20110915

प्रधानमन्त्री बाबुराम भट्टराईले आज थप छ बदनाम र भ्रस्टहरु सम्मिलित मन्त्रीसहित तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरे

- Sanat Sharma, Kathmandu
मुस्ताङ गाडी देखाएर हेलिकोप्टर चढी माओवादी कार्यक्रममा हिंड्ने प्रधानमन्त्री बाबुरामको सस्तो लोकप्रियता पर्दाफास हुँदैछ, हाल सम्मकै बदनाम र भ्रस्टहरु सम्मिलित मन्त्री परिषद निर्माण गरिएको छ ।  गच्छेदार, जेपी, महतो देखी देश लाई चौधभागमा बिभाजन गर्नुपर्छ भन्ने, चन्द्र सूर्य अंकित झन्डा फेर्नु पर्छ भन्ने, राष्ट्रिय जनाबर गाई होइन गैंडा बनाउनुपर्छ भन्ने सन्काहा प्रब्रित्तिका गोपाल किराती सम्म मन्त्री बनाएका छन । हेर्दै जाउँ अझ कस्ता कस्ता कुरुप अनुहार देख्नुपर्ने हो नेपाली जनताले ! कठै नेपाली जनताको यत्रो अपमान ! प्रधानमन्त्री बाबुराम भट्टराईले आज थप छ मन्त्रीसहित तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। यि यिनै प्रधानमन्त्री हुन जसले आफ्नै टोपी सहित को नेपाली राष्ट्रिय पोशाकको पनि बिगतमा सत्र हजार जनताको घाँटी रेटे जसरी घाँटी रेटेर नेपालीलाई राष्ट्रिय पोशाक बिहिन बनाएका छन । विस्तारपछि अब मन्त्रीको सङ्ख्या २१ पुगेको छ। नवनियुक्त मन्त्रीहरुले आजै शपथ लिएका छन्। यसअघि प्रधानमन्त्री भट्टराईले शपथ ग्रहण गरेलगत्तै भदौ १२ गते दुई सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो।
को-को मन्त्री  ?
लेखराज भट्ट (माओवादी)- वाणिज्य तथा आपूर्ति
गोपाल किराँती (माओवादी)- सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था र संस्कृति
शरतसिंह भण्डारी (फोरम लोकतान्त्रिक)- रक्षा
हेमराज तातेड (फोरम लोकतान्त्रिक)- वातावरण
बृजेशकुमार गुप्ता (तमलोपा)- कानुन तथा न्याय
 हाम्रा प्रधानमन्त्री को देखाउने गाडी मुस्ताङ


हाम्रा प्रधानमन्त्रीको सवारहुने हेलिकोप्टर !

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक