20111003

प्रचण्डले बाध्यतामा परी बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाए

माओवादी र मोर्चाबीच भएको चार बुँदे सहमतिलाई राष्ट्रघाती भनेर आधा माओवादी दल र प्रतिपक्षीहरुले लगाएको आरोपको जस्तो रुपमा पनि प्रतिकार गर्नका लागि कार्यकर्ता र नपुगे सुरक्षा अंग समेत परिचालन गर्ने सहमति गरे !!!

एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले बाध्यतामा परी बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाएको बताएका छन् । डिल्लीबजारमा माओवादीनिकट बुद्धिजीवीहरुले हिजो आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भट्टराईको नेतृत्वमा सरकार नबनाउदा दोष सबै आफ्नो टाउकोमा आउने भएकाले बाध्यतावश सरकार बनाएको बताए । माओवादी अध्यक्ष प्रचण्डले रक्षामन्त्री शरदसिँह भण्डारीबाट सार्वजनिक भएको अभिव्यक्ति त्रुटिपूर्ण भएको पार्टीको ठहर रहेको बताए । उनले रक्षामन्त्री भण्डारीको अभिव्यक्तिले नेपालको राष्ट्रियतामाथि आँच आएको भन्दै सरकारले पनि रक्षामन्त्रीको भनाईप्रति प्रष्ट धारणा राख्नुपर्ने बताए । माओवादीमा अहिले विचित्र रहेको भन्दै सरकारमा पनि र सडकमा पनि माओवादी नै रहेको
बताए । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आवद्ध माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीच भएको बैठकले चार बुँदे सहमतिको विरोध गर्नेलाई तह लगाउने निर्णय गरेका छन् । सरकार बनाउन माओवादी र मोर्चाबीच भएको चार बुँदे सहमतिलाई राष्ट्रघाती भनेर आधा माओवादी दल र प्रतिपक्षीहरुले लगाएको आरोपको जस्तो रुपमा पनि प्रतिकार गर्नका लागि कार्यकर्ता र नपुगे सुरक्षा अंग समेत परिचालन गर्ने सहमति गरेका छन् । एक मधेशी मन्त्रीका अनुसार सहमतिको कसरी रक्षा गर्ने र यसमाथि उत्पन्न प्रतिक्रियालाई जोडदार प्रतिवाद गर्ने भन्ने विषयमा यसअघि माओवादीले गर्ने गरेका जस्तै नीति अवलम्बन गर्ने निणय भएको बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक