20110928

हिन्दुहरुको महान चाड बडादशैँ सुरु, घटस्थापना आज

हिन्दुहरुको महान चाड बडादशैँ सुरु भएको छ । दशैँको पहिलो दिन वुधवार शुद्ध माटो र जौमा मकै मिसाएर दशैँघर र पुजाकोठामा दियो, कलश र गणेँशको पूजा सहित घटस्थापना गरिन्छ । असोज शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राखि घटस्थापना मनाइन्छ । बिहान १० बजेर २७ मिनेटमा घटस्थापनाका लागि शुभ रहेको नेपाल पञ्चाड्ग निर्णायक समितिका अध्यक्ष माधव भट्टराईले जानकारी दिनुभयो । असोज शुक्ल प्रतिपदादेखि पूर्णिमा सम्म बडादशैँमा परम्परानुसार दुर्गा भवानीका विभिन्न नौ स्वरुपको पूजाआराधना गरिन्छ । विजयादशमीमा मान्यजनबाट टीका लागाउँदा समृद्धिको प्रतीकको रुपमा पहेलो जमरा प्रयोग गरिने हुनाले आज बडादशैँको पहिलो दिन जमरा रोपिन्छ । घटस्थापनाको दिन काठमाडौँको हनुमानढोका दरबारमा रहेको दशैँघरमा वैदिक विधि अनुसार जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गाको
 पूजा आरम्भ गरिन्छ । कतिपय स्थानमा भने साँझ मात्र जमरा राख्ने र घटस्थापना गर्ने गरिन्छ

विजया दशमी तथा शुभ दिपावली २०६८ को अवसरमा
* रामप्रसाद खनाल - अध्यक्ष एबम
- अन्तराष्ट्रिय कलाकार मँच, केन्द्रिय समिती सम्पूर्ण परिवार

बिदेशमा बस्दाको पिँडा : यिनै मालश्री धुन सुन्दा बल्ल दशैं आएको भान हुन्छ, कठै हाम्रो नियती !





 ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक