20111017

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा न्युयोर्कमा आई पुग्नु भएको बेलामा "हिमाली स्वरहरु" ले गरेको कुराकानी

नेपालको राष्ट्रिय अस्तित्व र स्वाभिमान संकटमा पर्दै



राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालको राष्ट्रिय अस्तित्व र स्वाभिमान संकटमा पर्दै गएको बताउँदै यसो हुनुमा विदेशी हस्तक्षेप प्रमुख रहेको दावी गरे । आप्रवासी नेपालीहरुकोसँग आईतबार न्युयोर्कमा आयोजित एक अन्तरक्रियामा अध्यक्ष थापाले भारतको ईशारामै नेपालमा हरेक खाले राजनीतिक घटनाक्रमहरु भईरहेको पनि बताए । ‘भारतको ईच्छा बिना अब नेपालमा केही नहुने भयो । प्रधानसेनापति प्रकरण, माधवकुमार नेपालको विगतको प्रधानमन्त्री हैसियत र अहिलेका हरेक राजनीतिक दृश्य पछाडी भारत मुख्य खेलाडीको रुपमा रहेको छ’ थापाको भनाई थियो । बाह्य हस्तक्षेप चरमचुलीमा पुगेको उल्लेख गर्दै थापाले नेपाली जनताले समयमै यस्तो प्रवृतीको शसक्त विरोध गर्नुपर्ने बताए । कार्यक्रममा आमन्त्रित गरिएका न्युयोर्क सिटी कम्पटोलर एवम् उदयमान डेमोक्रयाट पार्टीका एसियाली मुलका नेता जोन लिउ आसिन मन्चबाट तीन मुख्य पार्टीहरुको गलत नीति र क्रियाकपालले विदेशी हस्तक्षेपले पराकाष्ठा नाघेको थापाको आरोप थियो । 
कमल थापालाई तपाईं के भन्नुहुन्छ कुन्नी !
एक थरी मान्छे भन्छन "कमल थापा जन आन्दोलन दबाउने नाइके हुन, ज्ञानेन्द्रका मतियार हुन, यिनलाई त जेल पो हाल्नु पर्छ ।" अर्का थरी मान्छे भन्छन "कमल थापा एउटा नेपालको जिउँदो, हक्की र बहादुर नेता हो !" तपाईं के भन्नुहुन्छ कुन्नी ! यदी कमल थापा सँग सीधा भेटेर उनलाई सम्मान गर्न वा उनलाई बेस्सरी प्रश्न उत्तर गरेर सातो काढ्ने बिचार  छ भने तपाईंले अमेरिकामा मौका पाउनेहुनुभएको छ है ! 
राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारले शान्ति र संविधान निर्माणमा कुनै ठोस उपलब्धि हासिल गर्न नसक्ने ठोकुवा गरेका छन् । न्यूयोर्कमा हुने दक्षिण एसियाको सुरक्षा सम्बन्धी गोष्ठीमा भाग अमेरिका जाने क्रममा त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो ठोकुवा गरेका हुन् । अध्यक्ष थापाले र्तमान सरकार प्रति जनताले केही आशा लिएको भएपनि आफ्नै पार्टीभित्रको विवादका कारण प्रधानमन्त्री डा. बाबुराम भटटराईले केही गर्न नसक्ने दाबी गरेउनले मुलुकलाई संकटबाट जोगाउन ताजा जनादेशमा जानुको बिकल्प नरहेको समेत बताएका छन्।

Rastriya Prajatantra Party-Nepal (RPP-N) Chairman Kamal Thapa left for New York on Saturday to take part in the seminar on south Asian security. Talking briefly to journalists at the Tribhuwan International Airport, Thapa said the seminar will review south Asian security, its strengthening, violent activities, and controlling terrorism, as well as roles to be played by NGOs and civil society. He said he will inform the international community on Nepal’s peace process; and problems faced by Nepal from the terror activities of the past as well as the peace process. He also informed that he will participate in the senior tennis competition in India and in the same competition to be held in Thailand while returning. His visit will be of four weeks.

Chairman Thapa while expressing worries over the delayed peace process, demanded election for fresh mandate.

Thapa said as there was error in the initiation of peace process, it could not reach conclusion, and that violence and impunity flourished. He informed that this party will organise awareness programmes after the Chhath festival.
 


Dear Community Members,

It is with an utmost pleasure that America Nepal Society is organizing an interaction program with the Chairman of the Rastriya Prajatantra Party-Nepal, Kamal Thapa, on 22 October 2011. While being in DC region, Mr. Thapa expressed a desire to interact with the community through the platform of ANS. As usual, ANS decided to offer its platform to Mr. Thapa, which enables him to interact with the Nepali community in DC metro area. We request a pleasure of your company during the program.

Organizer :

America Nepal Society of Greater Washington, DC  (ANS)
Date : 22 October 2011
Time: 1:30 PM
Venue: Durga Temple
8400 Durga Place
Fairfax Station VA, 22039
निमन्त्रणा
आदरणीय दाजु-भाई तथा दिदी बहिनिहरु ,

अमेरिका नेपाल सोसाइटीको (ANS) तत्वावधानमा यही शनिबार अक्टोबर २२  तारिख, २०११ का दिन राष्ट्रिय प्रजातन्त्र पार्टी-नेपालका अधक्ष्य  कमल थापा संग समसामयिक राजनैतिक अवस्थाको सन्दर्भमा अन्तर्कृया आयोजना गरिएको हुंदा यंहाहरुको उपस्थितीको लागि अनुरोध गरिन्छ।
 
स्थान:  दुर्गा मन्दिर .लोर्टन ,भर्जिनिया
मिती: २२ अक्टोबर २०११,शनिबार
समय: दिंउसो ठीक १ :३० बजे
ठेगाना: 
8400 Durga Place
Fairfax Station VA, 22039
आयोजक : अमेरिका नेपाल सोसाईटी, वाशिंगटन डि सी



1 comment:

  1. Demolition of Nepal and Kingship is done by raprapa , why can't s thapa,p rana,L chand, devkota and u etc prefered to disintegrate and still can't unite .u r the 1 who don't care Nepal.Credit of naya Nepal go to u thapa.

    ReplyDelete

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक