाँको प्रसन्नताले उहाँमा पुनः प्रधानमन्त्री बन्ने विश्वास बढाएको सङ्केत दिएको छ। प्रचण्ड यसरी शान्तिप्रक्रिया पूरा गरेको 'क्रेडिट' आफैंले पाउनुपर्छ भन्नेमा दृढ हुनुभए पनि बाबुरामलाई विस्थापित नगरी उहाँ प्रधानमन्त्री बन्न सम्भव देखिँदैन। जब कि भट्टराईलाई तत्काल विस्थापित गर्न कुनै पनि पक्षले आवश्यक ठानेको छैन र उहाँलाई हटाउँदैमा प्रचण्डले सरकारको नेतृत्व पाउनुहुन्छ भन्ने निश्चितता पनि छैन। कसले प्रचण्डलाई कसरी विश्वास दिलायो र उहाँलाई कसरी प्रसन्न तुल्यायो सोको पूर्ण विवरण प्राप्त हुन सकेको छैन। तर, प्रचण्ड अब आफ्नो बाटोमा दक्षिण बाधक नबन्नेमा चाहिँ ढुक्क हुनुभएको छ। स्मरणीय छ, पछिल्लो समयमा भारतीय गुप्तचर संस्था 'रअ'का वरिष्ठ अधिकारी एवम् नेपाल प्रमुख आलोक जोशीसँग प्रचण्डले आफ्नो सम्बन्ध निकै कसिलो बनाउनुभएको छ। उहाँहरूबीच निरन्तर सम्पर्क र संवाद रहने गरेको सम्बद्ध सूत्रबाट थाहा भएको छ। मोहन वैद्य समूहको भेलालाई सम्बोधन गर्न धरान जाने क्रममा माओवादी कार्यकर्ताहरुले सचिव सीपी गजुरेललाई इटहरीमा बुधबार अवरोध गरेका छन् । संस्थापन पक्षका कार्यकर्ताहरुले गजुरेल गाडीमा बसेर धरान जाने क्रममा रोकेर प्रदर्शनसमेत गरेका थिए । उनीहरुले सहमति विपरित पार्टी निर्णयलाई चुनौती दिँदै भेलामा हिडेको भन्दै कालो झण्डासमेत देखाएका थिए ।
प्रदर्शन र विरोध उग्र बन्दै गए पछि इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले सुरक्षा प्रबन्धसहित सचिव गजुरेललाई धरानतर्फ पठाएको थियो । गजुरेल इलामको कार्यक्रम सकाएर आजै इटहरी पुगेका थिए ।
एकीकृत माओवादीका सचिव एवं पूर्वाञ्चल ब्युरो इञ्चार्ज सिपि गजुरेलले आफ्नो विचार समुहमा छलफल, प्रशिक्षण कार्यक्रम गर्दा अर्को पक्षबाट शत्रुतापूर्ण व्यवहार भइरहे पार्टी फुट्नसक्ने चेतावनी दिएका छन्। वैद्य पक्षधरका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएपछि धरानमा पत्रकार सम्मेलनमा उनले यस्तो चेतावनी दिएका हुन्।
फरक विचार समुहले छलफल, वहस गदैमा अर्को पक्षले भौतिक आक्रमणमा उत्रने प्रवृत्ति जारी भए पार्टी फुट्ने उनको भनाई थियो। ‘म आफ्नो क्षेत्रमा कार्यकर्ताहरुमाझ भेटघाट, बहस छलफल भइरहदा जुन किसिमको भौतिक आक्रमणको प्रयास भयो, यो ज्यादै दुःखद कुरा हो,' गजुरेलले भने- ‘आफ्नो विचार समुहबीचमा छलफल, वहस गर्न पाउने पार्टी निती र निर्णय विपरीत अर्को पक्षले भौतिक आक्रमण र शत्रुतापुर्ण व्यवहार गर्न थाल्यो भने पार्टी फुट्ने खतरा बढ्छ।' यद्यपी, उनले आफुहरु पार्टी एकताकै पक्षमा रहेको जिकिर गरे।
वैद्य पक्षधरका गजुरेल मंगलबार इलाममा लिम्बुवान राज्यसमिति स्तरिय कार्यकर्ता भेलामा सहभागी हुन पुग्दा संस्थापन पक्षले उनको गाडीको चाबी खोसिदिएको थियो भने बुधबार धरानमा आयोजित किरात राज्य समिति र कोचिला राज्य समिति स्तरीय कार्यकर्ता भेला एवं प्रशिक्षणमा आउने क्रममा इटहरीमा उनलाई संस्थापन पक्षले कालो झण्डा देखाएर विरोध भएको थियो। यसैगरि, धरानमै प्रशिक्षण कार्यक्रम भईरहदा संस्थापन पक्षको जिल्ला नेतृत्वले गुटबन्दीमा लागेको भन्दै उनलाई पार्टीले कारबाही गर्नुपर्ने मागसमेत गरेको थियो।
सचिव गजुरेलले भने पार्टीले विचार समुह छ भन्ने कुरालाई आत्मसात गदै आफ्नो विचार समुहमा बहस, छलफल गर्न पाउने निर्णय गरेकोले आफ्नो पूर्वाञ्चल भ्रमण र प्रशिक्षण कार्यक्रम पार्टी निती विपरीत नभएको उनको जिकिर थियो। ‘म पूर्वाञ्चल क्षेत्रको इञ्चार्ज भएकोले यता आएको बारेमा पार्टीका सबै नेतालाई थाह छ, यो कार्यक्रम भूमिगतरुपमा भएको पनि छैन'-उनले भने-‘अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीले पार्टी निती, निर्णय विपरीत मधेशी मोर्चासँग गरेको सम्झौता र साँचो प्रकरणबारे आफ्नो विचार समुहमा बहस, छलफलको क्रममा आएको हुँ।'
उनले पार्टी उपाध्यक्ष भट्राईलाई पार्टीले उम्म्दवार बनाईदिएपनि प्रधानमन्त्री भने भारतबाट नियुक्त भएको आरोपसमेत लगाए। ‘मधेशी मोर्चासँगको सम्झौताले भारतको चलखेल भएको छ भन्ने स्पष्टै देखाउछ। भट्राईलाई पार्टीले उम्मेदवार बनाए पनि उहाँ कतैबाट नियुक्त हुनुभयो'-उनले भने। मधेशी मोर्चासँगको सम्झौता र साँचो प्रकरण पार्टी नेतृत्वको आत्मसर्पणवादी प्रवृत्ति भएको भन्दै उनले विरोध जनाए। आफुहरु सेना समायोजनको विरोधी नभएको भन्दै उनले निश्चित प्रक्रिया पुरा गरेर मात्रै चाबी बुझाउनुपर्नेमा जनमुक्ति सेनालाई निसस्त्रीकरण गर्न पार्टी निर्णय विपरीत चाबी बुझाइएको बताए। ‘हतियार विनाको निसस्त्र सेना भूपू सैनिक मात्रै हुन्छन्, भूपू सैनिकलाई कसरी समायोजन गर्ने '-उनले भने।

1 comment:

  1. yaha haru ko yo saskaran sarai man paryo hami rajniti najanne lai t jhanai yes le chanakho banayo ma baburam pm huda nai nikai almalla pareko thiye kasari chhode prachand le .yesto awashar balla ali kati bhaye pani bujhna paiyo.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक