20111024

हेम सरिता पाठक प्रतिस्ठानले हालै एक बिशेष समारोह का बिच नेपालमा पुरस्कार बितरण सम्पन्न

नेपालको मदन पुरस्कार गुठी पछीको दोस्रो ठुलो पुरस्कार गुठी को रुपमा स्थापना भएको तर मदन पुरस्कार गुठीलाई समेत माथ गरिसकेको हेम सरिता पाठक प्रतिस्ठानले हालै एक बिशेष समारोह का बिच नेपालमा पुरस्कार बितरण सम्पन्न गरेको छ । हेम सरिता फाउन्डेसन
संयुक्त राज्य अमेरिकाले कात्तिक ३ गते झापाको विर्तामोडमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा  एमाले अध्यक्ष झलनाथ खनालले हेम-सरिता फाउन्डेसन अमेरिकाले प्रत्येक बर्ष प्रदान गर्दै आएको विभिन्न चार वटा पुरस्कार प्रदान गर्नुभयो । दुई हजार अमेरिकी डलर राशिको टङ्कप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका समाचार प्रमुख तीर्थ कोइराला पुरस्कृत हुनुभएको छ । पाँच सय डलर राशिको टङ्कप्रसाद रमादेवी पाठक प्रोत्साहन पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार लीला बराल पुरस्कृत हुनुभएको छ । यसैगरी पाँच सय डलर राशिकै हेम-सरिता पाठक साधना पुरस्कारबाट जनकपुरका पत्रकार राजेश्वर नेपाली पुरस्कृत हुनुभएको छ । हजार डलर राशिको संगीत पुरस्कारबाट गायक जीवन शर्मा पुरस्कृत हुनुभएको छ । अमेरिका निवासी हेम पाठकले आमाबाबुको सम्मानमा पुरस्कार स्थापना गर्नु भएको हो । यसै गरी पुरस्कारका संस्थापक हेम पाठकले  विभिन्न छात्रबृत्ति र थप पुरस्कारहरुको पनि घोषणा गर्नु भएको छ । आज पुरस्कृत हुने बरिष्ठ पत्रकार कोइराला अढाइ दशक भन्दा अघिदेखि निरन्तर पत्रकारितामा संलग्न हुनुहुन्छ । ताप्लेजुंगको साँघुमा जन्मनु भएका कोइरालाले साप्ताहिक दैनिक पाक्षिक पत्रिकाको सम्पादक तथा रेडियो तथा टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नु भएको छ । यसैगरी राजेश्वर नेपाली जनकपुरका प्रतिष्ठित पत्रकार हुनुहुन्छ भने लिला बराल झापाका पुराना र इमान्दार पत्रकारमा गनिनु हुन्छ । जीवन शर्मा नेपाली जनता र राष्ट्र प्रति अत्यन्त मान्दार साँस्कृतिक कर्मि हुनहुन्छ । नेपाल बाहिर बसे पनि नेपाली मन मुटु भएका हेम र सरिताको यो यो कदम को संसारभर प्रसन्सा गरिएको छ। अन्त्यमा हेम सरिता पाठक प्रतिस्ठान लाई यस् प्रकारका प्रसँसनिय काम का लागि बधाई र पुरस्कार बिजेता हाम्रा समस्त पत्रकार तथा कलाकार मित्रहरुलाई पनि हार्दिक बधाई नेपाल मदर डट कम को तर्फ बाट । 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक